५ आश्विन २०८१ शनिबार
image/svg+xml

विषादी प्रकरणबारे दूतावासको पत्र प्रधानमन्त्रीलाई नदिनु गल्ती भयोः मन्त्री खनाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले विषादी परीक्षणबारे भारतीय दुतावासले पठाएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमा नदिएर गल्ती गरिएको स्विकारेका छन्। मन्त्री खनालले प्रधानमन्त्री ओलीले जेष्ठ २१ गते सो विषयमा बोलेको तर हामीले त्यसको दुई दिनपछि मात्रै भारतीय दुतावासको पत्र दिनु गल्ती भएको स्वीकारेका हुन्।

बुधबारदेखि दोस्रो युनिटबाट परीक्षण उत्पादन

माथिल्लो त्रिशूली थ्री ‘ए’ले बुधबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ। पहिलो युनिटको परीक्षण गरिएको सवा दुई महिनापछि दोस्रो युनिटबाट परीक्षण उत्पादन सुरु गरिएको हो।

विषादी परीक्षण केन्द्रको अनुगमन समितिले गर्ने

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतकाे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विषादी परीक्षण केन्द्रको अनुगमन गर्ने भएको छ।

तरकारीको मूल्य अचाक्ली

बाढीपहिरोको कारण देखाउँदै व्यापारीले तरकारीको मूल्य अचाक्ली बढाएका छन्। डुवानले तराईको तरकारी खेतमै नष्ट भएको र पहाडी जिल्लामा बाटो अवरुद्ध हुँदा आपूर्ति हुन नसकेको भन्दै मूल्य तीन गुणा बढाइएको छ।

मर्मत नहुँदा जीर्ण बन्दै मूल नहर

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पछिल्लोपटक भत्केको एक वर्ष पूरा भइसकेको छ। पश्चिम मूल नहरको ढकेरीस्थित चंगाई नाला नजिक गत वर्ष साउन ७ गते परीक्षणका क्रममा भत्केको थियो।

बाढीप्रभावित बस्तीमा निःशुल्क शिविर

जिल्लाका बाढीप्रभावित बस्तीमा निःशुल्क शिविर सञ्चालन गरिएको छ। बाढीको पानीले प्रभावित बस्तीमा विभिन्न रोगको महामारी नफैलियोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले जिल्लाको गौर र राजदेवी नगरपालिकामा शिविरको अयोजना गरेर बिरामीको स्वास्थ्य परीक्षण गरेको हो। गौर नगरपालिका–२ महादेवपटी र राजदेवी नगरपालिकाको मुडवलवामा आयोजित शिविरमा पाँच सय तीन जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क रूपमा औषधिसमेत उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

'सरकारले कीट दिए निःशुल्क जाँच '

धरानका सम्पूर्ण निजी मेडिकल तथा ल्याबहरूले ६ सय रुपैयाँमा टेष्ट कीटबाट डेंगु परीक्षण गर्दा मात्र ६ सय रुपैयाँ लिने निर्णय गरेका छन्।

पेट्रोलियम पाइप सफल

भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइप लाइनको परीक्षण सफल भएको छ। औपचारिक उद्घाटनपछि पाइपबाट इन्धन आपूर्ति सुरु हुने बताइएको छ।

उत्तरपुस्तिका परीक्षणमा अनियमितता आरोप लागेका त्रिविका पूर्वकर्मचारीद्वारा आत्महत्या

उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन्।

पाइपबाटै आयो डिजेल भारतबाट नेपाल

भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइपलाइनको शुक्रबार सफल परीक्षण गरिएको छ। निर्माण गरिएको पाइपबाट भारतको बरौनीबाट पाटना हुँदै डिजेल आपूर्ति गरिएको छ।

पाइपलाइन परिक्षण गर्न माेतिहारीबाट डिजेल पठाइयाे

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट परीक्षणस्वरूप १ लाख लिटर इन्धन पठाइएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले मोतिहारी डिपोबाट पहिलोपटक अमलेखगन्जस्थित निगमको डिपोमा पुग्नेगरी डिजेल पठाइएको हो।

चार महिनादेखि खसीबोका आयात बन्द

विदेशबाट आयात हुने खसीबोकाको अनिवार्य स्वास्थ्य परीक्षण प्रमाणपत्र पेस गर्नुपर्ने भएपछि चार महिनादेखि भारतबाट तिनको आयात रोकिएको छ।

रसुवागढीमा आँखाले विषादी परीक्षण

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकिएको भन्दै सरकारको सर्वत्र आलोचना भएका बेला उत्तरी नाका रसुवागढी भएर आउने सामान भने आँखाले हेरेको भरमा छोड्नु परेको छ।

'भेन्डर फेर्ने सपना नदेखे हुन्छ, भोलि होइन आजै मलेसिया रोजगारी सुचारु गरौँ'

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले मलेसिया रोजगारी बन्द गर्नुपर्ने कारण नभएको भन्दै तत्काल नेपाली कामदार जाने प्रक्रिया सुचारु गर्न नेपाल सरकार सँग आग्रह गरेका छन्।

विषादीः सरकारको लाचारी

विषादीयुक्त तरकारी र फलफूल आयात हुँदा परीक्षण गरी नागरिकको स्वास्थ्य सुरक्षा गर्न पनि हिचकिचाउने सरकारले सुशासन दिन सक्छ भन्ने कल्पना पनि गर्न सकिँदैन। त्यसैले यसले एकातिर सरकारको लाचारीपन देखाउँछ भने अर्कातिर अन्तर्राष्ट्रिय कानुनप्रति पनि उसको उदासीनता प्रस्ट पार्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्