५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

तीन ठूला योजना सञ्चालनका लागि केन्द्र सरकारमा सिफारिस

ताप्लेजुङ - १ नम्बर प्रदेश सरकारले ताप्लेजुङका तीनवटा ठूला आयोजना संघीय सरकार मार्फत नै सञ्चालन हुनेगरी व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरवार,काठमाडाैंमा सिफारिस गरेको छ। 

प्रदेश सरकारको न्यून बजेट र पूर्वाधार निमार्णका लागि संस्थागत संरचनाको पूर्णता समेत नभएको अवस्था चित्रित गर्दै प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन आयोजनाको काम केन्द्र सरकार मार्फतनै सञ्चालन सिफारिस गरेको हो। सिफारिस गरिएका तीन आयोजनाहरुमा उत्तर–दक्षिण लोकमार्ग अन्तर्गत मूलघाट–दोभान–ओलाङ्चुङगोला खण्ड–टिपतालाबाट तीब्बत सम्मको सडक आयोजना पहिलो नम्बरमा रहेको छ। यस्तै दोस्रोमा तमोर करिडोर अन्तर्गत मूलघाट–लुमुटार–माझीटार–सुभाङ्खोला–लिम्बूनी पूल दोभान खण्ड र तेस्रोमा मदन भण्डारी मार्ग अन्तर्गत बसन्तपुर–गुफापोखरी–सभापोखरी–दोभान–बहानन्दे खण्ड रहेका छन्।

प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ्ले उल्लेखित योजना साबिक बमोजिम नै सञ्चालन हुनेगरी सञ्चालनका लागि संघीय सरकार समक्ष प्रस्ताव गरिएको जानकारी दिए। यसअघि ति आयोजना संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत सञ्चालन हुदै आएका थिए। 

 

प्रकाशित: २३ श्रावण २०७५ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App