काठमाडौं- प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले अवकाश पाएपछि रिक्त रहेको पदमा सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक बस्दैछ। बैठकले अन्य संवैधानिक आयोगमा सदस्यहरू पनि सिफारिस गर्ने छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार दिउँसो चार बजे परिषदको बैठक बोलाइएको हो।
प्रमुख निर्वाचन आयुक्त यादव र आयुक्त इला शर्माले आइतबारदेखि अवकाश पाएका छन्। यो सँग आयोगमा प्रमुख आयुक्त र आयुक्त पद रिक्त भएको छ।
आजको बैठकमा दलित आयोग, महिला आयोग, आदिवासी जनजाती आयोगका पदाधिकारीबारे छलफल हुने छ।
प्रकाशित: ११ चैत्र २०७५ ०७:०१ सोमबार