११ मंसिर २०८१ मंगलबार
image/svg+xml

असिफ, अमिर र रियाज पाकिस्तानी विश्वकप टोलीमा

क्यान्सरका कारण १८ महिने छोरी गुमाएका असिफ अलीसहित मोहम्मद अमिर र वाहब रियाजले आगामी विश्वकपका लागि सोमबार १५ सदस्यीय पाकिस्तानी टोलीमा स्थान बनाएका छन्।

आँखाको क्यान्सरबाट कसरी बच्ने ?

बालबालिका तथा ठूला मानिसको आँखामा क्यान्सर किन लाग्छ ? क्यान्सर लागिहाले कसरी बच्ने ? यो रोगको उपचार नेपालमा हुन्छ कि हुँदैन ? प्रस्तुत छ, तिलगंगा आँखा प्रतिष्ठानका अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुसित नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीको अंश ः

आँखाको नानीको दाग क्यान्सर त होइन?

तपाईंको शिशुको आँखामा सेतो दाग छ ? फोटो खिच्दा आँखामा सेतो दाग देखिन्छ ? यदि यस्ता चिह्न देखिए भने बच्चाको आँखामा क्यान्सर पनि भएको हुन सक्छ। बेलैमा सर्तक भई समयमै शिशुको आँखा परीक्षण गराउनु होला। शिशु जन्मेपछि एक पटक अनिवार्य आँखा जाँच गराए आँखाको क्यान्सरबाट मृत्यु हुने सम्भावना टार्न सकिन्छ।

सरकारले रोक्यो पाँच महिनादेखि क्यान्सर रोगीको आर्थिक सहायता

सरकारले विगत पाँच महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको आर्थिक सहायता रोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौंधरीले बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँइदै आएको १ लाख आर्थिक सहायता रोका गर्नु परेको बताएकी हुन्।

टिचिङको क्यान्सर केन्द्र अलपत्र

त्रिवि शिक्षण अस्पतालमा निर्माणाधीन सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रको भवन निर्माणको काम अलपत्र बनेको छ। २०७४ फागुनदेखि निर्माण ठप्प भवन अलपत्र अवस्थामा पुगेको हो।

क्यान्सर,दम,मिर्गौला रोग बढे

नेपालमा दम, क्यान्सर, मिर्गौला तथा नसर्ने रोगहरु पछिल्लो समय बढिरहेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एक वर्षको अवधिमा गरेको विभिन्न अनुसन्धानले सो देखाएको हो। परिषद्ले एक वर्ष अवधिमा गरेको दश भिन्न अनुसन्धानमा दम, क्यान्सर, मिर्गौला तथा नसर्ने रोग बढेको देखिएको हो। परिषद्द्वारा गरिएको अनुसन्धान प्रतिवेदनमा नसर्ने दीर्घ रोग दम सबैभन्दा बढेको पाइएको छ। तथ्यांकअनुसार सबैभन्दा बढी ११.७ प्रतिशतमा दम रोग भएको पाइएको छ। दमपछि मधुमेह ८.६ प्रतिशतले बढेको छ भने मिर्गौला रोग ६ प्रतिशत र मुटु रोग २.९ प्रतिशतले बढेको छ।

क्यान्सरपीडितलाई सहयोग

जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका क्यान्सर बिरामी तारानाथ अधिकारीलाई शुभेच्छुकबाट उठाइएको सहयोग रकम प्रदान गरिएको छ। हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनलाई संकलित ५७ हजार पाँच सय रुपैयाँ प्रदान गरिएको हो।

ठूलो आन्द्रा क्यान्सरको जोखिम बढ्दै

नेपाल पनि ठूलो आन्द्रा क्यान्सरको उच्च जोखिममा रहेको विशेषज्ञहरुले बताएका छन्। मार्च महिनामा मनाइने ठूलो आन्द्राको क्यान्सर जनचेतना महिनाको सन्दर्भमा चिकित्सकहरुले सो बताएका हुन्।

पाठेघर क्यान्सरबारे ग्रामीण महिला अनभिज्ञ

रामेछाप नगरपालिका–१ की ५० वर्षीया प्रेमकुमारी थापाले पाठेघरमा लाग्ने धेरैखाले रोगबारे सुनेकी थिइन्। तर क्यान्सर पनि हुन सक्ने भएकाले समयसमयमा जँचाइरहनुपर्छ भन्नेचाहिँ सुनेकी थिइनन्।

ग्रामिण भेगका महिलामा पाठेघरको क्यान्सर बढ्दो

ग्रामिण क्षेत्रमा अधिकतम कार्यबोझका कारण महिलाको पाठेघरको मुखको क्यान्सरको बढेको भन्दै स्थानीय सरकारले सावधानी अपनाउन थालेका छन्। उनीहरुले विभिन्न कार्यक्रम मार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरेर तथा सचेतना फैलाएर सावधानी अपनाउन थालेका हुन।

सुरेश वाग्ले क्यान्सर केन्द्र निर्माण अलपत्र

दुई वर्षअघि नै त्रिवि शिक्षण अस्पतालमा निर्माण हुने भनिएको सुरेश वाग्ले क्यान्सर सेन्टर अलपत्र परेको छ। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईकै कार्यकालमा शिलान्यास भएको केन्द्रको भवनको निर्माण तीन वर्षमा पूरा गर्ने सम्झौता भए पनि हालसम्म निर्माण पूरा भएको छैन।

क्यान्सर पत्ता लगाउन नसक्ने क्यान्सर अस्पताल

मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो। करोडौं खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो। तर अहिले उक्त क्यान्सर अस्पताल क्यान्सर रोग नै पत्ता लगाउन नसक्ने अवस्थामा पुगेको छ। जनशक्ति र प्रविधि अभावका कारण उक्त अस्पतालले आफूकहाँ आउने बिरामीलाई क्यान्सर पहिचानका लागि काठमाडौं र भरतपुर पठाउने गरेको हो।

‘अल्सर - क्यान्सर समस्या ज्यादा’

असन्तुलित खाना खाने तर व्यायाम नगर्ने मानिस धेरै छन्। जसले मोटोपना बढ्ने र पाचन प्रणालीमा विभिन्न रोग लाग्ने गर्छ। पाचन प्रणाली स्वस्थ भएन भने निरोगी भएर बाँच्न सम्भव नै हुँदैन। त्यसोभए पाचन अंगहरूमा लाग्ने रोग के–कस्ता छन् त ? ती रोगका उपचार के–कसरी हुन्छ ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्