२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बिजनेसविहीन संसद्, अलमलमा सांसद

प्रदेश ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगी गत ३ गते यता गृहजिल्ला दाङमै छन् । संसदमा प्रतिनिधित्वका लागि कहिले बुटवल जाने भन्ने कुरामा उनी अलमलमै देखिन्छन्।

संघीय संसद् परिसरमा अधिकृतको कार्यालय स्थापना

फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

संघीय संसदको अन्तरिम कार्यविधि पहिलो बैठकले पारित गर्ने

संघीय संसद बैठक सञ्चालनका लागि ‘संसद नियमावली’ नबनुन्जेलसम्म आवश्यक पर्ने अन्तरिम कार्यविधि संसदको पहिलो बैठकले पारित गर्ने भएको छ।

कांग्रेस संसदीय दल नेता २१ गते छानिने

नेपाली कांग्रेस संसदीय दलको नेता छनोटका लागि आगामी सोमबार निर्वाचन हुने भएको छ । पार्टी केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको संयोजकत्वमा गठन भएको निर्वाचन समितिको मंगलबारको बैठकले नेता चयनका लागि निर्वाचन फागुन २१ गते गर्ने निर्णय गरेको हो।

संसद् सचिवालयले आज दलसँग छलफल गर्ने

संघीय संसद् सचिवालयले बुधबार संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गने भएको छ । सचिवालयले नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अपराह्न २ बजे छलफलका लागि उपस्थित हुन सबै राजनीतिक दललाई आमन्त्रण गरेको छ । संघीय संसद्को निर्वाचनपछिको पहिलो अधिवेशन भएका कारण दलसँग छलफल गर्न लागिएको हो । दुवै सदनको पहिलो बैठक फागुन २१ गते दिउँसो ४ बजे बस्दैछ।

नेकाको संसदीय दलको निर्वाचन सोमबार : त्रिपक्षीय भिडन्त

नेपाली कांग्रेस संसदीय दलको नेता छनोटका लागि आगामी सोमबार निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा गठन भएको निर्वाचन समितिको मंगलबारको बैठकले फागुन २१ गते सोमबार नेता चयनका लागि निर्वाचन गर्ने मिति तय गरेको हो।

संसद्मा पाँच दललाई मात्र सेवा सुविधा

प्रतिनिधिसभा निर्वाचनमा पाँच राजनीतिक दलले राष्ट्रिय मान्यता प्राप्त गरेपछि संघीय संसद् सचिवालयले पाँच दलको संसदीय दलको कार्यालय स्थापना गरेको छ।

बिजेनश नपाएपछि संसद् बैठक स्थगित

प्रदेश ५ को संसद्ले विजनेस नपाएपछि आइतबारका लागि डाकिएको चौथो बैठक फागुन २७ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सरकारले विजनेश नदिएपछि पूर्वनिर्धारित मितिमा बैठक हुन नसकेको संसद् सचिवालयका कर्मचारीले बताएका छन्।

संसदीय दलको नेता छान्न कांग्रेसले बनायो कार्यदल

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न ३ सदस्यीय कार्यदल गठन गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले चिनकाजी श्रेष्ठको नेतृत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे सदस्य रहेका छन्।

काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ।

संघीय संसद् बैठकस्थल तयारी पूरा

संघीय संसद्को बैठकस्थलको तयारी लगभग पूरा भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकस्थल तय भएपछि दुई महिना अघिदेखि व्यवस्थापन कार्य सुरु गरिएको थियो ।  राष्ट्रियसभा ५९ सदस्यीय र प्रतिनिधिसभा २७५ सदस्यीय छ ।

संघीय संसदीय दलको विधान परिमार्जन गर्दै काँग्रेस

नेपाली काँग्रेसले संघीय संसदीय दलको विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको छ। काँग्रेस संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गर्न नेता तथा सांसदहरुसँग परामर्श गरेको हो।

संसदीय दलमा देउवाको विकल्प छैन : नेता निधि

कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधिले कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाको विकल्प नभएको बताएका छन्।

संसद्मा थारु प्रतिनिधित्व ‘सन्तोषजनक’

कमलरीबाट मुक्त भएपछिको राजनीतिक यात्राले दाङकी शान्ता चौधरीलाई पहिलो संविधानसभामा सभासदको हैसियतमा उभ्याइदियो । संविधान निर्माण जिम्मेवारी बोकेर एमालेबाट २०६४ सालमा संविधानसभामा प्रवेश गरेकी शान्ताले त्यसको ‘जस’ भने पाउन सकिनन् । कारण पहिलो संविधानसभा संविधान निर्माण गर्न नसकेरै विघटन भइदियो । पहिलो संविधानसभामा समानुपातिक कोटाबाट सभासद बनेकी शान्ता दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाको साबिक निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि कांग्रेसकी सुशीला चौधरीबाट पराजित भइन्।

प्रदेश ६ को संसद् बैठक शनिबार, प्रदेशको नाम र स्थायी राजधानी तोक्ने

प्रदेश नं ६ को प्रदेशसभा चौथो बैठक शनिबार बस्ने भएको छ। सो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्