१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

खुकुरी च्यालेन्ज कप क्रिकेट माघमा

खुकुरी च्यालेन्ज कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिता आगामी माघमा हुने भएको छ।  खुकुरी इएनटीले आयोजना गर्ने उक्त प्रतियोगिता माघ १० देखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ। बीस क्लबले प्रतिष्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ।

भिजन २०३० को मस्यौदा माघभित्र

देशको शासन प्रणाली परिवर्तन भएको अवस्थामा दीर्घकालीन सोच (भिजन)–२०३० को अवधारणा पनि परिवर्तन हुने भएको छ।

पालुवा नपलाउँदै माघमा नै फल्यो स्याउ

बैशाखको पहिलो हप्तामा स्याउको फूल फुलेर असारमा गुच्चा आकारको ढेडो हुँदै भदौको तेस्रो सातामा खानलाई परिपक्क हुने स्याउ यो बर्ष माघ माहिनामै स्याउका दाना फलेको देखिएको छ।

एकताको सूत्रः माघेसंक्रान्ति

सबै नेपालीले एकसाथ मनाउने साझा पर्व हो माघे संक्रान्ति। तराईका आदिबासी थारु हुन् वा मगरले माघीलाई नयाँ वर्षका रूपमा स्वागत गर्छन्। एउटा संयोग नै भनौँ वा वास्तविकता यी दुवै समुदायले आफूलाई भगवान् गौतम बुद्धका वंशजको रूपमा पनि दाबी गर्दै आइरहेका छन। माघीलाई नयाँ वर्षका रूपमा आत्मसात गरिदिँदा यी दुई समुदायको नजिकपन अझै प्रगाढ हुँदै जान थालेको आभास हुन्छ।

टुँडीखेलमा माघीको रौनक (फोटो फिचर)

मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका थारु समुदायले राजधानीको टुँडीखेलमा सामूहिक रुपमा माघी पर्व मनाएका छन्। थारु विद्यार्थी समाज तथा विभिन्न २९ थारु संघ–संस्थाको संयुक्त आयोजनामा महोत्सवको आयोजना भएको हो।

गोरु जुधाएर मनाइयो माघेसंक्रान्ती (फोटो फिचर)

नेपालमा माघे संक्रान्तिको दिन नुवाकोटमा गोरु जुधाइन्छ। साँढे जुधाउने खेल त स्पेनको राष्ट्रिय खेल नै हो। तर रसुवा, नुवोकाट र धादिङमा माघेसंक्रान्तीको दिन गोरु जुधाउने परम्परा छ ।

हराउँदैछ माघीको रौनक

गाउँमा माघीको चहल–पहल नदेखिँदा ८५ वर्षका बृद्ध बुझाउन थारु चिन्तामा छन्। थारु समूदायको ८० प्रतिशत भन्दा बढी जनसंख्या रहेको बाँकेको राप्तीपारि बैजापुरमा अघिल्लो दिन सम्मपनि माघीको रौनकता खासै देखिएन। थारु गाउँमा देखिएको यस्तो दृश्यले बृद्ध बुझाउनले गरिरहेको चिन्तालाई पुष्टि गर्दथ्यो।

टुँडिखेलमा माघी मनाइँदै

मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका थारु समुदायले राजधानीको टुँडीखेलमा सामूहिक रुपमा माघी पर्व मनाउँदै छन्। थारु विद्यार्थी समाज तथा विभिन्न २९ थारु संघ–संस्थाको संयुक्त आयोजनामा महोत्सवको आयोजना हुन लागेको हो। पर्वमा  थारु संस्कृति, भेषभूषा, बाजागाजा र  परम्परागत थारु नाचगान हेर्न पाइनेछ। साथै, महोत्सवमा घुँगी, केकरा, ढिक्री, लड्डुसँगै विभिन्न मासुका परिकार पाइनेछ।

माघे संक्रान्तिमा २८ हल गोरु जुध्ने

यसपालि माघे संक्रान्तिमा नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा गरी २८ हल गोरु जुधाइने भएको छ। नुवाकोट र रसुवामा बर्सेनि माघे संक्रान्तिका दिन हुने 'बुलफाइट'बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले तारुकामा १८ र बेत्रावतीमा १० हल गोरु जुधाउने तयारी लगभग पूरा भएको जानकारी दिए।

टुडिखेलमा थारुको दुई दिने माघी महोत्सव हुने, सभामुखद्वारा उद्‍घाटन

राजधानीमा बस्ने थारुहरुले दुई दिने माघी महोत्सव मनाउने भएका छन्। थारु नयाँ वर्षको उपलक्ष्यमा पुस २९ र माघ १ गते राजधानीको टुडिखेलमा महोत्सव आयोजना हुने मूल आयोजक समितले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ।

माघको पहिलो साता भित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ: बर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले माघ पहिलो साता भित्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन्। उनले तीन तहको निर्वाचन सम्पन्न नगरे सम्म संविधान कार्यान्वयन नहुने भन्दै सरकार निर्वाचनको मिति घोषणा गर्न आतुर रहेको बताए।

पल र पूजाको जोडी माघदेखि सुटिङमा

'प्रेमगीत' पछि निर्देशक सुदर्शन थापाले 'म यस्तो गीत गाउँछु' शीर्षकमा फिल्म बनाउने भएका छन्। निर्देशक थापाले शनिबार फिल्ममा काम गर्ने कलाकार तथा प्राविधिकलाई चिनाउँदै माघ २१ बाट फिल्मको छायांकन थालिने जानकारी गराएका हुन्।

द्वन्द्वकालीन घटना छानबिन आयोगकाे म्याद माघमा सकिँदै

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगको म्याद माघमा सकिँदै छ । यो म्यादभित्र आयोगले थालेका काम सम्पन्न गर्न नसकिने जनाएको छ ।

आहा-रारा गोल्डकप माघमा

मोफसलको लोकप्रिय आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १५औं संस्करण माघ पहिलो साता सुरु हुने भएको छ। विदेशी क्लबलाई समेत आमन्त्रण गरिने प्रतियोगिता माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुने आयोजक सहारा क्लवले आइतबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

मामाघरबाट हराएका बालक नदीमा मृत भेटिए

महोत्तरी जिल्लाको बलवा गाविसस्थित मामाघरबाट हराएका एक बालक सरपल्लो गाविस भएर बग्ने अङ्कुशी र जङ्घा नदीको सङ्गमस्थलमा नदीमा मृत अवस्थामा भेटिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्