६ आश्विन २०८१ आइतबार
image/svg+xml

ल्होछारमा ‘छार ग्योइलो’

अहिले हरेक तामाङ गाउँ ल्होछारमय भइसकेको छ। गाउँ हुँदै सहरसम्म ल्होछारले झप्पकै छोएको छ। सामाजिक सञ्जालमा शुभकामना कार्डसँगै अडियो–भिडियोबाट ल्होछारको सन्देश दिनेको उस्तै चाप छ।

अन्ना हजारेद्वारा आमरण अनसन आरम्भ

भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गरेका छन्। केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्त नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उनले आमरण अनसन सुरु गरेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

सूचीकरण सुस्त

सरकारले आकर्षक नारासहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा ल्याए पनि त्यसअनुरुप निजी क्षेत्रलाई दबाब दिन नसक्दा सूचीकरणमा सुस्तता देखिएकोे छ।

सुनै किन चाहियो सुनौलोले हुन्छ भने

सामाजिक सञ्जाललगायतको प्रयोगले फेसन पच्छ्याउनेहरुको संख्या निकै बढेको छ। समय अनुसार फेसन गर्न रुचाउनेहरुको जमात निकै छ। त्यो जमात अरुभन्दा फरक र मौलिक देखिन लालायित छ। शहरिया जीवनशैलीमा रमाउनेहरु प्रायः शिरदेखि पाउसम्म फेसनेबल हुन रुचाउँछन्। झन् अहिलेको फेसनको दुनियाँमा शिरदेखि पाउसम्म सेट मिलाएर लगाउनेको ट्रेन्ड निकै छ।

मनकारी सांसद : सुविधामा पैसा थपेर समाजसेवा

गतसाल माघ ७ गते प्रदेशसभामा सपथग्रहण गरेपछि गोरखा २ (ख) का प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले घोषणा गरेका थिए कि, ‘प्रदेशसभा सदस्य भएबापत मैले पाउने सबै सुविधा जनताका लागि विकास र सामाजिक क्षेत्रमा खर्च गर्नेछु।’ सपथ लिएकै दिन उनले सार्वजनिक गरेको प्रतिबद्धताको ठिक १ वर्ष पुगेको छ।

अर्थमा सामाजिक संजाल चलाउन राेक

अर्थ मन्त्रालयले आफू मातहतका कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाएको छ। मन्त्रालयले कर्मचारी आचारसंहिता जारी गर्दै कर्मचारीमाथि कडाइ गरेको हो।

कामदार पठाउने संयन्त्र पुरानै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीसम्बद्ध संस्था हटाएरै छाड्ने अडान लिइरहेको बेला मलेसियाले पुनः पुरानै संयन्त्र अनुसार ती संस्थाले नै काम गर्ने जवाफ फर्काएको छ।

कोरा ‘अर्थ मानव’को दिशातर्फ

कुनै पनि देशको अर्थव्यवस्था उपलब्ध साधनको प्रभावकारी प्रयोग तथा संरक्षण एवं संवर्द्धन र सम्भावित साधनको खोज एवं व्यवस्थापनबाट मानिसको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्ने विषयसँग जोडिएको हुन्छ। यो राजनीतिक दर्शनलाई नतिजामा रूपान्तरण गर्ने उपयुक्त पद्धति पनि हो।

हाम्रा शासक : अपेक्षा र यथार्थ

‘फलाना देशका फलाना नेता आहा कस्तो मितव्ययी, ढिस्काना देशका नेता कस्तो सादगीपूर्ण; हामीकहाँ त राजसी सोख गर्न र देश लुट्न खप्पिस चोर, लुटेराहरू मात्र छन् ...’ सामाजिक जमघटदेखि सामाजिक सञ्जालसम्म, एफएमका अन्तर्वार्तादेखि टिभीका ‘टक सो’सम्म, अखबारका विचार पृष्ठदेखि पाठकपत्रसम्म बरोबर सुनिने, देखिने शब्द र भाव हुन् यी।

‘टेन इयर च्यालेन्ज’

