३ आश्विन २०८१ बिहीबार
image/svg+xml

नागरिकताबिनै आवेदन

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्य बन्न इच्छुक देखिएकामध्ये केहीले नागरिकतासमेत पेश नगरी आवेदन दिएका छन्। सिफारिस समितिमा पदाधिकारीका लागि आवेदन दिएका अध्यक्ष पदका २ जना र सदस्यका दाबेदार २० गरी २२ जनाले नागरिकताको प्रमाणपत्र पेस गरेका छैनन्।

आयोग पदाधिकारीमा ५७ जनाको आवेदन

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारीमा आयोगकै पूर्वसदस्य, बहालवाला सचिवदेखि न्यायाधीशसम्मले इच्छा देखाएका छन्। सत्य निरुपण आयोगकी पूर्वसदस्य माधवी भट्ट, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्य विष्णु पाठक र बिजुल विक दुलालले फेरि आयोगमा बसेर काम गर्ने इच्छा देखाउँदै आवेदन दिएका छन्। यसअघि चार वर्षसम्म केही काम गर्न नसकी यी दुईवटै आयोग म्याद सकिएको थियो।

इपिएस परीक्षाका लागि ८१ हजारको आवेदन

नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ। सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि आज अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन्।

५० पाइलट माग्दा २६ को मात्र आवेदन

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त पाइलटको पदपूर्ति गर्न ५० जना माग गरेकोमा २६ जनाको मात्रै आवेदन परेको छ।

समायोजनमा जान ३८ हजार कर्मचारीको आवेदन

करिब ३८ हजार कर्मचारीले समायोजनमा जान आवेदन दिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार साँझसम्म ३७ हजार ९ सय ३७ कर्मचारीले समायोजनका लागि अनलाइनबाट आवेदन दिएको जनाएको छ। तीमध्ये १४ हजार ३ सय २५ कर्मचारीले सबै विवरण खुलाई अनलाइन फारम पोस्ट गरेको मन्त्रालयकी उपसचिव तथा समायोजन महाशाखाकी प्रवक्ता अनीता निरौलाले बताइन्।

टेलिकमको प्रबन्ध निर्देशकमा आठ आकांक्षी

नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदमा आठ आकांक्षीको प्रतिस्पर्धा हुने भएको छ। गत बुधबारसम्म परेका ११ आवेदनबाट आठजनालाई ‘सर्टलिस्ट’ छनोट गरिएको छ।  ११ जनाको आवेदन परेकोमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकेको योग्यताका आधारमा आठजनालाई ‘सर्टलिस्ट’ गरिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए। टेलिकमको प्रबन्ध निर्देशक बन्ने आकांक्षीमा एकजना बाहेक सबै कम्पनीभित्र कार्यरत कर्मचारी छन्।

धनगढी प्रिमियर लिगका लागि खेलाडी दर्ता सुरु

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटका लागि खेलाडी दर्ताको आवेदन बुधवारबाट खुला भएको छ। आवेदन आजदेखि यही पुस १० गतेभित्र भर्नुपर्ने आयोजकले जनाएको छ।

माथिल्लो तामाकोशीको शेयर आवेदकलाई ४० देखि ५० कित्ता

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरमा आवेदन दिएका योग्य लगानीकर्ताले शेयर पाएका छन्। बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलका अनुसार योग्य आवेदक सबैले न्यूनतम ४० कित्ता पाएका हुन्।

संवैधानिक निकायका रिक्त ४० पदमा ५३५ को दाबी

संवैधानिक परिषद्ले संविधानअनुसार आठवटा संवैधानिक निकायमा पदाधिकारी नियुक्त हुन योग्यता पुगेका व्यक्तिहरुको अभिलेख तयार पार्ने प्रयोजनका लागि मागेको आवेदनमा हाल रिक्त ४० पदका लागि ५ सय ३५ जनाको दरखास्त परेको छ।

स्वेच्छिक अवकाश फिर्ताका लागि ४ सय ७० जनाको आवेदन

सरकारले स्वेच्छिक अवकाश फिर्ता लिनका लागि दिएको दुई महिना अवधिभित्र झण्डै चार सय ७० कर्मचारीले अवकाशका लागि दिएको निवेदन फिर्ता लिएका छन्।

असार मसान्तसम्म सवारी लाइसेन्सको आवेदन बन्द

यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयमा सवारी लाइसेन्स आवेदन लिने कार्य रोकेको छ। यातायात कार्यालय एकान्तकुना, सुकेधारा, जगाति, ठूलोभर्याङ, कोशी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीका कार्यालयमा आवेदन लिन रोक लगाएको हो।

सिभिल बैंकको हकप्रद लिलाममा अधिक आवेदन

सिभिल बैंकले संस्थापक समूहको आवेदन नपरेको २९ लाख ९२ हजार २१०.२५ कित्ता हकप्रद सेयर लिलाममार्फत बिक्री गर्न सिलबन्दी बोलपत्र माग गरेकामा कर्मचारी सञ्चय कोष र राष्ट्रिय बिमा कम्पनिको आवेदन परेको बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्