प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको संसदीय सुनुवाई सुरु हुँदै
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियाको संसदीय सुनुवाईको लागि प्रक्रिया सुरु भएको छ।
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियाको संसदीय सुनुवाईको लागि प्रक्रिया सुरु भएको छ।
सरकारले सत्य तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न पूर्वप्रधानन्याधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँचसदस्यीय सिफारिस समिति गठन गरेको छ।
प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै सोमबार बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगका अध्यक्षको नाम सिफारिस गरेको छ।
मुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले अवकाश पाएपछि रिक्त रहेको पदमा सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक बस्दैछ। बैठकले अन्य संवैधानिक आयोगमा सदस्यहरू पनि सिफारिस गर्ने छ।
नेपाल प्रहरीका ६४ प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन्।
नेपाल प्रहरीले १४ एसपी र २६ डिएसपीको बढुवा सूची निकालेको छ। शनिबार राति प्रहरीले सार्वजनिक गरेको सूची अनुसार १४ जना एसपीलाई एसएसपीमा र २६ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ।
औषधि व्यवस्था विभाग (डिडिए) ले गैरकानुनी ढंगले विदेशी औषधि कम्पनी ओजन फर्मास्युटिकल्सकोे आयात अनुमतिपत्र (लाइसेन्स) नवीकरण गरेको पाइएको छ। डिडिएअन्तर्गतको जिएमपी कमिटीको सिफारिसबिना नै डिडिएका महानिर्देशक नारायण ढकाल र वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको मिलेमतोमा पुस पहिलो साता ओजनको लाइसेन्स नवीकरण गरेको पाइएको हो। डिडिएका वरिष्ठ औषधि व्यवस्थापक क्षेत्रीले ओजनको आयात अनुमतिपत्र नवीकरण गरेको नागरिकलाई बताए। जिएमपी अडिट ९निरीक्षण० टोलीको प्रतिवेदन र जिएमपी कमिटीको सिफारिसबिनै ओजनलाई औषधि ल्याउन दिने लाइसेन्स नवीकरण हुनुमा आर्थिक चलखेलले काम गरेको स्रोतले बतायो।
संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ। प्रस्तावित राजदूतको सुनुवाइ गर्न विहान ११ बजे सिंहदरवारमा बैठक बस्ने सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। उनका अनुसार आज फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको सुनुवाइ हुनेछ।
सरकारले दुई महिनाअघि रिक्त रहेका चार मुलुकमा राजदूत सिफारिस गरे पनि इजरायलबाहेक अन्य मुलुकबाट अझै सहमति (एग्रिमो) आएको छैन। गत कात्तिक २६ गते को मन्त्रिपरिषद् बैठकले भारत, मलेशिया, इजरायल र संयुक्त अरब इमिरेट्सका लागि एकैपटक राजदूत सिफारिस गरेको थियो।
सरकारले विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको छ भने दक्षिण कोरिया, बंगालादेश र स्पेनका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। यही पुस ६ र ९ सम्पन्न मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता , सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले यस्तो जानकारी दिएका हुन्।
प्रदेश ५ को हिउँदे अधिवेशन बुधबारदेखि सुरु भएको छ। सभामुख पूर्ण घर्तीले प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेशसभाको अधिवेशन आह्वान भएको पत्र पढेर सुनाएपछि हिउँदे अधिवेशन सुरु भएको हो। गत चैत २४ गते बजेट अधिवेशन सकिएपछि प्रदेशसभा बसेको थिएन।
सशस्त्र प्रहरी वलका ६ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरूलार्इ सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा वढुवाका लागि सिफारिस भएको छ।
गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा ३ जनाको नाम सिफारिस गरेको छ। बढुवा समिति सचिवालयको मंगलबारको बैठकले पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई एआइजीमा बढुवाका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको हो।
सरकारले भारत र मलेसियाका लागि राजदूतमा क्रमशः नीलकण्ठ उप्रेती र उदयराज पाण्डेको नाम सिफारिस गर्ने आफ्नै निर्णय लुकाएको छ
१ नम्बर प्रदेश सरकारले ताप्लेजुङका तीनवटा ठूला आयोजना संघीय सरकार मार्फत नै सञ्चालन हुनेगरी व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरवार,काठमाडाैंमा सिफारिस गरेको छ।