७ माघ २०८२ बुधबार
image/svg+xml

पतञ्जलि भ्रष्टाचार प्रकरण मुद्दाको पेसी माघ १४ गते

विशेष अदालतको बारम्बारको आदेशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल पठाएपछि मुद्दाको पेसी तय भएको हो ।

केन्द्रीय सुरक्षा समितिको बैठकः सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ।

सुदूरपश्चिममा २१० उम्मेदवार, कहाँ को–को बिच प्रतिस्पर्धा?

जिल्लागत रूपमा सबैभन्दा बढी ५ निर्वाचन क्षेत्र रहेको कैलालीबाट ७८ जना उम्मेदवार चुनावी मैदानमा छन्।

चुनावी चर्चाः ताप्लेजुङमा एकै पालिकाबाट पाँच उम्मेदवार

सबैभन्दा कम उमेरका ३८ वर्षका एमाले उम्मेदवार क्षितिज थेबे रहेका छन् भने सबैभन्दा बढी ६६ वर्षका जनता समाजवादी पार्टी नेपालका सूर्य गुरुङ उम्मेदवार रहेका छन् ।

दाहाल भन्छन्- जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न रुकुम पूर्व आएँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमेली जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न आफू रुकुम पूर्वबाट उम्मेदवार बनेको बताएका छन्।

फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने नेता आलेको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नं-५ बाट उम्मेदवारी दर्ता गराएका नेता आलेले आफ्नो चुनावी एजेन्डामा खेलकुद विकास मुख्य प्राथमिकतामा रहेको बताए।

हिउँको पर्खाइमा हुम्ला

हुम्लामा हिमपात नहुँदा किसान चिन्तित बनेका छन्। विगतका वर्षहरुमा मङ्सिर, पुस र माघ महिनामा बाक्लो हिमपात हुने गर्दथ्यो। यसवर्ष माघ महिनाको पहिलो साता हुँदा पनि हिमपात हुन नसकेको हो।

रास्वपा वरिष्ठ नेता बालेनले भेटे पूर्वउपसभामुख रानामगरलाई

प्रस्तावित प्रधानमन्त्रीसमेत रहेका बालेनले रानामगरको उम्मेदवारीले झापा–२ मा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्दै जितका लागि पूर्ण साथ रहने बताएका छन्।

जापान : पूर्वप्रधानमन्त्री आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावास

सरकारी वकिलहरूले यामागामीलाई ‘गम्भीर’ अपराधको लागि आजीवन कारावासको सजाय हुनुपर्ने तर्क गरेका थिए। आबेको हत्याले राष्ट्रलाई स्तब्ध बनाएको थियो। जापानमा बन्दुक अपराध लगभग अस्तित्वमा छैन।

बालेन शाह र गणेश कार्कीबीच चुनावी छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह र पार्टीका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं-३ का उम्मेदवार गणेश कार्कीबीच आज चुनावी छलफल भएको छ।

मोरङमा ११८ जनाको उम्मेदवारी (फोटोफिचर)

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा ११८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्ताको दिन मंगलबार निर्धारित समयमा ११८ जनाले मनोनयन दर्ता गरेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।

कपिलवस्तुमा ४८ स्वतन्त्रसहित ९८ को उम्मेदवारी

त्यसमध्ये दलको तर्फबाट ५० र स्वतन्त्र ४८ जनाले उम्मेदवारी दिएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार क्षेत्र नम्बर १ मा २० दल र १४ स्वतन्त्र गरी कुल ३४ जनाको उम्मेदवारी परेको छ।

रुपन्देही : पाँच निर्वाचन क्षेत्रका लागि १५७ उम्मेदवार, महिलालाई उपेक्षा

क्षेत्र नं. ४ मा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा १५ जना पार्टीबाट र ७ जना स्वतन्त्र उम्मेदवार छन्। यो क्षेत्रमा महिला ३ जनाले उम्मेदवारी दिएका छन्। नेपाल मजदुर किसान पार्टी र आम जनता पार्टीले महिलालाई उठाएका छन्।

सिरहाका चार सिटमा १३९ जना चुनावी मैदानमा, स्वतन्त्र उम्मेदवार धेरै

यो क्षेत्रबाट गत निर्वाचनमा जनता समाजवादी पार्टीबाट विरेन्द्र प्रसाद महतो विजयी भएका थिए। यो क्षेत्रमा ३७ जना उम्मेदवार छन्। जसमा २३ जना स्वतन्त्र छन्। यो क्षेत्रमा १ लाख ६ हजार ६८६ मतदाता रहेका छन्। मतदान स्थल ६० र मतदान केन्द्र १ सय २९ रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्