८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

एसियाली आर्थिक मुद्दाको साझा थलो पोआउ मञ्च

बिहीबार बिहान चीनको दक्षिणमा रहेको टापु हाइनानको पो आउ (अंग्रेजीमा बोआवो)मा पोआउ एसिया मञ्चको वार्षिक सम्मेलन सुरु भयो। सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली ख छ्याङले वैदेशिक लगानी कानुन पारित गरेर चीनले विदेशी लगानीलाई अझै सहज बनाएको औंल्याए। ‘साझा भाग्य, साझा प्रयास र साझा विकास’ मुख्य विषय रहेको पोआउ सम्मेलनले विशेषगरी आर्थिक मुद्दालाई प्राथमिकतामा राख्ने गरेको छ। चालु वर्षको वार्षिक सम्मेलनमा ६० मुलुक तथा क्षेत्रका दुई हजार प्रतिनिधि सहभागी छन्।

गर्भवतीको उपचारमा आर्थिक समस्या

डालेघाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक गर्भवती महिलाको उपचारमा आर्थिक समस्या भएको छ। डालेघाँस काट्ने क्रममको रुखमाबाट लडेर गम्भीर घाइते भएकी हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाकी ३१ वर्षीया कविता राईको उपचारमा आर्थिक समस्या भएको हो।

अख्तियारले थाल्यो ठूला घोटालामा छानबिन

सत्तामा पहुँच भएका र प्रभाव जमाएका व्यापारीको स्वार्थ जोडिएका ठूला परियोजनामा आर्थिक अनियमितताको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। राज्यलाई अर्बौं रुपैयाँ हानि–नोक्सानी पुग्नेगरी भएका आर्थिक अपचलनमाथि आयोगले अनुसन्धान थालेको हो।

जन्मदिनमा आर्थिक सहयोग

दुवै हात गुमाएका राप्तीसोनारी–१, कुसुमका २२ वर्षीय सुरेश कुमाललाई आर्थिक सहयोग गरिएको छ। काँचुली मिडिया प्रालिका अध्यक्ष गजेन्द्र गुरुङले आफ्नो ४१ औं जन्मोत्सवको अवसर पारेर कुमाललाई १० हजार रुपैयाँ सहयोग गरेका हुन्।

बजेट छ, योजना र खर्च छैन

चालु आर्थिक वर्षमा प्रदेश सरकारको विकास बजेटको खर्च निराशाजनक देखिएको छ। बजेट खर्च गर्ने कार्यविधि र खर्च गर्ने क्षेत्रको पहिचान गर्न नसक्दा र काम गर्ने कर्मचारी व्यवस्थापन नहुँदा प्रदेश सरकारले बजेट खर्च गर्न नसकेको हो। संघीयताको अभ्यास गर्ने चरणमै विकास बजेट खर्च हुन नसक्दा जनअपेक्षाका काम हुन नसक्ने अवस्था देखिएको छ। प्रदेश सरकारले एक महिनाअगाडि एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दा धेरै योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिएका थिए। तर खर्च विवरण भने फरक रहेको छ।

व्यापार घाटा बढ्यो

चालू आर्थिक वर्षको सात महीनामा कूल वस्तु व्यापार घाटा २७ दशमलव एक प्रतिशतले वृद्धि भएको छ। व्यापार घाटा बढेर रु सात खर्ब ८० अर्ब १७ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको विवरणमा व्यापार घाटा बढेको उल्लेख गरेको छ। सो अवधिमा कूल वस्तु आयात २६ प्रतिशतले बढेर रु आठ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८ दशमलव नौ प्रतिशतले बढेको थियो।

अर्थतन्त्रमा गम्भीर असरको संकेत

निर्वाचनपछि बनेको स्थिर सरकारको यो पहिलो वर्ष हो। ०७३/७४ मा ७.१ प्रतिशत आर्थिक वृद्धि हासिल भएको थियो। अहिले पनि यसमा महत्वपूर्ण हिस्सा कृषि क्षेत्रकै छ। ग्रामीण क्षेत्रको अर्थतन्त्रसँग जोडिएको कृषिमा असर पर्ने अवस्थामा आर्थिक वृद्धिदर पनि प्रभावित हुने देखिन्छ।

यौन दुर्व्यवहारका घटनामा मिलापत्र प्रयास

खोटाङमा बलात्कार प्रयासका घटना आर्थिक प्रलोभनमा मिलापत्र गराउने प्रयास भएको खुलेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार विश्वकर्माले १७ वर्षीय युवतीलाई गरेको यौन दुव्र्यवहारका घटनालाई आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको खुलेको हो।

माछा मार्ने जाल घडियालको शत्रु

चालु आर्थिक वर्षमा मात्रै सात वटा घडियाल गोही मरेको भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा राप्ती नदी किनारमा जालमा बेरिएको अवस्थामा घडियाल फेला परेका हुन्।

यौन दुर्व्यवहारका घटनामा मिलापत्र प्रयास

खोटाङमा बलात्कार प्रयासका घटना आर्थिक प्रलोभनमा मिलापत्र गराउने प्रयास भएको खुलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार विश्वकर्माले १७ वर्षीय युवतीलाई गरेको यौन दुर्व्यवहारका घटनालाई आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको खुलेको हो ।

नेपालले खर्च कम गर्यो : एडिबी

एशियाली विकास बैंकले सन् २०१८ मा नेपाललाई दिँदै आएकोे आर्थिक सहयोगमा भारी वृद्धि गरेको छ। बैंकबाट प्राप्त आर्थिक सहयोगको तुलनामा नेपालले खर्च भने कम गरेको बैंकले विज्ञप्ती जारी गरेर जानकारी गराएको छ।

महिला अधिकारको अभियान जारी राख्नुपर्ने

महिलाको आर्थिक क्षेत्रमा हुने सहभागिता र नेतृत्वको पहिचान तथा कृषि, सुरक्षित आप्रवासन जस्ता सवालमा महिलाका अधिकारका मुद्दाहरुका विषयमा आवाज उठाउने उद्देश्यका साथ सुरु गरिएको सहि हो अभियानले आफ्नो एक वर्षे यात्रा पूरा गरेको छ ।

धुलिखेल अस्पताललाई इन्भेस्टमेन्ट बैंकको सहयोग

नेपाल इन्भेस्टमेन्ट बैंकले धुलिखेल अस्पतालका अन्तरंग बिरामीको सुविधाका लागि ‘ब्लांकेट’ सेट खरिद गर्न आर्थिक सहयोग गरेको छ ।

सिटिजन्स बैंकको आर्थिक सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको गुलरिया (मथुराद्वार) स्थित श्री महाकवि देवकोटा माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

उपलब्धि कानुनमात्र विकास गति विगतजस्तै

राजनीतिक संक्रमण सकिएसँगै सत्तामा आएको दुईतिहाइको बलियो सरकारले जनअपेक्षाअनुसार विकास निर्माणको काम गर्न नसकेको देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्