१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बुटवल पावर कम्पनी पुरस्कृत

नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले आर्थिक वर्ष २०७७/७८ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो।

एयर स्पोर्टसको विकल्पमा वाटर स्पोर्टस!

एयर स्पोर्टस पोखराको साहसिक ‘प्रडक्ट’को रुपमा छ। तर अब एयर स्पोर्टसको विकल्प पोखरामा ‘वाटर स्पोर्टस’ बन्ने सम्भावना रहेको यहाँका सरोकारवालाले बताएका छन्।

पोखरा स्पोर्टस् अवार्डमा टेनिसको ह्याट्रिक

पोखरा स्पोर्टस अवार्ड–२०७८ मा प्रदीप खड्का र अरुणा शाही सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुषमा टेनिसका प्रदीप र वर्ष सर्वोत्कृष्ट खेलाडी महिलामा भलिबलकी अरुणाले अवार्ड जितेका हुन्।

पोखरा स्पोर्टस् अवार्डः को होला सर्वाेत्कृष्ट खेलाडी?

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना हुँदैछ। विश्व खेलकुद दिवसको अवसर पारेर मञ्चले छैठौं पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना गर्न लागेको आयोजक खेलकुद पत्रकार मञ्चले बताएको छ। विभिन्न ७ विधामा अवार्ड वितरण गरिने मञ्चले जनाएको छ।

पोखरा स्पोर्टस अवार्डको नोमिनेसन सार्वजनिक

पोखरा स्पोर्टस अवार्ड–२०७८ को नोमिनेसन सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यही असार १८ गते पोखरामा आयोजना गर्ने स्पोर्टस अवार्ड–२०७८ को चार विधाका नोमिनेसन सार्वजनिक गरिएको हो।

टर्कीले संयुक्त राष्टसङ्घ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्ने

टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ। युक्रेनमा जारी रहेको रुसको हमलाका विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको हो। टर्कीले स्तानबुलमा बैठक आह्वान गरेको छ।

यमनी नेताद्वारा शान्ति स्थापनाका क्षेत्रमा सहयोग गर्न आग्रह

यमनको प्रोसिडेन्सियल लिडरसिप काउन्सिलका अध्यक्षले यमनलाई सहयोग गर्नका लागि सबै क्षेत्रीय संगठनहरुलाई आग्रह गरेका छन्।

सुदूरपश्चिम स्पोर्टस अवार्ड प्रिन्स र राजपुरा उत्कृष्ट

धनगढीमा मंगलबार भएको स्पोर्टस अवार्डमा ब्याटमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्।

दीपेन्द्रको घरेलु भूमिमा दोस्रो अन्तर्राष्ट्रिय सतक

दीपेन्द्रसिंह ऐरीको सतकप्रेरित नेपालले शनिबार मलेसियालाई ८५ रनले हराउँदै त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा सतप्रतिशत जित यात्रासहित समूह चरणको अन्त्य गरेको छ।

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरूलाई आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माण गर्न सहयोग गरेको छ।

विद्यालयलाई आधारभूत खेलकूद क्षेत्रको रुपमा विकास गर्नुपर्दछः मन्त्री गहतराज

युवा तथा खेलकूदमन्त्री महेश्वरजङग गहतराजले विद्यालयलाई आधारभूत खेलकूद क्षेत्रको रुपमा पनि विकास गर्ने तयारीमा सरकार लागिरहेको बताएका छन्।

नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै, तेस्रो स्थानका लागि ओमानसँग खेल्ने

ग्लोबल छनोटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (युएई)सित पराजित भएसँगै नेपाल विश्वकप खेल्नबाट चुकेको हो। नेपाल युएईसँग ६८ रनले पराजित भएको छ।

मच्छिन्द्रले श्रीलंकाली टोलीसँग खेल्ने

सहिद स्मारक ‘ए’ डिभिजन लिगको मध्यसिजन च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टार स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्