धुलिखेल–पोखरा पर्यटक बस सञ्चालन हुने
तहल्का टुर्स एण्ड ट्राभल्सले धुलिखेल–पोखरा बस संचालन गर्ने भएको छ। यी दुई ऐतिहासिक शहरलाई जोड्ने गरी आगामी साउन १ गतेदेखि बस सञ्चालन गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक जनकराज तिम्सिनाले बताए।
तहल्का टुर्स एण्ड ट्राभल्सले धुलिखेल–पोखरा बस संचालन गर्ने भएको छ। यी दुई ऐतिहासिक शहरलाई जोड्ने गरी आगामी साउन १ गतेदेखि बस सञ्चालन गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक जनकराज तिम्सिनाले बताए।
निद्रामा घुर्ने बानी छ? थकाई लागेर या निद्रा नपुगेकाले घुरेको हो भन्ने भ्रम छाडिदिनुस्। यो भ्रमले तपार्इंको जीवनमा अनेक जोखिमपूर्ण अवस्थाहरु निम्तिएका हुन सक्नेतर्फ चिकित्सकहरुले सचेत गराएका छन्।
अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब ८ लेन बन्ने भएको छ। सडक ८ लेनको बन्ने भएपछि सडक विभागले विहिबार (आज) भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन्। काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले यो सडक छिटो निर्माण हुनुपर्ने माग गरेका हुन्।
खोरेत रोग(फुट एन्ड माउथ डिजिज–एफएमडी) धुलिखेल–१, देवीटारका पशुबस्तुमा फैलिएको छ । यसबाट गरी नौवटा गाई र भैंसी प्रभावित र एउटा बाच्छीको मृत्यु भइसकेको छ ।
उपत्यकासँगैको पर्यटकीय गन्तव्य काभ्रेपलाञ्चोकमा पर्यटन उद्योग तथा व्यवसायको प्रवद्र्धन एवं पर्यटकलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन धुलिखेलमा पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले) का अशोक ब्याञ्जु (श्रेष्ठ) सात हजार ९८१ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशप्रसाद हुमागाईंले पाँच हजार ४०८ मत ल्याए।
स्थानीय तह निर्वाचनअन्तर्गत धुलिखेल नगरपालिका वडा नं १२ मा वडा सदस्यका उम्मेदवार सुकुलाल तामाङको मृत्यु भएपछि सो वडामा निर्वाचन वैशाख ३१ मा नहुने भएको छ।
कानून निर्माण, कार्यान्वयन र न्यापालिका (फैसला)समेत तीनवटै काम स्थानीय तहले गर्नेछ। यसरी स्थानीय तह हिजोभन्दा फरक हुँदा कानुन व्यवसायी भएको नाताले धुलिेखल नगरबासीका हितका लागि, जनमैत्री कानून निर्माण गर्दै राम्रो नगर र हाम्रो नगरका रुपमा विकसित गर्न एवं समृद्ध नगर बनाउन मेरो उम्मेदवारी हो।
काभ्रेपलाञ्चोकका दुई नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ।
धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा शनिबार मतदानका लागि स्ववियुको उम्मेदवारी दर्ता स्थगन भएको छ।
दुई लेनको साँघुरो सडकमा पूर्वबाट आउने यात्रुवाहक बसको लस्कर। बसको यस्तो लस्कर छुट्ने र भित्रिने बेलामा सूर्यविनायकदेखि साँगासम्म हुन्छ। अरु सवारीसाधनको चर्को ट्याँट्याँ टुँटुँ उस्तै हुन्छ। यात्रु समयमै गन्तव्यमा पुग्न पाउँदैनन् भने चालकका सास्ती आफ्नै ठाउँमा छन्।
समुदायको अग्रसरतामा धुलिखेल नगरपालिका–३, जुरेली डाँडामा प्रस्तावित आइस हकी खेलका लागि इन्टरनेसनल आइस हकी फेडेरेसनले चासो देखाएको छ। नेपाल भ्रमणमा रहेका फेडेरेसनका कोषाध्यक्ष लुक टार्डिफले सोमबार उक्त स्थानको अवलोकनपछि चासो देखाएका हुन्।
काभ्रे जिल्लामै पहिलो पटक फेशन शो आयोजना भएको छ। फेशनसम्बन्धि राष्ट्रियस्तरका कार्यक्रमहरुमा उपस्थिति जनाइसकेकी डिजाइनर अनुमिका पाण्डेको डिजाइनका आकर्षक पहिरनहरुमा मोडेलहरु र्याम्पमा हिँडेका थिए।
नेपालमा १३ औं अन्तर्राष्ट्रिय ‘क्वाजीक्रिस्टल’ आइसीक्यु–१३) सम्मेलन आयोजना हुने भएको छ। असाेज २ गतेदेखि ८ सम्म काभ्रेको धुलिखेलमा सञ्चालन हुने सम्मेलनमा ‘क्वाजीक्रिस्टल’ (विशेष किसिमको ठोस पदार्थ) पत्ता लगाउने नोबल पुरस्कार विजेता प्राध्यापक ड्यानिल सेफ्टमेन उपस्थित हुने आयोजकले जनाएको छ ।
काठमाडौँ– नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय काठमाडौँले खारेज गरेको पेट्रोल पम्प पुनः आफूखुसी सञ्चालन गरेको भन्दै शिलबन्दी गरेको छ।