२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

काँग्रेस संसदीय दलको विधान पारित

नेपाली काँग्रेसले ‘प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रदेशसभा काँग्रेस संसदीय दलको विधान संशोधनसहित पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

प्रदेश नम्बर ३: एमाले संसदीय दलको नेतामा पौडेल विजयी, मुख्यमन्त्रीको बाटो खुल्यो

नेकपा एमाले प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा डोरमणी पौडेल विजयी भएका छन्। उनले ३४ मत प्राप्त गर्दै प्रतिष्पर्धी अष्टलक्ष्मी शाक्यलाई पराजित गरे। शाक्यले २४ मत प्राप्त गरीन्। संसदीय दलका अर्का आकांक्षी राजेन्द्र पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ललितपुरको तुलसिलाल स्मृति भवनमा भएको चुनामा पौडेल र शाक्य दुई प्रतिष्पर्धी भएका थिए। शाक्य एमाले उपाध्यक्ष हुन् भने हेटौंडाबाट निर्वाचित पौडेल हेटौंडाका पूर्व मेयर हुन्।

तीन ठूलाे पार्टीले छाने संसदीय नेता

प्रदेश ६ मा प्रमख तीन राजनीतिक दलले संसदीय दलको नेता चयन गरेका छन् । एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसले बिहीबार संसदीय दलको नेता छानेका हुन्।

प्रदेश ३ : कांग्रेसको संसदीय दलको नेतामा बानियाँ

नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ चयन भएका छन्। काठमाडौंमा विहीबार सम्पन्न बैठकले बानियाँलाई सर्वसम्मत चयन गरेको हो। दलको नेता चयनका लागि ३ दिनदेखि काठमाडौंमा बैठक भईरहेको थियो।

एमाले संसदीय दलको नेतामा कँडेल

प्रदेश नम्बर ६ को संसदीय दलको नेतामा नेकपा एमालेले यामलाल कँडेललाई चयन गरेको छ। बिहीबार वीरेन्द्रनगरमा बसेको दलको बैठकले पोलिटब्यूरो सदस्यसमेत रहेका कँडेललाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो।

संसदीय दलको नेता छान्न सकस

रदेश सभामा संसदीय दलको नेता छान्न दलहरुलाई सकस भएको छ। प्रदेश ७ मा एमाले र नेपाली कांग्रेसमा संसदीय दलको नेता बन्न एक भन्दा बढी दावेदार देखिएका छन्।

संसदीय दलको नेता छान्न सकस

संसदीय दलको नेता छान्न नसकेपछि  प्रदेशसभाको पहिलो बैठकमा आफ्नो दलका तर्फबाट बोल्ने नेताको नाम टुंगो लगाउदै बैठक सम्पन्न भएका थिए।

संसदीय दलको नेता छान्न कांग्रेस तयारी

नेपाली कांग्रेसले सातवटै प्रदेशमा पार्टीको संसदीय दलका नेता छान्न प्रक्रिया अघि बढाएको छ । नेता छनोटका लागि पार्टीबाट खटिएका प्रतिनिधिले आन्तरिक छलफल तीव्र पारेका छन्।

संघीय संसद्को बैठकस्थल बनाउन दुई महिना

संघीय संसद्को बैठकस्थल बनाउन संसद् सचिवालयले दुई महिना लगाएको छ । बैठकस्थलमा कुर्सीका खोल फेर्ने र माइक जडान गर्ने काम गरिएको थियो । यसका लागि २ करोड ५० लाख खर्च गरिएको छ । मंगलबारसम्म बैठकस्थलको सम्पूर्ण काम सकिने संघीय संसद् सचिवालयले जनाएको छ।

एमाले संसदीय दलमा तीन प्रतिस्पर्धी

प्रदेश १ मा नेकपा एमाले संसदीय दलको नेता चयनका लागि माघ २६ गते निर्वाचन हुने भएको छ । दलको नेता बन्न तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ।

को को बन्दैछन् कांग्रेस प्रदेश संसदीय दलको नेता ?

नेपाली कांग्रेसले सातवटै प्रदेशमा पार्टीको संसदीय दलका नेता छनोट प्रक्रिया अघि बढाएको छ। कुनैपनि प्रदेशमा पार्टी नेतृत्वमा सरकार गठनको सम्भावना नभएपनि कांग्रेसले फागुनको पहिलो साताभित्र सबै प्रदेशमा दलको नेता छनोट प्रक्रिया सुरु गरेको हो।

प्रदेश नम्बर २ : कांग्रेस संसदीय दलको नेतामा यादव

नेपाली कांग्रेसले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा रामसरोज यादवलाई चयन गरेको छ। धनुषा ३ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य यादवलाई सोमबार विमलेन्द्र निधिको अध्यक्षतामा जनकपुरमा बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो।

संसदीय दलको नेता छान्न केन्द्रको भर

प्रदेशसभा गठनपछि ६ नम्बर प्रदेशमा एमाले संसदीय दलको दुईपटक बैठक बस्यो । तर, बैठकले आफ्नो नेता छान्न सकेन । माघ ८ गते बसेको पहिलो बैठकमा नेता छनोटसम्बन्धी अजेण्डाले प्रवेश पाएन । शनिबार बसेको बैठक पनि बिनानिस्कर्ष टुंगियो । बैठकले पोलिटब्यूरो सदस्यद्वय यामलाल कँडेल र प्रकाश ज्वालालाई बुधबारसम्म सहमति गरी एकजनाको नाम दलको नेतामा प्रस्ताव गर्न जिम्मा दियो।

फोरम संसदीय दलको नेतामा लालबाबु राउत, मुख्यमन्त्रीको बाटो खुल्यो

संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर दुईको संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ। यसअघि अपराह्न संसदीय दलको नेताका लागि ७ जनाको उम्मेदवारी परेको थियो। रातिसम्म नेताहरुले सहमतिको प्रयास गरेर राउतलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

संसदीय दलका नेता छान्न सकस

प्रदेशसभाको प्रथम बैठक बस्न लागेको पूर्वसंध्यामा राजनीतिक पार्टीहरूले संसदीय दलको नेता छनोट गर्ने कसरतमा जुटेका छन् । शनिबार राजपा अध्यक्ष मण्डलका सबै नेता सहभागी रहेको बैठकले पनि दलको नेता छनोट गर्न सकेन । पार्टीका निर्वाचित प्रदेशसभा सदस्य सम्मिलित बैठक निष्कर्षमा पुग्न नसकेपछि अध्यक्ष मण्डलले छुट्टै बसेर टुंग्याउने जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्