९ मंसिर २०८१ आइतबार
image/svg+xml

धुलिखेल २ मा उत्साहजनक मतदान

काभ्रे धुलिखेल २ मा मतदान जारी रहेको छ। काभ्रेमा रहेको जम्मा मतदाता १८७७ मध्ये ४ बजेसम्म १४७४ मत खसेको छ। जसमध्ये महिला ७४९ र पुरुष ७२५ को मत खसेको हो।

नमोबुद्ध र धुलिखेलको आफ्नै नगरगान

नमोबुद्ध र धुलिखेल नगरपालिकाले आफ्नै नगरगान बनाएका छन्। पाँचखाल नगरपालिका पनि आफ्नै गान बनाउने तयारीमा जुटेको छ।

धुलिखेलमा म्यूजिकल जात्रा २०७६

फरक शारीरिक क्षमता भएका व्यक्ति(दृष्टिविहीन)हरुलाई निःशुल्क साङ्गितिक प्रशिक्षणका लागि आर्थिक सहयोग जुटाउन धुलिखेलमा म्युजिकल जात्रा, २०७६ आयोजना हुने भएको छ।

एनसेल र धुलिखेल हस्पिटलबीच सम्झौता

एनसेल प्राइभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल हस्पिटल (काठमाडौं युनिभर्सिटी हस्पिटल) सँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स कार्यक्रम सञ्चालनका लागि सम्झौता गरेको छ।

धुलिखेल माउन्टेन रिसोर्टमा मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंक र धुलिखेल माउन्टेन रिसोर्टबीच एक सम्झौता भएको छ। सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्ड ग्राहकले उक्त रिसोर्टका सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन्।

धुलिखेलका होटल रिसोर्टलाई खाद्य स्वच्छता लोगो र स्टिकर

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धुलिखेलका होटल तथा रिसोर्टलाई ‘स्वच्छता स्तरीकरण लोगो र स्टिकर’ प्रदान गरेको छ। विभागले खाद्य स्वच्छताका आधारमा पहिलोपटक स्तरीकरण लोगो र स्टिकर प्रदान गरेको हो।

कहिले बन्ला सूर्यविनायक–धुलिखेल सडकखण्ड ?

सूर्यविनायक–धुलिखेल सडक वरपर जनघनत्व मात्रै बढेको छैन, सवारीचाप पनि अत्याधिक बढेको छ। जसको कारण उक्त सडकखण्ड साँघुरो भएकाले दैनिक एकदेखि दुई घण्टासम्म सवारी जाम हुन थालेको छ। कोटेश्वर–सूर्यविनायक ६ लेनको सडकखण्ड तयार भएको सात वर्ष भइसक्यो। तर, सोही सडकखण्ड जोडिएको अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल (१४.९१ किलोमिटर) सडक खण्ड अहिलेसम्म पनि दुई लेनमै सीमित छ।

पर्यटक तान्न धुलिखेलमा ‘सुपरम्यान जिप लाइन’

उपत्यकासँगैको पर्यटकीय गन्तव्य धुलिखेलमा साहसिक खेल ‘सुपरम्यान जिप लाइन’ सुरु हुने भएको छ। धुलिखेल आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई साहसिक खेल(एडभेन्चर स्पोर्ट्स्)को मनोरन्जन दिने उद्देश्यले धुलिखेल–८, थाक्लेमा वल्र्डवाइड एड्भेन्चर प्रालिले ‘धुलिखेल जिप लाइन’ निर्माण गरेको हो।

गुणात्मक विकास र समय सापेक्ष विस्तार

‘अकबरी सुनलाई कसी लाउनु पर्दैन’, नेपालको स्वास्थ्य एवं स्वास्थ्य शिक्षा क्षेत्रमा धुलिखेल अस्पतालको अवस्था अकबरी सुन साबित भएको छ। यो एकै दिनको उपलब्धि भने कदापि होइन। वर्षौंको मेहनत अनि सयौँ, हजारौँ दृढसंकल्पित अस्पतालकर्मीहरूको मेहनतको फल हो।

थाइल्यान्डको चर्चित ब्रान्ड होटल धुलिखेलमा

पर्यटकीय गन्तव्य धुलिखेलमा पर्यावरणलाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रिसोर्ट निर्माण भइरहेको छ । यो रिसोर्ट थाई होटल ब्रान्ड दुसित थानीको व्यवस्थापनमा सञ्चालन हुनेछ।

राजमार्ग क्षेत्रका अतिक्रमण हटाउन सुरु

सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गको साँगा भन्ज्याङदेखि धुलिखेल बसपार्कसम्म मापदण्डविपरीत बनाइएका संरचनाहरू भत्काउन थालेको छ।

नगरको करविरुद्ध काँग्रेस

धुलिखेल नगरपालिकाको आर्थिक ऐन २०७५ लागू भएको करिब दुई महिनापछि नेपाली काँग्रेस नगर समितिले त्यसको विरोध गरेको छ।

धुलिखेलका जग बेलप्रसाद

बेलप्रसाद श्रेष्ठ काठमाडौं उपत्यकाको पूर्वी नाका धुलिखेललाई रूपान्तरण गर्ने अभियानकर्ताको रूपमा चिनिन्छन्। पर्यटन व्यवसाय तथा राजनीतिक, सामाजिक सेवामा ६ दशक लामो समय बिताएका बेलप्रसाद हालै ७९ वर्षमा प्रवेश गरेका छन्। उनले ३६ वर्षअघि स्थापना गरेको होराइजन रिसोर्ट होटलको प्राङ्गणमा उनी टहलिइरहन्छन्, आफ्नै सालिकको सामुन्ने। सामान्यतया जिउँदो मानिसको सालिक राखिँदैन। तर, बेलप्रसाद भने त्यो मान्यताका विरोधी छन्।

धुलिखेल–पोखरा पर्यटक बस

तहल्का टुर्स एन्ड ट्राभल्सले धुलिखेल–पोखरा पर्यटक बस सञ्चालन गर्ने भएको छ । यी दुई ऐतिहासिक सहरलाई जोड्ने गरी आगामी साउन १ गतेदेखि बस सञ्चालन गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक जनकराज तिम्सिनाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्