७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपालले खर्च कम गर्यो : एडिबी

काठमाडौं– एशियाली विकास बैंकले सन् २०१८ मा नेपाललाई दिँदै आएकोे आर्थिक सहयोगमा भारी वृद्धि गरेको छ। बैंकबाट प्राप्त आर्थिक सहयोगको तुलनामा नेपालले खर्च भने कम गरेको बैंकले विज्ञप्ती जारी गरेर जानकारी गराएको छ। 

एडिबीले सो अवधिमा करिब ६० अर्ब नेपाली रुपैयाँ( ५९ करोड २० अमेरिकी डलर) सहयोग गरेको छ। सो रकममध्ये ८० लाख अमेरिकी डलर प्राविधिक सहायता र ५० लाख ३१ हजार अमेरिकी डलर यातायात, सहरी विकास, खानेपानी, ऊर्जा, ग्रामीण सडक, कृषिलगायतका क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता गरेको थियो। सन् २०१८ मा नेपालले प्रतिवद्धता रकममध्ये २४ करोड ६७ लाखमात्र  खर्च गरेको थियो। 

एडीबीले गरेको सन् २०१८ मा गरेको लगानी प्रतिवद्धता सन् २०१४ देखि २०१६ सम्मको अवधिको करिब दोब्बर हो। यो अवधिमा एडीबीले २५ करोड ३० लाख अमेरिकी डलर प्रतिवर्ष सहयोग गर्ने प्रतिवद्धता गरेको थियो।

एडीबीले नेपालको आर्थिक समृद्धि र मानिसको जीवनस्तर सुधारका लागि लगानी गर्ने प्रतिवद्धता जाहेर गरेको एडीबीका दक्षिण एशिया हेर्ने उपकार्यकारी निर्देशक दिवेश शरणले एडीबी र अर्थ मन्त्रालयले आयोजना गरेको समीक्षा कार्यक्रममा बताएका थिए । उपकार्यकारी निर्देशक शरणले नेपालको समग्र विकास निर्माणमा राम्रो गर्दै गएको बताए।

प्रकाशित: २४ फाल्गुन २०७५ १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App