२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७, राष्ट्र ऋण उठाउने विधेयक २०७७, ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७ पेस गर्ने भएका छन् ।

त्यस्तै, बैठकमा विनियोजन विधेयक २०७७ का विभिन्न शीर्षकमाथि छलफल हुने भएको छ । यस क्रममा सांसद प्रकाश पन्थले ‘विनियोजन विधेयक २०७७ अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रूपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । सांसदहरु तारादेवी भट्ट, जितेन्द्रनारायण देव, अनिता देवकोटा र रमेशजंग रायमाझीले पनि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित: १ असार २०७७ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App