४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बैंकले दियो कोभिड-१९ बाट प्रभावितलाई ब्याजमा १० प्रतिशत छुट

राष्ट्रिय वाणिज्य बैंकले कोरोना प्रभावित ग्राहकहरुलाई १० प्रतिशत छुट दिने भएको छ। बैंकले प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको हो।

हाल कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम परिस्थतिका कारण कर्जा ग्राहकहरुको व्यवसायिक कारोबार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गुमेको कारण नगद प्रवाहमा प्रतिकुल असर परेको बैंकले जनाएको छ।

यसले गर्दा ग्राहकहरुले नियमित कर्जा भुक्तानी गर्न समस्या हुने देखिएको हुँदा ग्राहकहरुलाई ब्याज रकममा छुट प्रदान गर्दा कर्जा भुक्तानी गर्न सहज हुने तथा व्यवसायको निरन्तरता एवं पूनरुत्थानमा सहयोग पूग्ने अपेक्षा गरी २०७८साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोभिड- १९ बाट प्रभावित ग्राहकहरुलाई निजहरुले बुझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छुटप्रदान गर्ने निर्णय गरिएको बैंकले जनाएको छ।

सो ब्याज रकमछुट सुबिधाबाट नेपाल भरका ७ वटै प्रदेशका २४७ शाखा कार्यालयका १ लाख ८० हजार भन्दा बढी कर्जा ग्राहकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ४ असार २०७८ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App