२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

केन्द्रीय संसदका लागि झण्डै तीन हजार प्रतिनिधि चयन

चिनीयाँ केन्द्रीय संसदको १३औं राष्ट्रिय जनकङ्ग्रेसका लागि दुई हजार ९८० जना प्रतिनिधि चयन भएका छन्। देशभरी रहेका ३५ ओटा निर्वाचन इकाइ मार्फत् उनीहरु निर्वाचित भएको समाचारमा जनाइएको छ।

संसदीय दलमा लोभ नगर्न देउवालाई सिंहको सुझाव

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस विधिसम्मत रुपमा नचलेको बताएका छन्। नेपाली कांग्रेस सिन्धुलीले र नेपाल प्रेस युनियनले शुक्रबार आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले केही नेताहरूको मनोपोलीमा कांग्रेसलाई चलाइएको आरोप लगाए।

कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको विधान र दलको नेता छनोटका लागि राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरुको संयुक्त बैठक बोलाएको छ।

सङ्कटकाल थप ३० दिन लम्ब्याउन संसदबाट सहमति

मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमीनको आग्रहमा यहाँको संसदले थप ३० दिन सङ्कटकाल लम्ब्याउन सहमति दिएको छ।

प्रदेश १ काँग्रेस संसदीय दलको नेतामा कोइराला

प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन् ।संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।

संघीय संसद्को अन्तरिम कार्यविधि तयार

संघीय संसद्को बैठक सञ्चालनका लागि संसद् सचिवालयले अन्तरिम कार्यविधि तयार गरेको छ । संघीय संसद् सचिवालयले दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि अन्तरिम कार्यविधि तयार गरेको हो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा सोमबार संघीय संसद्को बैठक आह्वान भएको छ । बैठक आगामी फागुन २१ गते ४ बजेका लागि बोलाइएको हो।

राष्ट्रपतिद्धारा संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी फागुन २१ गतेलाई संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् ।

प्रधानमन्त्री ओलीले संसद् सदस्यको शपथ लिनुपर्ने

केपी शर्मा ओलीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएर कार्यकारी प्रमुखको कार्यभार सम्हाले पनि संसद् सदस्यको हैसियतले फेरि शपथ लिनुपपर्ने छ ।

संघीय संसदमा ३४ प्रतिशत महिला

संघीय संसदमा पहिलोपटक सबैभन्दा धेरै ३४ प्रतिशत महिलाको प्रतिनिधित्व हुने भएको छ । संविधानले संघीय संसद्मा ३३ प्रतिशत महिलाको अनिवार्य व्यवस्था गरेका कारण दलहरुले बाध्य भएर समानुपातिकबाट भए पनि महिलाको उपस्थिति बढाएका हुन् ।

कांग्रेस संसदीय दलमा देउवासँग भिड्दै सिंह

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ ।

माओवादी संसदीय दलको नेतामा दाहाल

नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको छ।

प्रदेश नम्बर ७ : एमाले संसदीय दलको नेतामा बाजुराका शाह निर्वाचित

नेकपा एमालेले प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाहलाई चयन गरेको छ । शनिबार (आज) बसेको संसदीय समिति प्रदेश नं. ७ को बैठकले बाजुराबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद शाहलाई दलको नेतामा निर्विरोध चयन गरेको हो।

ओली संसदीय दलको नेता चयन

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेता चयन गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेलगत्तै विहीबार दिउँसो बसेको एमालेको पहिलो संसदीय दलको बैठकले अध्यक्षलाई दलको नेता चयन गरेको हो।

प्रदेश २ को एमाले संसदीय दलको नेतामा मण्डल निर्वाचित

प्रदेश नम्बर २ को लागि नेकपा ९एमाले०को संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित भएका छन् ।

संसदीय दलको नेता नबन्दा सरकार गठनमा ढिलाइ

प्रदेश नम्बर ७ मा माओवादी केन्द्रले त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने टुंगो लगाएको डेढ साता भइसकेको छ । वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबीच बाँडफाँटमा प्रदेश नम्बर ७ मा दोस्रो ठूलो दल रहेको माओवादी केन्द्रको भागमा मुख्यमन्त्री परेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्