३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ।

बजेट विधिसम्मत नभएको भन्दै विपक्षीद्वारा संसदमा अवरोध

प्रदेशसभाको सोमबारको बैठकमा विपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बजेट विधिसम्मत र जनताको पक्षमा बजेट नरहेको भन्दै उभिएर बिरोध गरेका छन्। बिपक्षी सांसदको विरोधका कारण सोमबारको बैठक बजेट माथि छलफल नगरि सभामुख अर्जुन थापाले स्थगित गरेका छन्।

बर्डफ्लू क्षेत्रमा पक्षी नष्ट गर्दा अवरोध

पुर्वी चितवनको खैरहनी नगरपालिकामा बर्ड फ्लू भेटिएपछि वरिपरिको ठाउँलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ । खैरहनी नगरपालिका वडा नम्बर ९ सुर्तनीमा रहेको कुखुरा फार्ममा बर्ड फ्लू भेटिएको हो।

सिरियामा अवरोध छैनः रुस

सिरियामा भएको भनिएको रासायनिक घातक हतियारको प्रयोगसम्बन्धी अनुसन्धानका लागि सिरिया पुगेका अन्तर्राष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीलाई त्यहाँ अवरोध नगरिएको रुसले जनाएको छ।

चिया निर्यातमा भारतीय अवरोध

नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले अवरोध गरेको छ। पूर्वको पानीट्यांकीस्थित भारतीय कस्टमले त्यहाँ पुगेका १ कन्टेनर र ११ ट्रक तयारी चिया ‘नमुना परीक्षण गराउन’ भन्दै रोकेर राखेको उद्योगीहरूले बताएका छन्।

गाँजाका कपडा प्रवर्द्धनमा प्रशासनकै अवरोध

गाँजाको रेशाबाट बनेका कपडाको माग बढ्दै गए पनि व्यवसायीले यसको प्रवर्द्धनमा सरकारकै अवरोध भोग्नुपरेको छ । गाँजाको रेशाबाट बनेको कपडा बेचेर गाँजा व्यवसायमा सहयोग गरेको भन्दै प्रशासनले बोलाएर केरकार समेत गरेको व्यवसायीले बताएका छन्।

अवरोध हुने डरले रामेछाप गएनन् रक्षामन्त्री

सरकारमा सहभागी मुख्य दल माओवादी केन्द्रका कार्यकर्ताबाट अवरोध हुने भएपछि नेपाल सरकारका रक्षामन्त्री ईश्वर पोखरेल सोमबार रामेछापको एक कार्यक्रममा जान सकेनन्।

काठमाडौंलाई मास्कमुक्त गराउन अवरोध गर्नेलाई कारवाही : मन्त्री पण्डित

जनसंख्या तथा वातावरणमन्त्री लालवावु पण्डितले काठमाडौंलाई एक बर्षभित्र मास्कमुक्त गराउने आफ्नो योजनामा अवरोध गर्नेलाई कारबाही गर्ने बताएका छन्।

‘संघबाट अवरोध भए अनशन’

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार मातहत प्रहरी–प्रशासन ल्याउने प्रक्रियामा लागेको बताएका छन्।  जनकपुरमा मंगलबार आयोजित एक कार्यक्रममा सर्लाहीका एक नगर प्रमुखले जननिर्वाचित प्रतिनिधिलाई प्रहरीले नटेरेको गुनासो गरेपछि मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । ‘तपार्इंहरु नआत्तिनुस्, प्रदेशसभाबाट चाँडै ऐनकानुन बनाएर प्रहरी–प्रशासनलाई मातहतमा ल्याउने तयारीमा छौं,’ मुख्यमन्त्री राउतले भने।

सुरक्षित गर्भपतन सेवामा अवरोध

नेपाल सरकारसंग साझेदारका रुपमा सहयोग गर्ने भन्दै काम गरिरहेको एउटा गैरसरकारी संस्था (आइएनजीओ)ले सरकारले कानून तह संचालन गरिरहेको सुरक्षित गर्भपतन सेवा प्रबाहमा अबरोध पु¥याउन थालेको छ।

नेपालथोक–गोंगबु चल्ने बसलाई अवरोध

सिन्धुलीको नेपालथोकबाट नयाँ बसपार्क गोंगबु, काठमाडौंका लागि छुटेका बस भक्तपुरका यातायात व्यवसायीले आइतबार नियन्त्रणमा लिएर सेवा सञ्चालनमा अवरोध पुर्याएका छन्।

भारतले अदुवामा अवरोध हटायाे

नेपाली किसानलाई मर्का पर्ने गरी भारतले अदुवा निकासीमा लगाएको अवरोध खुल्ला गरेको छ । भारतले बिनाअवरोध अदुवा निकासी गर्न सहमति जनाएको वाणिज्य मन्त्रालयले जनाएको छ । अदुवाको अवरोध खुलेको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले बताए । ‘अहिले मापदण्डलाई खुकुलो बनाएर थप सहज गर्न भारतीय पक्ष सहमत भएको छ,’ सैंजुले भने, ‘शुक्रबारबाट अदुवा निकासी सुचारु हुन्छ ।’

भारतीय अवरोधपछि नेपाली अदुवा बंगलादेश

निरन्तरको भारतीय अवरोधले कारोबार नै चौपट बन्न थालेपछि व्यवसायीले नेपालको अदुवा बंगलादेश पठाउन थालेका छन् । निर्यातकर्ता व्यापारीको पहलमा झन्डै एक दशकपछि पहिलोपटक नेपालको अदुवा तेस्रो मुलुक पुगेको हो ।

मुआब्जा विवादले सडक निर्माणमा अवरोध

मुआब्जा विवादले निर्माणाधीन सम्सी–गौशाला–माईस्थान सडक स्तरोन्नतिमा पाइलापिच्छे अवरोध हुन थालेको छ । मुआब्जा विवाद नटुंग्याउँदै सडक विस्तारको काम थालनी गरिएपछि अहिले आएर सडक निर्माणमा ठाउँठाउँमा अवरोध हुन थालेको हो।

मोहना – अत्तरिया ५ छ लेन सडक निर्माणमा अवरोध

भारतीय नाका जोड्ने मोहनादेखि अत्तरियासम्मको ६ लेन सडक निर्माण रोक्ने प्रयास सुरु भएको छ । यस क्षेत्रकै मुहार सुन्दर पार्ने यो महत्वपूर्ण विकासको पूर्वाधारमा अवरोधको प्रयास सुरु भएपछि स्थानीय चिन्तित छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्