१५ वैशाख २०८१ शनिबार
image/svg+xml
रवीन्द्र भट्टराई


रवीन्द्र भट्टराईका लेखहरु :

आत्महत्या दुरुत्साहन हुन सक्छ ?

अहिले ‘आत्महत्या दुरुत्साहन’ पदावली जनचासो र सार्वजनिक चर्चाको विषय बनेको छ। मुलुकी ऐन २०२० लागू रहँदासम्म यो पदावलीको खासै चर्चा हुन्नथ्यो। २०७४ सालमा जारी मुलुकी अपराध संहिताको १२औं परिच्छेदको ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा ‘आत्महत्या दुरुत्साहन’ लाई कसुरको नाम दिएर राखेपछि यो विषय चर्चामा आउन थालेको हो। अहिले उक्त अभियोगमा अनुसन्धान र अभियोजन सिलसिला पनि अगाडि बढेपछि यो चर्चा र बहस बढेको छ। यो आलेखमा यस पदावलीका माध्यमबाट परिभाषित कसुरका सन्दर्भमा फौजदारी विधिशास्त्रीय दृष्टिपात गर्ने जमर्को गरिएको छ।

छुवाछूत, छुई र छाउ

रजस्वला वा महिनावारी हुँदा नछुने बार्ने चलन नेपालको खस, मैथिल, कुमाई बाहुन क्षत्री परिवारमा चर्को छ। पश्चिम नेपालको उत्तरी भागमा रजस्वला हुँदा र सुत्केरी हुने दुवै अवस्थामा छाउ बार्ने वा छाउगोठमा राख्ने चलनले अद्यापि कहालीलाग्दा नतिजा निकाल्ने गरेको कुरा प्रायः समाचारमा आइराखेका छन्।

बौद्ध र शैवीको बेजोड सद्भाव

पच्चीस वर्षअगाडि पाइलो हाल्दै सुवर्णभूमि विमानस्थल पुगेको थिएँ– ट्रान्जिटस्वरूप। विशाल समुद्रसँग टाँसिएको थाइल्यान्ड स्मृतिमा धुमिल छ– आकाशबाट देखिएजति।

अपराधपीडित संरक्षण विधेयकमा फरक मत

नेपालको संविधान, २०७२ मा व्यवस्था भएको अपराधपीडितको मौलिक हक प्रचलन गराउनका लागि विधायन प्रक्रिया अगाडि बढेको छ ।

उसै भनिँदैन, ‘सम्मानित अदालत’

आजभन्दा २५ वर्ष अगाडिसम्म आमसमुदायमा अदालतबाट न्याय हुन्छ भन्ने विश्वास निकै थियो । एकाध जब्बर राजनीतिक आग्रह राख्नेबाहेक धेरैले अदालतले निष्पक्ष न्याय दिन्छ भन्ने मान्थे। अहिले अदालतप्रति जनविश्वास दुब्लाउँदै मात्र गएको छैन, खस्केको खस्क्यै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्