५ आश्विन २०८१ शनिबार
image/svg+xml

साउदीसँग श्रम सम्झौता अन्यौलमा

नेपालले विश्वका एक सय आठ देशमा कामदार पठाउने गरे पनि अहिलेसम्म मलेसिया, जोर्डन, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, इजरायल, जापान र दक्षिण कोरियासँग मात्र श्रम सम्झौता गरेको छ।

नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ। क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन्। योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०औं मुलुक अष्ट्रेलिया भएको छ।

एमसिसी आयोजना कार्यान्वयन सम्झौता

नेपाल सरकारको तर्फबाट अर्थमन्त्री युवराज खतिवडा र अमेरिकी सरकारको तर्फबाट कम्प्याक्ट अपरेसन डिपार्टमेन्टका उपाध्यक्ष एन्थोनी वेलचरले एमसिसी अन्तर्गतको आयोजना कार्यान्वयन गर्ने सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका हुन्।

मेलम्चीमा फेरि एक वर्षको वाचा,सिनो हाइड्रोसँग सम्झौता

सम्झौताअनुसार सुरुङ निर्माणको काम भए अस्थायी हेडवक्र्स (बाँध) मार्फत मेलम्चीको पानी एक वर्षभित्र उपत्यकामा आउनेछ।

नेपाल र युएईबीच हवाई सेवा सम्झौता

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) का बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ। क्यानाडाको शहर मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४०औँ महासभाका दौरानमा उक्त हवाई सम्झौता भएको हो।

‘तरकारी निर्यात गर्न कतारसँग सम्झौता हुन्छ’

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तरकारी कतार निर्यात गर्न चाँडै सम्झौता हुने बताएका छन् । प्रदेश विकास परिषद्को पहिलो बैठकको हेटौंडामा उद्घाटन गरेपछि उनले प्रदेशभित्र उत्पादित तरकारी निर्यात गरेर समृद्ध प्रदेश निर्माणमा पहल गर्ने बताए ।

मन्त्री र सचिवहरुलाई प्रमको प्रश्नः काम नगर्ने ठेकेदारले किन ठेक्का पाउँछ?

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन सम्झौतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिएका छन्।

थपिएको म्यादमा फेरि पनि नसकिने भो

ठेक्का सम्झौताअनुसार ३० डबल सर्किट किलोमिटरको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना गत पुसभित्रै बनिसक्नुपर्ने थियो। २०७३ पुसमा दुई वर्षमा सम्पन्न गर्ने गरी चिनियाँ ठेकेदार कम्पनी पिङ्गाओ ग्रुप कम्पनी लिमिटेड चाइनाले ठेक्का सम्झौता गरेको थियो।

वडामै पुगेर योजना सम्झौता

सोलुदुधकुण्ड नगरपालिकाले वडामै पुगेर योजना सम्झौताको काम जारी राखेको छ। वडा कार्यालयबाट विनियोजित रकमबाट कार्यान्वयनमा आउने साना योजनाको सम्झौता वडा कार्यालयमै पुगेर गर्न थालिएको हो। वडा नम्बर १ टाक्सिन्दु, वडा नम्बर ९ गोराखानीलगायत वडाका साना योजना सम्झौता सकिएको नगरपालिकाले जनाएको छ।

साढे १३ अर्बको सम्झौता

सोमबार सडक विभाग र जापानी ठेकेदार कम्पनी हाज्मा–आन्द्रो जेभीबीच नागढुंगा सुरुङमार्गमा सम्झौता भएको हो। सम्झौता अनुसार जापानी कम्पनीले अबको ४३ महिनामा (एक महिना मेसिन खरिदको तयारीसहित) नागढुंगा सुरुङ मार्गको निर्माण कार्य सम्पन्न गर्नेछ।

नगरपालिका र ५६ विद्यालयका प्रअबीच कार्यसम्पादन सम्झौता

विद्यालयको शैक्षिक क्रियाकलापलाई समयवद्ध, परिणाममुखी, मितव्यायी, पारदर्शी बनाउन नतिजामुखी कार्यसम्पादनमा आधारित करार सम्झौता गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए।

एमसिसीबारे सत्तासीन दलकै सांसदबीच मतभेद : ‘सम्झौता नयाँ ढंगले हुनुपर्छ

सत्तारुढ नेकपाका सांसदबीच मत बाझिँदा नेपाल र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता संसद्को वर्षे अधिवेशनबाट पारित हुन रोकिएको छ । एमसिसीका बारेमा सत्तारुढ दलकै सांसदमा मत विभाजन देखिएपछि तत्कालका लागि यो कार्यक्रम रोकिएको छ ।

ब्रेक्जिट सम्झौताका लागि अब धेरै ढिलो नगरौँ : यङ्कर

यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्झौताका लागि लण्डन र ब्रसेल्सले अब थप ढिलाई गर्नु नहुने निवर्तमान यूरोपेली आयोगका प्रमुख जाँ क्लाउड यङ्करले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्