८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

पुरानो बसपार्कस्थित प्रहरी बिटमा महानगरको डोजर

काठमाडौं महानगरपालिका पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ। मंगलवार महानगरपालिकाले काठमाडौंको भ्युटावर नजिक रहेको पुरानो बसपार्कमस्थित सडकपेटीको प्रहरी बिट हटाएको हो।

‘मनोमानी’ले एक्लिँदै मेयर साह

राजधानीभन्दा बाहिरबाट आएर वाग्मतीकिनारमा बसेका सुकुम्बासीलाई हटाउन ‘कोरसिटी’ का स्थानीयको साथ पाएका मेयर साहले उनीहरूको निजी जमिनमा समेत गैरकानुनी ढंगले डोजर चलाउँदा असन्तुष्टि बढेको छ।

मेयर साहविरुद्ध प्रदर्शन

‘विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा गैरकानुनी ढंगले सूचनासमेत नदिई व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्नु पर्छ। डोजर आतंक नरोकिए अझ कडा आन्दोलन गर्ने छौं

नारायणगढ क्षेत्रका अवैध संरचना भत्काएपछि हाकिमचोकमा सुरु

नारायणगढका अवैध संरचना भत्काएर सकेको सडक डिभिजनले आइतबार लायन्सचोकदेखि हाकिमचोक सम्मका अवैध संरचना भत्काउने भएको हो।

नगरपालिकाको सूचनालाई बेवास्ता गरेपछि डोजर लिएर निस्किए मेयर

३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो।

पोखरा महानगरः डोजर त चलायो तर, कोतरेर मात्र छाडियो

अन्डरग्राउण्ड खाली गराउन पोखरा महानगरले यहाँका अन्डरग्राउण्ड संरचनामा डोजर चलाईए पनि सामान्य कोतरेर मात्र फर्किएको छ। प्रवेशद्वारमा लेखिएको बजारको नाम रहेको साईनबोर्ड भत्काउनुका साथै प्रवेश क्षेत्रमा सामान्य डोजरले कोतरेर छाडिएको हो। अन्डरग्राउण्ड भित्र रहेका बजार र सामानहरु भने जस्ताकोतस्तै छाडिएका छन्।

ढुङ्गेधाराको सात टहरासहित तीन भर्‍याङ भत्काइयो

अवैधरुपले बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले र वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भर्‍याङ हटाएको छ।

सडकमा जमेको हिउँ पन्छ्याउन डोजर लगाइँदै

बिहीबारदेखि परिरहेको हिमपातका कारण कर्णाली राजमार्ग ठप्प भएपनि डोजर लगाएर हिउँ पन्छ्याउन थालिएको छ।

डोजर पल्टिँदा चालकको मृत्यु

बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ।

बानेश्वरको मुल सडक भासियो! (फाेटाेफिचर)

सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो। त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको छ।

बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाईएका घर–टहरामा चलाईए डोजर

बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको शंखेश्वर मन्दिरको गुठी र सो आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरालाई शनिबार जेसिभि लगाएर भत्काएको हो।

वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकामा डोजर सञ्चालनमा रोक

वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकाले नगर क्षेत्रभित्र डोजर सञ्चालमा रोक लगाएको छ। नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले वायु प्रदूषणका साथै कोरोना सङ्क्रमणसमेत बढेको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि नगर क्षेत्रभित्र डोजर सञ्चालन गरी जग्गा प्लटिङलगायतका कार्य गर्न रोक लगाएको हो।

डोल्पामा नगरप्रमुखका दुई डोजरमा आगजनी

दुईवटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ। आफू काठमाडौं भएको र घटनाका विषयमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताए। प्रहरी घटनास्थलमा पुगिसकेको र अहिले ठ्याक्कै कसैमाथि शङ्का नभएको शाहीको भनाइ छ।

खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइयो

काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ। राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो।

रातारात फेवातालको मापदण्ड मिचेर बनेका अवैध संरचनामा महानगरले चलायो डोजर

पोखराको फेवातालको मापदण्ड मिचेर रातारात बनाईरहेका अवैध संरचना पोखरा महानगरपालिकाले भत्काएको छ। फेवातालको पश्चिम उत्तरतर्फ पर्ने खपौंदी क्षेत्रमा फेवातालको मापदण्ड मिचेर स्थानीय खगराज पहारीको जग्गामा व्यवसायी दीपेश श्रेष्ठले निर्माण गरेको अवैध संरचना महानगरले आइतबार विहान डोजर लगाएर भत्काएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्