११ मंसिर २०८१ मंगलबार
image/svg+xml

गणतन्त्रमा राजाको 'कपी' गरेको जनतालाई मन पर्दैन : रामकुमारी झाँक्री (अन्तर्वार्ता)

अस्ती सरकारले ल्याएको नीति तथा कार्यक्रममा मेरो सरकार भन्नुभएछ। यो परम्परा कहाँबाट आयो, कति वैध छ? बहस गर्न चाहन्न्। तर हिजो राजतन्त्र र राजाले जेजे रजगज गरे, भाषाशैली प्रयोग गरे, तामझामपूर्ण अभिव्यक्ति भए, त्यो नेपाली जनतालाई मन पर्दैन।

जनताले भने झैं भा'को छैन है ...(भिडियो)

जनआन्दोलनको समयमा हामी कलाकारमात्र होइन बुद्धिजिवी, किसान, मजदुर, किसान, डाक्टर, पाइलट, शिक्षकलगायत हरेक पेशा र क्षेत्रका मानिसहरु आन्दोलनको मैदानमा थियौँ। मलाई त्यतिवेलाका धेरै घटनाहरु अहिले पनि याद छन्। यद्यपि सबै घटनाहरु भनिरहन सायद समयले साथ दिदैन।

सरकारले विप्लवका प्रवक्तासहित तीन नेतालाई विभूषित गर्दै

सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई विभूषित गर्ने भएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ १६ गते विप्लव समूहका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मासहितका तीन नेतालाई संविधानसभा पदकबाट विभूषित गर्न लागेको हो ।

कांग्रेसले तीन दिन गणतन्त्र दिवस मनाउने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ। पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जेठ १४ देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस बनाउने निर्णय गरेको हो।

गणतन्त्र सङ्ग्रहालय जेठ १५ देखि खुला हुँदै

पहिले नारायणहिटी सङ्ग्रहालयभित्र पूर्व राजाहरूको जीवनशैली, खानपान, उनीहरूले प्रयोग गरेका लत्ताकपडा आदि मात्र हेर्न पाइन्थ्यो। सङ्ग्रहालय स्थापना भइसकेपछि नेपालमा प्रजातन्त्रको प्राप्ति कसरी भयो, राजतन्त्रको अन्त्य कसरी भयो भन्ने जानकारी पछिका पुस्ताले समेत अवलोकन गर्न पाउने परिषद्का सदस्यसचिव जीवन राजोपाध्यायले बताए।

गणतन्त्रका तानाशाह

‘जनताका शत्रु’ भन्ने शब्द फ्रेन्च राज्यक्रान्तिका बेला ‘थेगो’ बन्यो। ‘वर्गशत्रु’ भन्ने आरोपमा कम्युनिस्ट तानाशाहहरूले विभिन्न देशमा लाखौं मानिसको हत्या गरे। उता ब्रिटेनको संसद्मा गणतन्त्रवादीलाई लक्षित गरेर कतिपय सांसदले गुन्डा, मुसा, मूर्ख, राष्ट्रघाती, खराब मान्छेहरू आदि शब्द प्रयोग गर्दा राजतन्त्रवादी राजनेताहरूले त्यस्ता शब्द ब्रिटेनको संसद्मा प्रयोग गर्न नपाइने नियम बनाए। राजनीतिमा मात्र होइन, ब्रिटेनको सभ्यतालाई नै अशोभनीय भन्दै ‘असंसदीय’ (अनपार्लियामेन्ट्री) शब्दहरू सार्वजनिक ठाउँमा प्रयोग नगर्ने ठहर गरियो। यसमा बकिङ्घम् राजदरबारले महŒवपूर्ण भूमिका खेलेको देखिन्छ। दरबार सभ्यताको प्रतीक भएकाले संसद्, मन्त्रिपरिषद्लगायत कुनै पनि ठाउँमा असंसदीय, अराजनीतिक र अमर्यादित शब्द प्रयोग गर्न हुन्न भन्ने दरबारको धारणा थियो।

प्रधानमन्त्री ओलीद्वारा हाउलान बेको भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाममा छन्। समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री नुयान छुवान फुकको औपचारिक निमन्त्रणामा ४ दिने भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए।

स्विस सपनाको समाप्ति

हामीले राजनीतिक पद्धति बदलेनौँ भने गणतन्त्र यही रूपमा नरहन सक्छ वा राजतन्त्रको सम्भावना रहन्छ। राजतन्त्रको सम्भावना शून्य पार्न हामीले बदल्नुपर्ने मुख्य कुरा हो– प्रतिनिधिमूलक प्रजातन्त्रको अभ्यास। प्रतिनिधिमूलक प्रजातन्त्रमा ५ वर्षको अवधिभरि जनतासँग करिब ५ मिनेट मात्र सार्वभौमसत्ता अधिकार सुरक्षित छ। सार्वभौमसत्ता अधिकार सुम्पेको प्रतिनिधिको प्रवृत्ति नागरिकमुखी छैन। अब हामीले प्रतिनिधिको निर्वाचन नीति निर्माणका लागि मात्र उपयोग हुनेगरी गर्नुपर्छ। अथवा प्रतिनिधिलाई नीति निर्माण गर्ने अधिकार मात्र दिनुपर्छ। निर्वाचित प्रतिनिधिमा कार्यकारी वा शासन गर्ने अधिकार कटौती नगर्दासम्म जनता सार्वभौमसत्ता सम्पन्न हुनसक्ने सम्भावना छैन।

