नयाँ शक्तिका डोल्पा इन्चार्ज बुढा पक्राउ
नयाँ शक्ति नेपालका डोल्पा संयोजक पुष्प बुढा पक्राउ परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–२ घर भएका ३९ वर्षीय बुढालाई प्रहरीले त्रिपुराकोट बगर बजारबाट मंगलबार बिहान पक्राउ गरेको हो।
नयाँ शक्ति नेपालका डोल्पा संयोजक पुष्प बुढा पक्राउ परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–२ घर भएका ३९ वर्षीय बुढालाई प्रहरीले त्रिपुराकोट बगर बजारबाट मंगलबार बिहान पक्राउ गरेको हो।
प्रहरीको स्कटिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका दुई जना कार्यक्रर्ता पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र सुर्खेत अवलचिङका सन्तोष खड्का रहेका छन् ।उनीहरूलाई त्रिपुराकोट, जुफाल,दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेको अवस्थामा त्रिपुरा सुन्दरी नगरपालिका ३ जीउबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
कर्तव्य ज्यान मुद्दामा फरारको सूचीमा रहेका ७४ बर्षीय एक वृद्ध घटना भएको १७ बर्षपछि पक्राउ परेका छन्। फरारको सूचीमा रहेका तुमेवा गाउँपालिका–५ हाङगुमका धनबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
उदयपुरका एक युवा आइतबार दिउँसो ठूलो परिमाणको प्रतिबन्धित लागु औषधसहित पक्राउ परेका छन्।
झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आइतबार बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल बन्दको क्रममा बजार बन्द गर्दै हिडिरहेको अवस्थामा एकाबिहानै डोल्पामा नेत्रबिक्रम चन्द(विप्लब) नेतृत्वको नेकपाका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका–८ का ३४ वर्षीय सागर शाही रहेका छन्।
कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परेका छन्।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गुजरेलसहित २९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ पुरुष र ५ महिला रहेका छन्।
कर्तव्य ज्यान मुद्धाको अभियोगमा रौटहट कटहरिया नगरपालिकाका प्रमुख (मेयर) पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले जन्मकैदको सजाय सुनाइएका कटहरियाका मेयर सियाराम कुशवाहालाई काठमाडौबाट पक्राउ गरेको हो ।
क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिक सहित ६ जनालाई तेह्रथुमको आठराई संक्रान्तिबजार बाट प्रहरीले बिहीबार पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार रहेका अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ।
सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवामा कुटपिटबाट एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ५० वर्षीय रामएकवाल महतोको कुटाईबाट स्थानीय ६० वर्षीय शिवलोचन महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने एक जनालाई पक्राउ गरेको छ।
अवैध रुपमा भीओआइपी सञ्चालन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानरपालिका ९ स्थित स्टार गेज होटेलको कोठा नम्बर ३०४ र काठमाडौं कागेश्वरी मनहरा ७ शान्तीदीप टोलस्थित भोलाराज गौतमको घरमा अवैध भीओआइपी संचालन गर्ने २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले पक्राउ गरेको हो।
साँढे ३३ किलो सुन तस्करी र शनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका सबैको बयान सकिएको छ। गत बिहीबारदेखि सुरू गरिएको बयान मंगलबार सकिएको हो।