१० कार्तिक २०८१ शनिबार
image/svg+xml

राज्यमन्त्री तामाङबाट पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

पोलियाे थाेपा खुवाउन स्वास्थ्यकर्मीको अवरोध, सेवा सञ्चालन नगरे कारवाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवाहरु निर्वाध रुपले सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई आह्वान भएको छ। मन्त्री थापाले शुक्रबार विज्ञप्ती जारी गर्दै मन्त्रालयअन्तर्गत कार्यरत स्वास्थ्यकर्मीबाट स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ ख को विशेष पदस्थापनाको विषयमा रहेको असमझदारीलाई लिएर स्वास्थ्य संस्थाहरुमा भएको तालाबन्दीका सम्बन्धमा गम्भीर ध्यानाकर्षणभएको जनाएका हुन्।

सचिवले छेके स्वास्थ्यमन्त्रीको बाटो

स्वास्थ्यमन्त्री गगन थापाले मंगलबार साँझ टि्वटमार्फत फागुन १ देखि सबै जिल्लामा सर्जिकल इमर्जेन्सीसहितको विशेषज्ञ सेवा पुर्‍याउन गरेको निर्णय कार्यान्वयन ढिलासुस्तीबारे घुमाउरो ढंगले असन्तुष्टि जनाए।

चुरे दोहनमा नियमनकारीकै मिलेमतो

धुलिखेल-बर्दिबास बिपी राजमार्ग चालू भएपछि पूर्वी नेपाल र राजधानीको दुरी छोटिएको छ। अहिले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले मध्यपूर्वी तराईमा झर्नुपरे यही सडक प्रयोग गर्छन्। पुष्पकमल दाहाल पछिल्लोपटक प्रधानमन्त्री भएदेखि तीनपटक यो बाटो प्रयोग गरिसकेका छन्।

एपिएफमाथि न्यु डायमन्डको तेस्रो प्रहार

नियमित प्रतिद्वन्द्वी एपिएफमाथि पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा ३–२ को जित हासिल गर्दै न्यु डायमन्ड स्पोर्टस एकेडेमीले बिहीबार चौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

दिल्लीका मुख्यमन्त्री केजरिवालविरुद्ध एफआइआर आदेश जारी

दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरिवालविरुद्ध एफआइआर आदेश जारी भएको छ । विधानसभा चुनावका बेला आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले उनीविरुद्ध एफआइआर आदेश दिएको हो ।

डायमन्डको अपराजित यात्रामा पूर्णविराम

भारतीय खेलाडीको साथ पाएको रिड मोडेल स्कुलले १२औं ढोरपाटन भलिबलमा न्यु डायमन्ड एकेडेमीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै उपाधि दाबेदारका रुपमा आफूलाई उभ्यााएको छ।

तीन जितसँगै डायमन्ड एकेडेमी शीर्षमा

सर्वाधिक राशीको ढोरपाटन डबल लिग महिला भलिबलको दोस्रो संस्करणमा न्यू डायमन्ड एकेडेमीले दुई टिम सहभागी गराएको छ। डायमन्डको सिनियर टोलीको कप्तानी ललिता नाथले सम्हालेकी छन्। जुनियर टोली न्यू डायमन्ड स्पोर्ट्स क्लबको कप्तान झरना श्रेष्ठ हुन्।

अब छिट्टै नेपाल हिन्दुराज्य बन्छः राज्यमन्त्री बानियाँ

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताले चाहेको खण्डमा नेपाल हिन्दुराज्य घोषणा हुने बताएका छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव ६ वर्षकालागि पार्टीबाट निष्काशित

समाजवादी पार्टी अध्यक्ष मुलायम सिंह यादवले उत्तर प्रदेशका मुख्यमन्त्री एवं आफ्ना छोरा अखिलेश यादवलाई पार्टीबाट ६ वर्षकालागि निष्काशन गरेका छन्।

अवैध स्वास्थ्य संस्था कानुनी दायरमा ल्याउन स्वास्थ्यमन्त्रीको पहल

देशभरमा आधा भन्दा बढी निजी स्वास्थ्य संस्थाहरू अवैध रुपमा सञ्चालन भैरहेको तथ्य फेला परेपछि नियमन गर्न स्वास्थ्यमन्त्री गगन थापाले पहल लिएका छन्। मन्त्री थापाले अवैध स्वास्थ्य संस्थालाइ कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू गरेका छन्।

उखुको मूल्य ताेक्न उद्याेग राज्यमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

उद्योगी र किसानबीच काठमाडौँमा तीन पटक र बारामा एक पटक गरी चारपटकको वार्ता असफल भएको थियो। सरकारको मन्त्रीस्तरीय रोहबरमा उद्योगमन्त्रालयमा बिहीवार पाँचौपटकको वार्ता किसानको माग अनुसार उखुको मूल्य दिन चिनी उद्योगीहरुले अस्वीकार गरेपछि निष्कर्षमा पुग्न नसकेको हाे।

अस्पताल सुधार्दै स्वास्थ्यमन्त्री

हरियाली बगैंचाको बीचमा सेता भवन– बाहिरबाट हेर्दा चिटिक्कको छ भरतपुरस्थित क्यान्सर अस्पताल। बिपी कोइरालाको नाम राखेर चीन सरकारले मित्रताको प्रतीकस्वरुप १७ वर्षअघि बनाइदिएको उक्त अस्पताल बाहिरबाट हेर्दा देखिनेजस्तो सानदार कदापि छैन। केही वर्षअघिसम्म एसियाकै राम्रो मानिएको क्यान्सर अस्पताल अहिले बेथितिको नमुना बन्दै छ।

स्वास्थ्यमन्त्री थापाद्वारा क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसंग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन पेस गरेपछि स्वास्थ्य मन्त्री गगन थापाले सञ्चालक समिति अध्यक्ष डा प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा चीनबहादुर पुनलाई तीनदिनभित्र लिखित जवाफ दिन स्पष्टीकरण माग गरेका हुन्।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको बजेट भत्ता र गोष्ठीमै

विकास-निर्माणदेखि स्वास्थ्य–शिक्षासम्मकै बजेट अत्यधिक दुरुपयोग हुने घटना 'सामान्य' झैं भइसकेको बेला सरकारले अघि सारेको सुधारात्मक कार्यक्रमकै बजेट पनि चाहिने काममा भन्दा अनावश्यक कुरामै खर्च भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्