२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : विभागीय डर्बीमा एपिएफद्वारा आर्मी पराजित

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न आइतबारको पहिलो खेलमा एपिएफलाई जिताउन आशिष लामाले दुवै गोल गरे। पराजित आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काए। दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि ५२ आैं मिनेटमा एकल प्रयासमा आशिषले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

त्यस्तै ८६ औ मिनेटमा श्याककुमार नेपालीको पासमा आशिषले पुनः ब्याक्तिगत दोस्रो गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसको एक मिनेपछि नवयुग श्रेष्ठले हेड गोल गर्दै खेल २–१ मा ल्याए। तर, त्यसपछि दुवै टोलीबाट गोल भएन र एपिएफले बाजी मार्यो।

खेलअवधिभर दुवै टोलीले गोल गर्ने केही सुन्दर मुभ बनाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्। जितसँगै १० खेलबाट १६ अंक जोड्दै एपिएफ तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। आर्मी १८ अंक सहित चौंथो स्थानमा यथावत् छ।

प्रकाशित: ८ पुस २०७५ ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App