५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

वडामै पुगेर योजना सम्झौता

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाले वडामै पुगेर योजना सम्झौताको काम जारी राखेको छ। वडा कार्यालयबाट विनियोजित रकमबाट कार्यान्वयनमा आउने साना योजनाको सम्झौता वडा कार्यालयमै पुगेर गर्न थालिएको हो। वडा नम्बर १ टाक्सिन्दु, वडा नम्बर ९ गोराखानीलगायत वडाका साना योजना सम्झौता सकिएको नगरपालिकाले जनाएको छ।

सम्झौताका लागि योजना शाखाप्रमुख रामकुमार खड्कालगायतको टोली वडावडामा खटेका छन्। साना योजना कार्यान्वयन गर्न गठित उपभोक्ता समितिलाई सहज बनाउन र कम खर्चिलो बनाउन वडामै पुगेर वडागत योजना सम्झौता गर्न थालिएको शाखाप्रमुख खड्काले बताए।

उनले भने, ‘योजना सम्झौतासँगै उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यान्वयनका सवालमा अनुशिक्षणसमेत गरेका छौं।’ यो वर्ष नगरपालिकाले हरेक वडालाई ५५ लाख बजेट प्रदान गरेको थियो। नगरस्तरीय ठूला योजना भने नगरपालिकामै आएर सम्झौता गर्नुपर्ने नगरपालिकाले जनाएको छ।

प्रकाशित: ७ आश्विन २०७६ ०४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App