१० मंसिर २०८१ सोमबार
image/svg+xml

विप्लवका कार्यकर्ता पक्राउ

नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई डोटी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन् ।

रिहालगत्तै पार्टी परित्याग गरेका विप्लव कार्यकर्ताले भने, 'अब यसमा लाग्दिनँ'

विप्लव समूहका दुई कार्यकर्ताले रिहा भएलगत्तै पार्टी परित्याग गरेका छन्। भैँसीपङ्खाका दीपचन्द्र राई र रमेश राईले रिहा भएसँगै आज पार्टी परित्याग गरेका हुन्।

विद्यालय निर्माणको रकम पार्टी कार्यकर्ताको खातामा

भूकम्प गएको चार वर्ष बित्यो। गोरखाको बारपाक केन्द्रबिन्दु रहेको भूकम्पले हजारौंको ज्यान र लाखौंको बास खोसेको थियो। भूकम्पपछि भत्किएका विद्यालय पुनर्निर्माण नहुँदा विद्यार्थी अझै पनि टहरा र खुला आकाशमुनि पढ्न बाँध्य छन्। उदाहरणको रूपमा उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेवीस्थित बच्छलादेवी माविमा अझै पनि टहरामै पढाइ हुन्छ। भूकम्पले विद्यालय भवन भत्किएपछि जस्ताले बारेर पढाउँदै आइरहेको संरचना अझै परिवर्तन हुन सकेको छैन।

विप्लव कार्यकर्तालाई तारेखमा छाड्न आदेश

काठमाडौं जिल्ला अदालतले नेकपा विप्लव समूहका एक कार्यकर्तालाई तारेखमा छाडी अनुसन्धान गर्न आदेश दिएको छ। न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले विप्लवका कार्यकर्ता भन्दै पक्राउ परेका अर्जुन गोतामेलाई पुर्पक्षका लागि तारेखमा राख्न आदेश दिएको हो।

दुई कार्यकर्ताले विप्लवलाई छाडे

खोटाङमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

विप्लवका दुई कार्यकर्ता धरौटीमा रिहा

चन्दा असुली तथा पर्चा पम्प्लेट टाँस गरिरहेको अवस्थामा त्रिपुराकोट प्रहरीले कोट बजार क्षेत्रबाट पक्राउ फागुन २२ गते गरेको थियो। पक्राउ परेका त्रिपुरासुन्दरी नगरपालिका १ रल्लीगाउँका २८ वर्षीय पन्थे न्यावर र २३ वर्षीय मदन उखेडा धरौटीमा रिहा भएका हुन्।

अझै निचोरिँदै काँग्रेस

नेपाली कांग्रेसलाई अहिले पनि पार्टी प्रतिपक्षमा छ भन्ने कुराको हेक्का छैन। पार्टी कमजोर भएको छ भन्ने भावना पनि यसका नेता/कार्यकर्तामा देखिँदैन।

विप्लव समूहका २२ जना पक्राउ

प्रक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज, भ्रातृ संगठनका अध्यक्ष, विभाग प्रमुख तथा सैन्य इन्चार्ज छन्। विप्लव निकट अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्य र युवा संगठनका केन्द्रीय सदस्य शेरबहादुर रानालाई गएराति पक्राउ गरिएको छ।

धमाधम पक्राउ पर्दै विप्लवका कार्यकर्ता

नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि प्रदेश १ का विभिन्न स्थानबाट सो पार्टीका नेताकार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन्। प्रहरीले बुधबार बिहान नेकपा विप्लव समूहका मोरङ इन्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल) लाई सुन्दर हरैंचाबाट पक्राउ गरेको छ।

विप्लवका कार्यकर्तामाथि हिरासतमा यातना

राज्यविरुद्ध अपराध गरेको आरोपमा पक्राउ गरी हिरासत लिइएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले प्रहरीले आफूहरुलाई यातना दिएको बताएका छन्। थुनछेक बहसको क्रममा बुधबार सिन्धुपाल्चोक जिल्ला अदालतमा प्रस्तुत गरिएका उनीहरुले आफ्ना कानुन व्यवसायी र सञ्चारकर्मीसँग प्रहरीले यातना दिने गरेको बताएका हुन्।

विप्लवका तीन कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द विप्लव समूहका तीन जना कार्यकर्तालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा व्यास नगरपालिका–६ शिसाघाटका सुनील कुमाल, व्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार र जुम्लाका अमर बुढा रहेका छन्।

सल्यानमा विप्लवका चार कार्यकर्ता पक्राउ

सल्यान प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका चार जना जिल्ला स्तरीय नेताहरुलाई पक्राउ गरेको छ। प्रहरीले पार्टीका जिल्ला सदस्य मदन केसी सहित अन्य तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

विप्लव समूहका नेता कार्यकर्ता भूमिगत

गाँउगाँउमा जागरण अभियान गर्दै आएका नेत्रविक्रम चन्द (विप्लव) नेकपाका नेता तथा कार्यकर्ता भूमिगत भएका छन्। सरकारले विप्लवका गतिविधिमा प्रतिबन्ध र हतियारसहित नेता तथा कार्यकर्ता भेटिए सिधै गोली हान्न सुरक्षाकर्मीलाई निर्देशन दिएपछि विप्लवका नेता तथा कार्यकर्ता भूमिगत भएका हुन्।

जसले डोर्‍याए दुई दशकको नेपाली राजनीति

गिरिजाले नै नेतृत्व गर्दा शेरबहादुर देउवा (हालका कांग्रेस सभापति)ले पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए। तर गिरिजाकै नेतृत्व र पहलमा पछि त्यो पार्टी फेरि कांग्रेसमा समाहित भयो। त्यसैले त अहिले कांग्रेसमा गिरिजाको नामले निकै प्राथमिकता पाउँछ। उनको योगदानको चर्चा पार्टीभित्र भइरहन्छ।

विप्लव प्रभाव : कार्यकर्ताबिनै बन्द भयाे रूकुम

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव रुकुम पश्चिममा सामान्य भयो। बन्दकर्ता थिएनन्, त्यै पनि बन्दको असर भने प-यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्