छाउगोठमा निसासिएर मृत्यु
डोटीकी एक महिलाले छाउगोठमा ज्यान गुमाएकी छन्। महिनावारी (छाउ) भएर छाउगोठमा सुतेकी पूर्वीचौकी गाउँपालिका–५ काँडामान्डौकी २१ वर्षीया पार्वती बोगटीले ज्यान गुमाएकी हुन्।
डोटीकी एक महिलाले छाउगोठमा ज्यान गुमाएकी छन्। महिनावारी (छाउ) भएर छाउगोठमा सुतेकी पूर्वीचौकी गाउँपालिका–५ काँडामान्डौकी २१ वर्षीया पार्वती बोगटीले ज्यान गुमाएकी हुन्।
महिनावारी हुँदा महिला तथा किशोरीलाई सधैँ बस्दै आएको घरमा बस्न नदिई घरभन्दा बाहिर अलग्गै स्थानमा बस्न बाध्य बनाउने कुरीति वा कुप्रथा नै सामान्य भाषामा ‘छाउपडी’ हो। खासगरी महिनावारीको यस अवस्थामा घरभन्दा बेग्लै महिला वा किशोरीका लागि बस्न बनाइएको सुविधाविहीन वासस्थानलाई नै ‘छाउघर’ वा ‘छाउगोठ’का रूपमा बुझिन्छ। महिनावारी भएको अवस्थामा घरमा बस्दा देउता रिसाउने र यसको कारण अन्नबाली बिग्रने, पशु—चौपायालाई हानि—नोक्सानी पुग्ने, आपूm मात्र नभएर परिवारका सदस्यहरूसमेत बिरामी पर्ने जस्ता कुतर्कहरू यसको पछाडि विद्यमान छन्।
रजस्वला वा महिनावारी हुँदा नछुने बार्ने चलन नेपालको खस, मैथिल, कुमाई बाहुन क्षत्री परिवारमा चर्को छ। पश्चिम नेपालको उत्तरी भागमा रजस्वला हुँदा र सुत्केरी हुने दुवै अवस्थामा छाउ बार्ने वा छाउगोठमा राख्ने चलनले अद्यापि कहालीलाग्दा नतिजा निकाल्ने गरेको कुरा प्रायः समाचारमा आइराखेका छन्।
छाउपडी कुप्रथाका कारण महिनावारी हुँदा ५ दिन घर भन्दा बाहिर छाउगोठमा बस्नुपर्ने सुदूरपश्चिमका महिलाहरूको पीडा नै हो। त्यसमा पनि जंगलको वास हिउँदको महिना पालमुनी बस्नु पर्दाको पीडा कस्तो होला ?
मुलुक विकास र चेतनाका हिसाबले धीमा गतिमै किन नहोस् फड्को मार्ने अभियानमा भए पनि छाउपडीलगायतका अन्धविश्वासमा आधारित प्रथा भने झन्झन् मजबुत हुँदैछन्। आधुनिकताले प्राचीन संस्कारहरूलाई दमन गर्दै गएका यथार्थ धेरैतिर देखिन्छन् तर यस्ता प्रथा भने फस्टाइरहनु चिन्ताको विषय हो। त्यसैले त कहिले जंगली जीवजन्तुका कारण छाउपडी गोठमै महिनावारी भएका महिलाको मृत्यु हुने गरेको छ भने कतिपय अवस्थामा घाइते ज्यान लिएर बाँच्न विवश छन्। छाउ अर्थात् महिनावारी। पडी अर्थात् महिनावारी भएकी महिला।
महिनावारीका बेला महिलालाई स्वास्थ्य सामस्यादेखि थप कामको सामना गर्नुपर्ने एक सर्वेक्षणले देखाएकोे छ।
मंसिर महिनाको चौथो साता राजधानीमा‘महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन’ आयोजना भयो। यस्तासम्मेलनहरूछाउपडी जस्ता जल्दाबल्दा मुद्दामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बहस सिर्जना गर्न, संवाद गर्न र सचेतना फैलाउनका लागि उपयोगी हुन्छन्।
पछिल्लो जनगणनाअनुसार १० देखि १५ उमेर समूहका ३० लाख किशोरी रहेका छन्। तीमध्ये अधिकांशलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ ? भन्ने जानकारी छैन।
महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडबारे धेरैले सुनेका छन्। महिनावारीका बेला प्रयोग गरिने कप पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने महिनावारी कप (मिन्स्ट्रुअल कप) हालै बजारमा आएको छ। परिवार नियोजन तथा मातृ स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था मेरी स्टोप्स सेन्टरले यस्तो कप ल्याएको हो।
विश्व महिनावारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी अाज मनाइँदैछ। महिनावारी समस्यालाई गहिरिएर अध्ययन गर्नुका साथै उचित व्यवस्थापनका लागि प्रत्येक वर्ष जेठ १४ गते यो दिवस मनाउने गरिएको छ।
छाउ कुप्रथाको कारण देखाउँदै अधिकांश छात्राहरु नियमित विद्यालय जानबाट वञ्चित भएका छन्। अभिभावकदेखि सामाजिक कुसंस्कारका कारण छात्राहरु वर्षमा करिब ५० दिन विद्यालय जानबाट वञ्चित बन्ने गरेका छन्।
बाजुराको गौमुल गाउँपालिका–४ मानाकोटमा रहेको कीर्तिचौर माविमा हाल २५० छात्रा अध्ययन गर्दै आइरहेकी छिन् । तर पनि उनीहरुले नियमित रुपमा पठनपाठन गर्न पाउँदैनन्। नियमित पठनपाठन गर्नका लागि उनीहरु वञ्चित हुने गरेको पाइएको छ।
अक्षयकुमारको फिल्म ‘प्याडम्यान’की अभिनेत्री राधिका आप्टेले छोरी बुहारीलाई महिनावारी बार्ने र लजाउनुपर्ने अवस्थाको सिर्जना महिलाले नै गरेको बताएकी छन्।
महिनावारी एउटा सहज र वैज्ञानिक प्रक्रिया हो, तर यसलाई शास्त्रसँग जोडेर पूर्वजन्मको नराम्रो कर्मको फल हो भन्ने गरेको पाइन्छ । शास्त्रहरूमा महिनावारीका विषयमा विभिन्न घटना उल्लेख भएका पाइन्छ, तर कतै पनि यस अवस्थालाई पाप भने भनिएको छैन ।
अछामको नन्देगडाकी १६ वर्षीया रमिता साउँदको घरमा शौचालय बनेको छ । घरका सबै सदस्य सधैं शौचालय नै प्रयोग गर्छन्, तर रमितालाइ भने महिनामा पाँचदिन शौचालय प्रयोग गर्ने अनुमति छैन । त्यसो हुनुको एउटै कारण हो उनी महिनावारी हुने गर्छिन् ।