५ आश्विन २०८१ शनिबार
image/svg+xml

सांसदको भूमिका विधि निर्माणमा देखिनुपर्छ: अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय तथा प्रदेश सांसदहरुको भूमिका विधि निर्माणमा देखिनुपर्ने बताएका छन्।

गौतमलाई राष्ट्रिय सभा लैजान आलटाल

गौतमको अस्थिर स्वाभावका कारण सरकारलाई समेत अप्ठ्यारो पार्ने प्रयास गर्नसक्ने भएकाले उहाँको मनोनयन सोचविचार गरेर मात्रै हुन्छ।

राष्ट्रिय सभा ६ महिनादेखि अपूर्ण

राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत एक पद खाली भएको सोमबार ६ महिना पूरा भएको छ। गत फागुन २० गतेदेखि राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत एक सिट खाली रहेको छ। ५९ सदस्यीय राष्ट्रिय सभामा एक सिट पूरा नहुँदा ५८ सदस्य मात्र कायम छन्। जसले सो सभालाई अपूर्ण बनाएको हो।

राष्ट्रिय सभा सदस्यको रिक्त स्थानबारे नेकपाले आज निर्णय गर्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न आज दिउँसो सो पार्टीको सचिवालय बैठक बस्दैछ।

राष्ट्रिय सभा समितिविहीन

संघीय संसद्को उपल्लो सदन राष्ट्रिय सभा आजदेखि शनिबारदेखि समितिविहीन बनेको छ। राष्ट्रिय सभाका चार समितिको कार्यावधि शुक्रबारदेखि सकिएपछि राष्ट्रिय सभा समितिविहीन बनेको हो। समितिविहीन बनेपछि अब नयाँ प्रक्रियाबाट समिति गठन गर्नुपर्ने छ।

राष्ट्रियसभाको शून्य समय : सार्वजनिक यातायातदेखि स्वास्थ्यकर्मीको सुरक्षासम्म चासो

राष्ट्रियसभा बैठकमा सांसदहरुले यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनुपर्ने देखि स्वास्थ्यकर्मीमाथि कुटपीट भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

नेकपाले रोक्ने निर्णय गरेको विधेयक राष्ट्रिय सभामा

राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाउने सम्बन्धि संशोधन विधेयक पेस हुँदैछ। संसद सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा विधेयक पेस हुने उल्लेख छ।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेदेखि बस्ने

राष्ट्रिय सभाको बैठक २०७७ असार ११ गते बिहीबार दिनको १०० बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउने छन् ।​

राष्ट्रिय सभामा अख्तियार दुरुपयोग र भ्रष्टचार विधेयक पेश

विधायन व्यवस्थापन समितिबाट परित भएको अख्तियार दुरुपयोग र भ्रष्टाचार सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश भएको छ। राष्ट्रिय सभाको सोमबारको बैठकमा समितिका सभापति परशुराम मेघी गुरुङले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६’ सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेका हुन्। उनले दुवै विधेयक संविधान अनुरुप र विश्व महासन्धिको व्यवस्था अनुरुप मिलाउन आवस्यक भए अनुसार दफावार छलफल भई संशोधन सहितको प्रतिवेदन तयार पारिएको बताए।

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७, राष्ट्र ऋण उठाउने विधेयक २०७७, ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७ पेस गर्ने भएका छन् ।

भरत शमशेरको निधनमा शोक प्रस्ताव पारित

राष्ट्रियसभाको आजको दोस्रो बैठकले पूर्व सांसद भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको सो प्रस्तावलाई बैठकले पारित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्