४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पत्रकार महाधिवेशनको बन्दसत्रबाट प्रतिवेदन पारित

नेपाल पत्रकार महासङ्घको पच्चीसौँ महाधिवेशनअन्तर्गत महासचिव उजिर मगर, कोषाध्यक्ष सूर्यमणि गौतमको प्रतिवेदन छलफलसहित पारित भएको छ ।

त्रिविको बजेट र कार्यक्रम पारित

त्रिभुवन विश्वविद्यालयको आइतबार बसेको ५८ औं वार्षिक सभाले आर्थिक वर्ष ०७४÷०७५ का लागि १९ अर्ब ३१ करोड ७ लाख ५८ हजारको बजेट पारित गरेको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले आवश्यक नियम संसोधनसहित बजेट पारित गरेको हो । तर, विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले पेस गरेको बजेट वक्तव्यमा पुनर्निमार्ण र उच्च शिक्षा सुधार परियोजनाको बजेट भने समावेश नगरिएको छैन।

यस कारण भत्कियो सहमति, 'चिटिङ' गरेर विधेयक पारित

चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको उपस्थितिमा भएको समझदारी संसदीय समितिले पालना नगरेपछि समस्या झन् जटिल बनेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा शुक्रबार बिहान चिकित्सा शिक्षा विधेयकमा डा. केसीका केही माग थप समेट्ने गरी मध्यमार्गी प्रस्तावमा सहमति भएको थियो।

चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पारित

चिकित्सा शिक्षा विधेयक संसदको महिला बालबालिका तथा समाजकल्याण समितिबाट शुक्रबार पारित भएको छ। बिहीबार जबर्जस्ती पारित गर्न खोज्दा विवादित भएपछि शुक्रबार सो विधेयक संशोधनसहित पारित भएको हो।

चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गर्ने प्रयास विफल

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधयेक जसरी पनि पास गर्ने महिला बालबालिका तथा जेष्ठ नागरिक समतिको सभापतिको प्रयासलाई सभासदहरूले रोकेका छन् । चिकित्सा शिक्षा सम्बन्धि माथेमा कार्यदलको प्रतिवेदनले दिएको सुझाव र डा. केसीका माग विपरित हुनेगरी संसदको कार्यदलले आजै दिउँसो तीन बजे पारित गरेको प्रस्ताव साँझ पूर्ण बैठकबाट पास गर्ने समिति सभापति रञ्जु झाको तयारी थियो।

४५ वटा विधेयक अड्किए, १२ पारित

विभिन्न समितिमा तीन वर्षअघिदेखिका विधेयक अड्किएका छन्। सम्बन्धित समितिले १८ विधेयक अझै पनि संसद्लाई दिन सकेका छैनन्।

कमोडिटी बजारसम्बन्धी विधेयक पारित

व्यवस्थापिका संसदले डेरिभेटिभ कमोडिटी बजारलाई पारदर्शी र विश्वसनीय बनाउने विधेयक पारित गरेको छ। संसदले 'वस्तु विनिमय बजारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३' आइतबार पारित गरेको हो।

संशोधन पारित हुने सम्भावना टर्‍यो

दुई तिहाइ बहुमत पुर्‍याउन आवश्यक संख्या रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले संशोधन प्रस्तावका पारित गराउन नयाँ सर्त अघि सारेपछि सम्भावना टरेको हो।

राजगद्दी परित्याग गर्नेबारे जापानमा नयाँ कानून पारित

वृद्ध जापानी सम्राट् आकिहितोलाई राजगद्दी परित्याग गर्न सहज हुने गरी जापानी संसद् डायटले एक नयाँ कानून पारित गरेको छ । हालै मात्र पारित उक्त कानूनले जापानको राजगद्दी आफ्ना पुत्र युवराज नारु हितोलाई सुम्पिई आफू उक्त दायित्वबाट मुक्त हुन सम्राट् आकि हितोलाई बाटो खुलेको छ।

सागमा २८ खेलको प्रस्ताव पारित

काठमाडौं– दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले दुई वर्षपछि नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा २८ खेल समावेश गर्ने प्रस्ताव गरेको छ।

ब्रेक्जिट वार्तासम्बन्धी निर्देशिका सर्वसम्मतिले पारित

युरोपेली संघ (ईयू)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) वार्ता बारेको निर्देशिकालाई ईयूका सदस्य राष्ट्रहरुले सर्वसम्मतिले पारित गरेका छन् ।

स्वास्थ्य बिमा पारित हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाले स्वास्थ्य बिमा छिट्टै पारित गर्न लागेको बताएका छन्। दलित तथा विपन्न समुदायको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन स्वास्थ्य बिमाले मात्र सम्भव हुने थापाले बताए।

राष्ट्रिय बौद्धिक सम्पत्ति नीति पारित

राष्ट्रिय बौद्धिक सम्पनी नीति–२०७३ मन्त्रि परिषदको विधेयक समितिले पारित गरेको छ । समितिले नीतिलाई केही परिमार्जन गर्दै अन्तिम रुप दिएको हो।

मेची-महाकाली अभियानको थालनी गर्दै ओलीले भने- 'जनताविरोधी संशोधन पारित हुन्न दिन्नौं'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा संविधान संशोधन पारित हुन नदिने बताएका छन्। झापाको काँकटभित्ताबाट पार्टीको मेची-महाकाली अभियानको प्रारम्भ गर्दै अध्यक्ष ओलीले भने- 'संविधान संशोधन विधेयक जनताको आवश्यकता विपरीत हो। नैतिक हिसाबले पनि यो पारित गर्न मिल्दैन।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्