‘मेरो सरकार’ मा राजतन्त्रकै झल्को

संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिक हुन् राष्ट्रपति। राष्ट्रपतिका दिनचर्या, आनीबानीलगायत संस्कारलाई जनताले अहिलेको शासन व्यवस्थाको मानक बनाउने गरेका छन्। तर, पछिल्ला दिनमा राष्ट्रपति कार्यालय र राष्ट्रपति स्वयं पटकपटक विवादमा मुछिँदै आएकी छिन्।

‘नेताले गणतन्त्रलाई कुरुप बनाए’

नागरिक समाजका अगुवाहरुले राजनीतिक दलहरुले लोकतान्त्रिक गणतन्त्रलाई कुरुप बनाउने काम गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यद्वारा लिखित ‘गणतन्त्रको यात्रा’ नामक पुस्तकको बुधबार राजधानीमा विमोचन गर्दै नागरिक अगुवाहरुले लोकतान्त्रिक गणतन्त्रको भविष्यमाथि नै प्रश्न उठाए।

'समाजवादले मान्छे मार्ने नभई,ज्यान रक्षा गर्ने हो'

अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा अाज टुँडिखेलमा अायाेजित कार्यक्रममा अध्यक्ष दाहालले भने, ' संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन मजदुरहरूकाे पनि ठूलाे हात छ। याे कमजोर हुँदै गए मुलुकमा अराजक फैलिने हाे कि भन्ने प्रश्न राजनीतिक नेतृत्वमा उठ्ने गरेको छ।'

चीनबाट सिक्नुपर्ने कुरा

सन् १९७८ देखि जनवादी गणतन्त्र चीनमा एउटा युग थालनी भयो। जसलाई सुधार र खुलापनको युग भनिन्छ ।सुधार र खुलापनको युगमा पदार्पण गरेयता चीनले आफ्ना वरपर संसारका धेरै आयाम देख्यो र त्यसबाट सिक्ने प्रयत्न ग-यो।

संघीयता र गणतन्त्रमाथिको संकट अझै कायमै : उपप्रधानमन्त्री यादव

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रमाथिको संकट अझै कायमै रहेको बताएका छन्। सघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवले आइतबार एक कार्यक्रममा बोल्दै संघीय गणतन्त्रात्मक व्यवस्थालाई असफल बनाउन अहिले पनि विभिन्न शक्ति केन्द्रहरु सक्रिय रहेको खुलासा गरे।

विकृतिबाट वितृष्णा

राजाकै शैलीमा सेवासुविधासहित करोडौंका गाडी र हेलिकोप्टर खरिदले आमजनतामा गणतन्त्र र यसका संस्थाहरूप्रतिको लगाव कमजोर बनाएको छ। राजनीतिक दल र तिनका नेताले आफूलाई समाजको अलग्गै दर्जाको व्यक्तिका रूपमा प्रस्तुत गर्दा राजाको शासनविरुद्ध सडकमा उत्रिएका जनतामा एक दशक पूरा नहुँदै दलहरूप्रति वितृष्णा जाग्नु लोकतान्त्रिक गणतन्त्रका लागि सुखद कुरा होइन।

विकासको बाधक भ्रष्टाचार

२ सय ५० वर्षजति पहिले ‘आधुनिक नेपाल’ स्थापना हुँदा संयुक्त राज्य अमेरिकालगायत संसारमा हाल अस्तित्वमा रहेका थुप्रै देशको जन्मै भएको थिएन। हाम्रो देशमा प्रजातन्त्र आउँदा कैयौँ देश उपनिवेशी शासनबाट मुक्ति पाउन संघर्ष गर्दै थिए। सुख, समृद्धि र स्वतन्त्रताको चाहानामा हामीले पनि २००७ सालमा जहानीयाँ राणा शासन फाली प्रजातन्त्र ल्यायौँ, २०४६ सालमा जनआन्दोलन गरी एक दलीय पञ्चायती व्यवस्था अन्त्य गरी बहुदल ल्यायौँ, २०६३ मा संवैधानीक राजतन्त्र समाप्त पारी गणतन्त्र ल्यायौँ र एकात्मक राज्य प्रणाली त्यागी संघीय संरचना स्थापना ग¥यौँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्