४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सरकारविरुद्ध ११ विद्यार्थी संगठन सडकमा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका सरकारबाहिर रहेका दलनिकट ११ विद्यार्थी संगठन सरकारविरुद्ध सडकमा उत्रिएका छन्। कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अगुवाइमा ११ विद्यार्थी संगठनले मंगलबार सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

कमजोर प्रतिपक्ष

संसदीय शासन व्यवस्थामा प्रमुख प्रतिपक्षी जहिले पनि सरकारको विकल्प हो। त्यति मात्र होइन, सरकारका गल्तीकमजोरी औंल्याउँदै उसलाई सही बाटोमा हिँडाउने जिम्मेवारी पनि उसकै हो।

कांग्रेस रेलिङ्ग भाँच्ने र कुर्सी तोड्ने प्रतिपक्षी हाेइन : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान ओली सरकारले एकपछि अर्को अलोकतान्त्रिक चरित्रहरु प्रस्तुत गर्दै गएपनि आफूहरु अराजक एवं उदण्ड प्रतिपक्षको रुपमा प्रस्तुत हुन नसक्ने बताएका छन्।

देउवाको प्रश्नः भोट अरूलाई दिएर कांग्रेसलाई कमजोर भन्ने?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई कमजोर प्रतिपक्ष भन्नेप्रति कटाक्ष गरेका छन्।

कांग्रेस गतिशीलताको अर्थ

नेपाली कांग्रेसले नयाँ वर्षको प्रारम्भसँगै राजनीतिक गतिविधि बढाउन थालेको छ। नेपाली कांग्रेसबारे टिप्पणी गर्ने धेरैलाई लाग्ने गर्छ– कांग्रेस सरकार चलाउनमात्र जान्दछ, यो पार्टी प्रतिपक्षका लागि जन्मेकै होइन। अर्थात् प्रतिपक्षीका रूपमा उसको भूमिका प्रभावकारी देखिँदैन। कांग्रेस यतिबेला प्रतिपक्षमा छ र संसद् र सडकमा उसको भूमिकालाई लिएर मानिस सन्तुष्ट छैनन्। सरकारले आफ्नै प्रतिबद्धता पूरा गरेन। हत्या हिंसाका घटनामा दोषीलाई कारबाहीगर्ने साहस देखाएन।

एक वर्षमै कमजाेर कांग्रेस, आन्तरिक किचलाेले बिर्सियो प्रतिपक्षी भूमिका

महासमिति सदस्यले गर्नु त समान्य कुरा थियो। तर पार्टी संगठनको जिम्मेवारी लिएर बसेका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राष्ट्रकाे मुद्दा बाेकेर हिँडेपछि कांग्रेसलाई संविधानविपरीत हिँड्न खोजेको आरोपसमेत लाग्यो।

अझै निचोरिँदै काँग्रेस

नेपाली कांग्रेसलाई अहिले पनि पार्टी प्रतिपक्षमा छ भन्ने कुराको हेक्का छैन। पार्टी कमजोर भएको छ भन्ने भावना पनि यसका नेता/कार्यकर्तामा देखिँदैन।

सत्तापक्षका प्रतिपक्षी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले एक वर्षमा गरेका कामप्रति असन्तुष्टि व्यक्त गर्दै सत्तापक्षकै नेताहरू प्रतिपक्षीको भूमिकामा देखिएका छन्। सत्तापक्षका नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई यस्तो भूमिकामा देखिएका हुन्।

सत्तापक्ष र प्रतिपक्षलाई राष्ट्रपतिले भनिन्: दूरी घटाउनुहोस्

पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्दै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तापक्ष र प्रतिपक्षका शीर्ष चार नेतालाई शीतल निवास बोलाएर छलफल गरेकी छन्।

कांग्रेसको नजरमा सरकारको एक वर्ष : विश्वास गुमाएको बाबुजस्तै

सरकार गठनको एक वर्ष पुगेको सन्दर्भमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरी सरकारको वर्ष दिनको कामको समीक्षा सार्वजनिक गरेको छ।

प्रतिपक्षको कांग्रेस र नेपाली क्रिकेट

दक्षिण एशियामा ब्रिटिस उपनिवेशले कैयन् सभ्यता छाडेर फर्किए। त्यसमध्ये राजनीतिमा संसदीय व्यवस्था र खेलमा क्रिकेट पनि हो। ब्रिटिसहरूले बोल्ने अंग्रेजी भाषा दक्षिण एशियामा मात्र सीमित रहेन। यो अन्तर्राष्ट्रिय भाषा भयो।नेपालमा लोकतान्त्रिक व्यवस्था भन्नाले संसदीय व्यवस्था भन्ने नै बुझिन्छ। अहिले नेपाल कम्युनिस्ट पार्टी सत्तापक्ष छ भने नेपाली कांग्रेस प्रतिपक्षमा छ। सत्तापक्षले एकवर्ष पूरा गर्दैछ। एकवर्षमा सत्तापक्षले राजकाजमा खेलेको भूमिकाको मूल्यांकन र चर्चा चलिनैरहेका छन्। यहाँ प्रतिपक्षले एकवर्षमा खेलेको भूमिकाको चर्चा सान्दर्भिक होला। तर त्योभन्दा अगाडि पारस खड्काको नेपाली क्रिकेट टिमले युनाइटेड अरव इमिरेट्समा प्राप्त सफलताको चर्चा जनमानसमा बढी भएकाले क्रिकेटवाट कुरा अगाडि बढाउँ।

बेपर्वाह सरकार, दिशाहीन प्रतिपक्ष

कुनै विषयलाई गम्भीरतापूर्वक नलिने स्वभावलाई ‘बेपर्वाही’ स्वभाव भएको व्यक्ति भनिन्छ। यस्ता व्यक्तिलाई मधेसतिरकाले ‘विनदास’ भन्छन्। मुस्लिम बाहुल्य भएको ठाउँमा यस्तालाई ‘हर्फनमौला’ भनिन्छ। पहाडतिर चाहिँ भनिन्छ, ‘शोक न सुर्ता भएको मान्छे’। माथि उच्चारण गरिएका सबै शब्द बेपर्वाहको पर्यायवाची शब्द हुन्।

विरोधका बावजुद संसदबाट आजै चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुद आजै संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तयारी गरिएको छ। संघीय संसदको तल्लो सदनबाट उक्त विधेयक पारित भएपछि प्रक्रिया अनुसार माथिल्लो सदनबाट पारित गर्न लागिएको हो।

कांग्रेसले संसदमा अवरोध जारी राख्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा अवरोध कायमै राख्ने संकेत गरेको छ। कार्यव्यवस्था समितिको बुधबारको बैठकमा सत्तारुढ दल र सभामुख कृष्णबहादुर महरा विगतका गल्ती र कमजोरी सच्याउन तयार नभएको आरोप लगाउँदै अवरोध जारी राख्ने तयारी गरेको हो।

राष्ट्रिय सभाको बैठक स्थागित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण संघीय संसदकाे राष्ट्रिय सभा बैठक १५ मिनेट सम्मका लागि स्थागित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्