१ मंसिर २०८१ शनिबार
image/svg+xml

‘उद्यम–व्यवसायमा स्वर्णकाल आएको छ’

दुगड ग्रुपले नेपालमा एक सय ४० वर्षदेखि व्यापार व्यवसाय गर्दै आएको छ । अहिले चार पुस्तासम्म आउँदा पनि त्यही व्यापार व्यवसायलाई नै निरन्तरता दिएको छ । बुबाहरु चार दाजु भाइ हुनुहुन्छ । उहाँहरु सगोलमा हुँदा विभिन्न थरिको व्यापार गर्नुहुन्थ्यो । पछि आफू आफूले छुट्टा–छुट्टै व्यापार गर्न थाल्नु भयो ।

परालको त्यान्द्रोबाट आकर्षक सामग्री

परम्परागत सुकुल बुनेर जीविका चलाउँदै आएका साना गाउँका किसानले परालको आफ्नो कामलाई आधुनिक रूप दिन थालेका छन् । सुकुल गाउँले समेत चिनिने ललितपुरको महालक्ष्मी नगरपालिका–६, स्थित साना गाउँका किसानले परम्परागत कामबाट मात्र जिविका चलाउन नसकेपछि पुख्र्यौली कामलाई आधुनिकीकरण गरेका हुन्।

मधेसका कर्मशील महिलालाई महासंघको साथ

विभिन्न सीप र व्यवसायमार्फत उद्यमशीलतामा लागेका महिलाहरुले सहयोगी हात पाएका छन्। महिला उद्यमी महासंघले सीप र ब्यवसायमार्फत उद्यमशीलतामा लागेका महिलाहरुसंग हातेमालो सुरु गरेको छ। महासंघको जिल्ला संघ ‘च्यापटर’ले यसै सिलसिलामा बुधवार वीरगन्जमा महिला उद्यमीहरुसंग छलफल गरेको छ।

मकवानपुरमा महिला उद्यमी संघ गठन

जिल्लाका उद्यमी महिलाहरुको एक भेलाले महिला उद्यमी संघ मकवानपुरको गठन गरेकाे छ। महिला उद्यमी महासंघकी तृतीय उपाध्यक्ष एवम् च्याप्टर संयोजक शोभा ज्ञवालीको बिशेष उपस्थितिमा उद्यमी संघको गठन गरिएको हो।

श्रम ऐन संशोधनको लबिङ गर्दै उद्योगी

पूर्वका चिया उद्यमी सरकारले तोकेअनुसार श्रमिकलाई सेवा–सुविधा दिनै नसक्ने भन्दै श्रम ऐन र नियमावली संशोधन पहल गर्न काठमाडौं पुगेका छन् ।

कोरियामा जमेका राजेश

भविश्यमा आफू के बन्ने भन्ने कुरा सानैमा निर्धारण भइसक्छ । यसैलाई पछ्याउँदै हिँड्ने हो भने कोही पनि जीवनमा असफल हुँदैनन् ।

‘विदेश जाने रहर छैन’

रौतहट, गौरका २८ वर्षीय रामप्रवेश साह खेती सकाएर राजधानीमा काम गर्दैछन्। जडीबुटीमा डेरा गरेर बस्ने उनी साइकलमा मुढा, कुचो लगायतका घरायसी सामग्री डुलाएर बेच्छन्।

‘कोठामा बस्नुभन्दा काम गर्नु जाती’

मुलुकका विभिन्न जिल्लाबाट राजधानी आएर बस्ने थुप्रै छन् । उनीहरूमध्ये कतिपयले आफ्नै घर बनाएर बसेका छन् भने कतिपयले डेरामा समय कटाउँदै छन् ।

अष्ट्रेलियाले नेपालको हरित उद्यमशीलता कार्यक्रममा सघाउने

अष्ट्रेलियाले नेपालमा हरित उद्यमशीलतामार्फत जिविकोपार्जन कार्यक्रममा सहयाेग गर्ने भएकाे छ। अष्ट्रेलियाले वनमा आधारित हरित उद्यमशीलता कार्यक्रम सञ्चालनमा सघाउने भएकाे हाे। नेपालका लागि अष्ट्रेलियाली राजदूत पिटर बडले शुक्रबार सिंहदरबारमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर उक्त प्रस्ताव राखेका हुन्। भेटमा मन्त्री बस्नेतले राजदूत बडसमक्ष जनताको जीवनस्तरमा सुधार गर्ने प्रकृतिका कार्यक्रम सञ्चालनका लागि आग्रह गरेका थिए।

‘कस्मेटिकले हैन, कर्मले सुन्दर देखिन्छ’

भक्तपुर, सुकुुलढोकाका ७८ वर्षीय निरन्जनलाल कर्माचार्यले कस्मेटिक पसलमा समय बिताएको ७ दशक भइसक्यो।

लघुउद्यमशील पुरस्कार सातै प्रदेशका एक–एक जनालाई

लघुउद्यमीहरुको मनोबल बढाउन निर्धन संस्थाद्वारा सञ्चालित लघुउद्यमशील पुरस्कार सातै प्रदेशका १–१ जनाले पाएका छन्।

फरक पेशाले बनायो आत्मनिर्भर

बाल्यकाल बिताइरहँदा बुबाले थरी–थरीका भाडाकुँडा बनाइरहेको हेरेर बस्थे, सूर्यबहादुर विश्वकर्मा । त्यतिबेला उनी भर्खर ५ वर्षका थिए । केटाकेटी उमेरमा निकै चाख दिएर उनी बुबाको काम नियालिरहेका हुन्थे ।

चिया उद्यमीले मानेनन् श्रम ऐनका प्रावधान

चिया उद्योगीले श्रम ऐन–२०७४ र भर्खरै जारी श्रम नियमावली–२०७५ को उपेक्षा गरेका छन्। ऐन र नियमावलीमा भएका दर्जनौं व्यवस्था कार्यान्वयन त टाढाको कुरा, सरकारले राजपत्रमा प्रकाशित गरेको श्रमिकको न्यूनतम ज्याला दिनसमेत चिया उद्योगी तयार देखिँदैनन्।

उद्यम विरोधी सोच

उद्योगी त्यो हो जसले अनुत्पादक सम्पत्तिलाई उत्पादक बनाउन सक्छ र जोखिम लिन सक्छ । उद्यमीको विकास नभएसम्म आर्थिक वृद्धिको सपना हासिल गर्न पनि सकिँदैन र रोजगारी सिर्जना गर्न पनि सकिँदैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्