५ आश्विन २०८१ शनिबार
image/svg+xml

८० प्रतिशत विषादीको परीक्षणनै हुँदैन

यातित तरकारीको विषादी परीक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला नेपालीले उपभोग गर्ने तरकारीमा प्रयोग हुने विषादीमध्ये ८० प्रतिशतको परीक्षण नै नहुने गरेको पाइएको छ।

‘प्रहरी र निहत्था नागरिक मारिनु राम्रो होइन’

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलले गरिरहेको संसद् अवरोध पहिलो र अन्तिम नभएको बताएका छन्। उनले मृत्युको व्यापार कसैको रहर हुँदैन भन्दै १० वर्ष मुलुकमा हिंसा भइरहँदा मुख्य खेलाडी को थिए भन्ने प्रश्न गरे। विषादी प्रकरणमा प्रधानमन्त्रीले आफूलाई पटकपटक झुक्याइने गरेको भनेर दिएको अभिव्यक्तिप्रति सोधिएको प्रश्नमा बाँस्कोटाले कसैले झुक्यायो भन्ने लाग्यो भने सचेत हुनपर्ने बताए। सञ्चारमन्त्री बाँस्कोटाले भारतबाट आउने सबै तरकारी विषादीयुक्त नभएको दाबी गर्दै अनुचित दबाबले विषादी परीक्षण नरोकिएको जिकिर गरे। आइफा अवार्डले सरकारले घाटाको व्यापार नगर्ने पनि दाबी गरे। आइफा गर्नै नहुने जस्तै गरी प्रचार भएकोप्रति आक्रोश व्यक्त गर्दे उनले अवार्ड हुनसक्ने संकेत गरे।

सरकारी निर्णयविरुद्ध सर्वोच्चको आदेश

सर्वोच्च अदालतले विषादी परीक्षणबिना तरकारी तथा फलफूल आयात गर्न दिने सरकारी निर्णय कार्यान्वयन नगर्न नगराउन बुधबार अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले तरकारी आयात गर्ने निर्णयमा संवैधानिक तथा कानुनी प्रश्न उठाउँदै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

तरकारीमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयमा सर्वोच्चको ‘ब्रेक’

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारकाे निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले यस्तो आदेश दिएको हो।

‘सरकारले ईच्छाशक्ति देखाउनु पर्‍यो, विषादी परीक्षणमा समस्या छैन’

नेपालगन्जस्थित रानी तलाउ तरकारी मण्डीमा स्थापना गरिएको ‘विषादी अवशेष दु्रत विश्लेषण इकाई’ अहिले बन्द अवस्थामा छ।

‘विषादीयुक्त’ भारतीय तरकारी र फलफुल प्रधानमन्त्रीलाई उपहार

नेपाल बिद्यार्थी संघ बाँकेले सांकेतिक बिरोध स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई तरकारी र फलफुल उपहार स्वरुप पठाएको छ। भारतबाट आउने तरकारी र फलफुलको विषादी परीक्षण नगरेर जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत काठमाडौं पठाएको हो।

'विषादी परीक्षणको विषय थप तयारीका साथ कार्यान्वयन गरिने'

नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने

पछि हट्ने सरकार, दोष सचिवलाई

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्दा सरकारको चौतर्फी आलोचना भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले विषादी परीक्षण गर्ने निर्णय खारेज गरेको नभई स्थगनमात्र भएको स्पष्ट पारेका छन्।

विषादी परीक्षणको माग गर्दै नेविसंघको राँकेजुलुस, ९ जना पक्राउ

भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणको माग गर्दै नेपाल विद्यार्थी संघले राजधानीमा प्रदर्शन गरेको छ। राँकेजुलुससहितको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर ९ जनालाई नियन्त्रणमा लिएको छ।

‘भारतीय विस्तारवादसामु केपी–पीके सरकारको तावेदारीवाद उदाङ्गियो’

नेकपा मालेले भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयमा आपत्ति जनाएको छ।

विषादीबारे मन्त्री यादवकाे प्रष्टीकरणः तीन सचिवले डुबाए

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन्। सोमबार अपरान्ह मन्त्री यादवले पत्रकार सम्मेलन गरी सचिवहरुको भरपर्दा आफू सो निर्णयका कारण डुबेको बताएका हुन्।

परिपत्र नआउँदा जाँचेर मात्रै भन्सार पास

भन्सार बिन्दुमा पर्याप्त प्रयोगशाला नभएका कारण सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय गरे पनि भैरहवा भन्सार कार्यालयमा विषादी अवशेष चेकजाँच गरेरमात्र तरकारी र फलफूल आयात भइरहेको छ।

विषादी परीक्षण रोक्नु गलत

सरकारले भारतबाट आयात हुने तरकारी वा फलफूलमा हुन सक्ने जीवनाशक विषादीको अवशेष परीक्षण गर्ने काम रोक्ने निर्णय गरेको छ। भारतीय हस्तक्षेपका कारण विषादी परीक्षण रोकिएको यथार्थ लुकाउँदै सरकारले ‘आवश्यक तयारी नुगेकोले’ रोक्नुपरेको तर्क दिएको छ। गत असार २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ‘ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्यरूपमा गर्नुपर्ने व्यवस्था गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्