३ आश्विन २०८१ बिहीबार
image/svg+xml

साढे १० अर्बले बढ्यो वाणिज्य बैंकको नाफा

आर्थिक वर्ष २०७६/७७ मा सबै बैंकहरूले ५२ अर्ब ८० करोड रूपैयाँ नाफा गरेकोमा गत वर्ष नाफा वृद्धि भएर ६३ अर्ब ३० करोड रूपैयाँ पुगेको छ।

कृषि व्यवसायका लागि सस्तो ब्याजमा कर्जा

यतिखेर अधिकांश वाणिज्य बैंकहरूको आधार दर चार–पाँच प्रतिशत छ। राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनमा इजाजतपत्रप्राप्त संस्थाले एक करोड रूपैयाँसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय (आयात सम्बन्धीबाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा दुई प्रतिशतसम्ममात्र थप ब्याज तोक्नु पर्ने उल्लेख छ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको वार्षिकोत्सव

उक्त अवसरमा आयोजित रक्तदान कार्यक्रममा कार्यबाहक अध्यक्ष जोशीेले रक्तदानको ब्लड ब्याग बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

२८ प्रतिशत बढ्यो बैंकको व्यवसाय

कोरोना महामारीका कारण धेरैले बैंकहरूको व्यवसाय वृद्धि नहुने बताइरहेको बेला उनीहरूले उत्कृष्ट नतिजा निकालेका हुन्।

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी–पत्रमा हस्ताक्षर गरेका हुन्।

बैंकले दियो कोभिड-१९ बाट प्रभावितलाई ब्याजमा १० प्रतिशत छुट

निषेधाज्ञा तथा बन्दाबन्दीको विषम परिस्थतिका कारण कर्जा ग्राहकहरुको व्यवसायिक कारोबार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गुमेको कारण नगद प्रवाहमा प्रतिकुल असर परेको बैंकले जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा सगरमाथा आरोहण दललाई तीन लाखको चेक

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले तीन लाख रुपैंया बराबरको चेक आरोहण दललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरे।

वाणिज्य बैंकहरूको प्रतिफल घट्यो

कोरोना महामारीका कारण वाणिज्य बैंकहरूको रिटर्न अफ इक्विटी (आरओई) घटेको छ। आरओई भनेको सेयरधनीले पाउने लगानीको प्रतिफल हो।

वाणिज्य बैंकको निक्षेप र कर्जा वृद्धि जारी

केही महिनादेखि नै निक्षेप संकलन र कर्जा लगानी वृद्धि गरिरहेका बेला वाणिज्य बैंकहरूले निषेधाज्ञामा पनि सोही क्रमलाई जारी राखेका छन्।

पूर्वाधारमा बैंकको तीन खर्ब

अघिल्लो साता नौ वाणिज्य बैंकले दोलखाको बिगु गाउँपालिकामा निर्माण भइरहेको लाप्चे जलविद्युत् आयोजनामा १९ अर्ब ६५ करोड रूपैयाँ मिलेर लगानी गर्ने सम्झौता गरे।

बैंकको पौने ५२ अर्ब उठाउन सकस

कोरोना महामारीका कारण वाणिज्य बैंकहरूले लगानी गरेको ५१ अर्ब ७५ करोड रूपैयाँ उठाउन सकस परेको छ। यो कर्जा सरकारी र निजी क्षेत्रका सबै वाणिज्य बैंकले लगानी गरेका हुन्।

एक सातामा ११ अर्बले घट्यो निक्षेप

साउन १६ सम्म २७ वाणिज्य बैंकहरूसँग ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप थियो। साउन २३ मा सबै बैंकहरूमा निक्षेप घटेर ३४ खर्ब ७६ अर्ब रूपैयाँ कायम भएको छ।

वाणिज्य बैंकको १० प्रतिशत कर्जा ऊर्जा क्षेत्रमा

नेपाल राष्ट्र बैंकले कोभिड १९ को कारण प्रभावित जलविद्युत् क्षेत्रमा वाणिज्य बैंकले कुल लगानीको न्यूनतम १० प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्