पाटे बाघको छालासहित पक्राउ
संरक्षित पाटे बाघको छाला र हड्डीसहित एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पूर्वी मकवानपुरको वागमती गाउँपालिका–४, सल्लेनी जरायोटारका २९ वर्षीय चेतबहादुर वाइवालाई प्रहरीले पक्राउ गरेको हो।
संरक्षित पाटे बाघको छाला र हड्डीसहित एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पूर्वी मकवानपुरको वागमती गाउँपालिका–४, सल्लेनी जरायोटारका २९ वर्षीय चेतबहादुर वाइवालाई प्रहरीले पक्राउ गरेको हो।
गोरखाको पालुङटार नगरपालिकामा टेण्डर फारम दर्ता गर्न गएका ब्यवशायीलाई चार घण्टा बन्दक बनाएर कुटपिट गरेको आरोपमा रोजन भट्टराईलाई आज प्रहरीले पक्राउ गरेको छ।
जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले कास्की घर भई काठमाडौंको नागर्जुन नगरपालिका ४ सितापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, कलंकी बस्ने ३६ वर्षीया राधिका महर्जन र चितवन भरतपुर १६ घर भएकी ४२ वर्षीया फुलदेवी भट्टराईलाई धर्म परिवर्तनको अभियोगमा गत शुक्रबार (वैशाख २१ गते) पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक होटल सञ्चालकसहित पाँच जना जुवाडेलाई सोमबार पक्राउ गरेको छ। वीरेन्द्रनगर ४ स्थित प्रतिक होटलमा जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालक ऐनबहादुर शाही, तुर्माखाँध गाउँपालिका–४ अछामका डेकेन्द्र बुढा, चामुण्डाबिन्दासैनी नगरपालिका–९ दैलेखका हर्कबहादुर थापा, दुल्लु नगरपालिका–३ का अनिल कार्की र छत्रबहादुर खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ केजी सुनसहित ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ। इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उनी अहिले खतरामुक्त रहेको बताए।
भिमसेन थापा गाउँपालिका–६ मा आफ्नै आमालाई करणी गरेको अभियोगमा प्रहरीले ३३ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । युवककी पत्नीले ६५ वर्षीया आमालाई करणी गरेको देखेपछि युवकविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् । पत्नीको उजुरीका आधारमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
संखुवासभा खाँदबारीबाट अवैध यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । शनिबार बिहान खाँदबारी बसपार्कबाट अवैध यार्सागुम्बासहित जुम्लाका सुन्दरी गाउँपालिका ७ बस्ने नरबहादुर रोकाया पक्राउ परेका हुन् ।
राष्ट्रपतिका रूपमा चौथौ पटक शपथ लिन लागेका भ्लादिमिर पुटिनको शपथअघि सडक प्रदर्शनमा उत्रिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीसहित सयौं क्रेमलिन विरोधी अभियन्तालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ परेका छन्। सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौँको बानेश्वरको एक होटलबाट आज पक्राउ गरेको हो।
अवैधरुपमा नेपालमा काम गर्दे आएका १२ जना उत्तर कोरियाका नागरिकहरु पक्राउ परेका छन्। दरवारमार्गमा रेष्टुरेण्ट चलाएर बस्दै आएका उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।
सिण्डिकेट विरुद्ध सरकारले चालेको कदमको विरोध गर्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने यातायात व्यवसायीहरू पक्राउ परेका छन्। देशभरका विभिन्न यातायात व्यवसायी पक्राउ परेका हुन् । पाल्लाबाट दुई व्यवसायी पक्राउ परेका छन् । श्रीनगर यातायात व्यवसायी समितिका कोषाध्यक्ष किरण चित्रकार र पश्चिम नेपाल बस व्यवसायी समितिका जिल्ला इन्चार्ज विकास भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
साढे ३३ किलो सुन प्रकरणमा पक्राउ परेका ५ जनाको बयान सकिएको छ । बिहीबारदेखि जिल्ला अदालत मोरङले ६ जनाको बयान सुरू गरेकोमा शुक्रबारसम्म पाँच जनाको बयान सकिएको जिल्ला अदालत मोरङले जनाएको छ ।
कालिका नगरपालिका वडा नम्बर ६ मा लगाइएको केरा खेती नष्ट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले कालिका नगरपालिका १ का २३ वर्षीय डेढे भन्ने मनिष बहादुर गुरुङ, २३ वर्षीय अर्जुन गहतराज, कालिका ३ का २८ वर्षीय गोपाल परियार, २२ वर्षीय सुजन लोप्चन र कालिका ५ का १८ वर्षीय उमेश माझीलाई पक्राउ गरेको हो।
यातायातमा रहेको सेण्डिकेट प्रणालीलाई खारेज गरिएको बारेमा विरोध गर्दै सार्वजनिक सवारीसाधन नचलाउने दुई जनालाई नियन्त्रणमा लिइएको छ।