२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

मेयर साहविरुद्ध प्रदर्शन

काठमाडौं महानगरले जथाभावी निजी सम्पत्तिमा डोजर चलाएको भन्दै महानगर प्रमुख बालेन साहको विरोधमा काठमाडौंको माइतीघरमा आइतबार आयोजित विरोध र्‍यालीका सहभागी। तस्बिर: नागरिक

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध विरोध माइतीघरमा प्रदर्शन गरेको छ। गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दैसमितिको आह्वानमा आइतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो।

प्रदर्शनका क्रममा उनीहरूले जनप्रतिनिधि भएर जनतालाई दुःख दिने काम नगर्न मेयर साहलाई चेतावनी समेत दिएका छन।‘जनताको प्रतिनिधि भएर जनतालाई दुःख दिने मेयर साहको काम सैह्य हुने छैन,’ नागरिक अगुवा सुमन सायमीले भने, ‘नागरिकको सम्पत्तिको अधिकारमाथिसमेत हनन् हुनेगरी डोजर आतंक फैल्याउने काम तत्काल रोक्नुपर्छ।’

सडक विस्तार पीडित संघर्ष समितिका नेता सायमीले मेयर साह पहिलेका शासक भन्दा पनि निरंकुश भएको आरोप समेत लगाए। साहले आफूलाई विजय बनाउने जनतालाई बारम्बार अधिकारको दुरूपयोग गरेर दुःख दिइरहेको बताए।

‘पहिला कुनै पनि निजी सम्पत्ति लिनलाई सूचना दिइन्थ्यो, मार्किङ गरिन्थ्यो,’ सायमीले भने, ‘अहिले न सूचना न मार्किङ एकैपटक डोजर आउने गरेको छ।’ न्यायको ढोकासमेत ढकढकाउन नपाउने गरी गरिएको यो आक्रमण आफुहरूले नसहने सायमीले बताए।

उनले मेयर साहलाई सच्चिन आग्र गर्दै उनले नसच्चिए मेयर पदबाट ओराल्ने अधिकार पनि जनतासँग भएको बताए। विभिन्न प्लेकार्ड समित आएका प्रर्दशनकारीहरूले गैरकानुनी ढंगले संविधानले व्यवस्था गरेको भूमिको अधिकार, व्यक्तिगत सम्पत्तिको अधिकार हनन् गरेर मेयर साहले ज्यादति गरेको भन्दै आक्रोश व्यक्त गरे। ‘विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा गैरकानुनी ढंगले सूचना समेत नदिई व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्नु पर्छ,’ अनिल शाक्यले भने, ‘डोजर आतंक नरोकिए अझ कडा आन्दोलन गर्ने छौं।’

प्रर्दशनकारीहरूले आदिवासीको भूमिको अधिकार सुनिश्चित गर, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर, डोजर आतंक बन्द गर, महानगरको ज्यादति बन्द गरलगायतका नाराबाजी गरेका थिए।

प्रकाशित: १६ माघ २०७९ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App