यतिबेला सामाजिक सञ्जालमा ह्यासट्याग टेन इयर च्यालेन्ज निकै भाइरल भइरहेका छ। फेसबुक, इन्स्ट्राग्राम, ट्विटरलगायत सामाजिक सञ्जालमा ह्यासट्याग टेन इयर च्यालेन्ज लेखेर १० वर्ष पहिला र अहिलेको फोटो राख्ने ट्रेन्ड निकै चलेको छ। सामाजिक सञ्जालका प्रयोगकर्ताले ह्यासट्याग टेन इयर च्यालेन्ज लेखेर १० वर्ष पुरानो फोटो र अहिलेको फोटो पोस्ट गरेका छन्।

नयाँ घरमा सपना सजाउँदै पार्वती

चिटिक्कको दुईकोठे घर। रङरोगन भर्खरै सकिएको छ। भित्री कोठाहरु राम्ररी ओभाइसकेका छन्। आइतबार दोलखा नाम्दु गाउँकी पार्वती घिमिरेको घर पुग्दा उनी बाहिरपट्टि बढार्दै थिइन्। ‘रङरोगन भर्खर सकिएको, अलिअलि फोहोर थियो, त्यसैले बढार्दैछु’, यसो भन्दै गर्दा उनको अनुहारमा चमक देखिन्थ्यो।

सांसद सुविधा र कानूनी प्रक्रिया

मुलुक यतिखेर संघीयता कार्यान्वयनको चरणमा छ। संविधानअनुसार मुलुकमा तीन तहको निर्वाचन सम्पन्न भई संघ, प्रदेश र स्थानीय तहमा काम थालनी गरिसकेका छन्। यसका लागि ठूलो मात्रामा आर्थिक स्रोतसाधन जरुरत पर्छ। हाम्रो जस्तो सीमित स्रोतसाधन भएको मुलुकका लागि आर्थिक स्रोत जुटाउन निकै कठिनाइ परिरहेको छ। चालु वर्षको बजेटमा फजुल खर्च कटौती गर्न सरकारी कर्मचारीलाई दिइआएको करिव १५ अर्ब भत्ता कटौती भएको छ भने बढी व्ययभार पर्ने भनी कर्मचारीको स्वेच्छिक अवकाशसमेत स्थगित भएको छ। यसैगरी सामाजिक सुरक्षा भत्ता बढाउन सकिएन।

दलित नै किन बढी गरिब ?

नेपालमा राजनीतिक र सामाजिक आन्दोलनको माध्यमबाट शासन र व्यवस्थाहरू धेरै पटक फेरिएका देख्यौँ। तर केही समुदाय, वर्ग र मानिसहरूले भोग्दै आएका भेदभाव, उल्झन र पीडाहरू अझैसम्म यथावत छन्। मानिसहरू जन्मेको कोखकै आधारमा विभेदको मारमा छन्। कोही उच्च र कोही तल्लो। जातपात व्यवस्था हामीकहाँ अहिले पनि हामी देख्छौँ र भोग्छौँ।

जेष्ठ नागरिकका लागि रातहमा न्यानो लुगा

डोल्पामा अत्याधिक चिसो बढेपछि जेष्ठ नागरिकलाइ न्यानो लुगा बितरण गरिएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त न्यानो कपडा वितरण गरेको हो। मन्त्रालयको जेष्ठ नागरिक कल्याण (न्यानो लुगा) कार्यक्रम अन्तरगत ठुलीभेरि नगरपालिकाका १,२,३ र ४ वडाका ६० वर्ष माथिका ४० जना जेष्ठ नागरिकलाइ उक्त न्यानो कपडा वितरण गरिएको हो।

रोजगारदाता सूचीकरण ‘कछुवा गतिमा’

सुरुमा उत्साहपूर्ण देखिएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रोजगारदाता सूचीकरण हुने क्रम सुस्ताएको छ। कार्यक्रमको सुरुवातीमा उत्साहपूर्वक रोजगारदाता सूचीकृत भए पनि केही दिनयता त्यस्तो क्रममा सुस्तता आएपछि प्रचारप्रसारमा जोड दिनुपर्ने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्