३ माघ २०८१ बिहीबार
image/svg+xml

सहिद र घाइते परिवारलाई जागिर र राहतको मल्हम

मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको परिवारमा ढिलै भएपछि खुसी सञ्चार भएको छ। परिवारका एकजना सदस्यले रोजगारीले बुढेसकाल धान्ने सहारा पाएपछि रमेशका पिता रविले आँशु थाम्नै सकेनन्। ०६३ को मधेस आन्दोलन सम्झँदै रविले भने, ‘म जस्ता धेरै पिताले पुत्र गुमाएर पनि अधिकार र मुद्दा स्थापित नभएको सुन्दा ज्यादै दुःख लाग्छ। बुढेसकाल धान्ने सहारा अर्को छोरालाई मधेस सरकारले जागिर दिएर हाम्रो पारिवारिक समस्या सामाधान गरिदिएको छ, उनले भने, ‘अधिकार र मुद्दा स्थापित गराएर राजनीतिक समस्या सामाधान भएको देख्ने लालसा छ।’

प्रिन्सलाई दोहोरो उपाधि

नेपालका प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा शुक्रबार दोहोरो उपाधि जितेका छन्। मोरङको सहिद रंगशालाको कभर्डहलमा भएको ब्वाइज एकल यु–१५ र यु–१९ दुवैतर्फको फाइनलमा जित निकाल्दै प्रिन्सले दोहोरो उपाधि जितेका हुन्।

प्रिन्स अन्तिम चारमा

दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनका विजेता प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेका छन्।

‘ए’ डिभिजन लिग : संकटालाई पराजित गर्दै एपिएफ पाँचौं

उपविजेता संकटालाई २–१ ले पराजित गर्दै विभागीय टोली एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पाँचौं स्थान पक्का गरेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एपिएफले लिगको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेको हो।

‘ए’ डिभिजन लिग : अग्रता उल्ट्याउँदै संकटा उपविजेता

एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै थ्री स्टारविरुद्ध २–१ को जित निकालेको संकटा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपविजेता बनेको छ।

विभागीय डर्बीमा पुलिसविरुद्ध एपिएफको फराकिलाे जित

विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ४–१ ले पराजित गर्दै एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको तालिकामा मंगलबार दुई स्थान सुधार गरेको छ।

तालिका हेरफेर

अखिल नेपाल फुटबल संघ (एन्फा)ले  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुुटबलमा २ चरणका खेल मात्रै बाँकी रहँदा प्राविधिक कारण देखाउँदै लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीचको खेलतालिका हेरफेर गरेको छ।

सम्मानजनक स्थानका लागि भिडन्त

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबारबाट १२औं चरणका खेल हुँदै छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा हुने दुई खेलमध्ये पहिलो खेलमा  तालिकाको पुछारमा रहेको न्युरोड टिम (एनआरटी)ले मच्छिन्द्र क्लबको सामना गर्दै छ भने दोस्रो खेलमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइज (बिबिसी) को सामना गर्दै छ। यस्तै हलचोकमा हुने अर्को खेलमा जावलाखेल युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मीको सामना गर्नेछ।

‘ए’ डिभिजन लिग : पुलिससँग थ्री स्टार पराजित

दोस्रो स्थानका लागि संघर्षरत थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–१ ले स्तब्ध भएको छ।

११ औं चरणका खेल आजबाट, पुछारका क्लबलाई सकस

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बुधबारबाट ११औं चरणको खेल सञ्चालन हुँदै छन्। दशौं चरण सकिँदासम्म अघिल्लो पंक्तिका क्लबको स्थिति प्रस्टिँदै गए पनि पुछारका क्लबको सकस बढ्दै गएको छ।

‘ए’ डिभिजन लिग : विभागीय डर्बीमा एपिएफद्वारा आर्मी पराजित

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको छ।

‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै, थ्री स्टारलाई जित्नैपर्ने दबाब

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार (आज) दुई खेल हुँदैछन्। बिहान ११ बजे हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने आजको पहिलो खेलमा थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

आजबाट दशौं चरणका खेल, मनाङको पछिपछि संकटा

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबारबाट दशौं चरणका खेल हुँदै छन्। लिगमा शुक्रबार ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा दुई खेल सञ्चालन हुँदै छन् भने तेस्रो खेल हलचोकस्थित एपिएफको मैदानमा हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्