४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ताप्लेजुङबाट पठाइएका तीन जनाकाे परीक्षण रिपोर्ट नेगेटिभ

ताप्लेजुङबाट मंगलबार दिउँसो पठाइएको ३ जनाकै स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ। स्वास्थ्य कार्यालय ताप्लेजुङका कोरोना संक्रमण सम्बन्धी फाँट हेर्ने फोकल पर्सन हेमराज कठायतले स्वाब परीक्षणका लागि पठाइएको ३ जनाकै रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण हुने

कोरोना भाइरसको संक्रमण भए/नभएको पुष्टि गर्नका लागि दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्कालै परीक्षण ल्याब सञ्चालन हुने भएको छ। प्रतिष्ठानका अनुसार कोरोना भाइरस परीक्षण गर्ने ल्याब बिहिवार काठमाडौंबाट आउँदै छ। ‘ बिहिवारको फ्लाईटबाट कोरोना संक्रमण पुष्टि गर्ने ल्याब आउँदै छ,’ प्रतिष्ठानका उपकुलपती डा. संगिता भण्डारीले भनिन् ‘त्यो सामान आउनासाथ हामीहरुले सेवा सुरू गरिहाल्छौं।’

प्रदेश २ मा कोरोना परीक्षण गर्ने स्वास्थ्यकर्मीलाई बेवास्ता

कोरोना परीक्षणका लागि पिसीआर मेसिन जडान गरिए पनि पर्याप्त व्यवस्थापन र समन्वय नहुँदा प्रादेशिक अस्पताल जनकपुरमा नमुना परीक्षण प्रभावित भएको छ।

कन्ट्रयाक्ट ट्रेसिङ ९० प्रतिशत पुरा

शनिबार यता २ सय ५५ जनाको कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले परीक्षणको दर बढेको बताए। शनिबारसम्म १ हजार ४ सय ४१ जनाको परीक्षण गरिएको थियो।

उदयपुरका थप ८ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

कोरोना भाइरस (कोभिड–१९) संक्रणको आशंकामा उदयपुरका थप ८ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ। जिल्ला अस्पतालले दुई दिनअघि परीक्षणका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको ८ जनाको खकार (स्वाब)को रिपोर्ट मंगलबार नेगेटिभ आएको जनाएको छ।

भरतपुरको प्रयोगशालामा परीक्षण गरिएको २१ नमूना नेगेटिभ

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ।

गुल्मीका  ५ जनाको स्वाब परीक्षण गर्न भैरहवा पठाईयो

कोरोना संक्रमणको आशंकामा गुल्मी जिल्लाका पाँच  जना को स्वाब परीक्षण गरिने भएको छ। जिल्लाको रेसुंगा नगरपालिका, मुसिकोट नगरपालिका र सत्यवती गाउँपालिकामा क्वारेन्टाईमा रहेका पाँच जनाको स्वाब संकलन गरेर परीक्षणका लागि मंगलवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको हो।

उच्च क्षमताको मेसिन गुपचुप राखेर नयाँ माग

अघिल्लो साता पोखरा ल्याइएको कोरोना भाइरस परीक्षण मेसिनले दैनिक बढीमा १२ वटा नमुनाको रिपोर्ट दिन सक्छ। तर यहाँ रहेको पुरानो मेसिनले दुई सिफ्ट चलाउँदा दैनिक एक सय ४० वटासम्म नमुना परीक्षण गर्न सक्छ। उच्च क्षमताको मेसिन हुँदाहुँदै पनि सुरुमै प्रयोगमा नल्याउनुले संशय उब्जाएको छ।

स्वाव परीक्षण सुस्त

कोरोना संक्रमण रोक्न सरकारले लकडाउन गरे यता विदेशबाट आठ हजार ५ सय ५० जना नागरिक कर्णाली प्रदेशमा भित्रिएका छन्। सरकारले लकडाउनको अवधिमा विदेशबाट आउने सबै नागरिकहरुलाई न्यूनतम १४ दिन क्वारेन्टाइनमा राख्न र उनीहरुको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ।

अब देशभरका १० स्थानबाट कोरोना परीक्षण हुने

सरकारकाले देशभरी विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमुना परीक्षण सुरु गरेको छ। काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण सुरु गरिएको हो।

ताप्लेजुङबाट ३ जनाको स्वाब परीक्षणका लागि पठाउने तयारी

जिल्ला अस्पतालको आइसोलेसन कक्षमा रहेका एकसहित तत्काल ताप्लेजुङका ३ जनाको स्वाब टेष्ट गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईने भएको छ। जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले स्वाब परीक्षणका लागि पहिलो चरणमा ३ जनालाई सूचीमा राखिएको जानकारी दिए।

चैत महिनामा नेपाल प्रवेश गरेका सवैको कोरोना परीक्षण गरिने

सरकारले चैत महिनामा बिभिन्न देशबाट नेपाल प्रवेश गरेका सवैको कोरोना परिक्षण गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाटनेपाल आएपछि बढी मात्रामा कोरोना संक्रमण देखिएका जिल्लाहरुमा पहिलो चरणमा विदेशबाट आउने सवैको परीक्षण गर्ने निर्णय भएको आइतवार जानकारी दिएको हो।

चार जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

रोल्पाबाट कोरोना परीक्षणका लागि पठाइएका ४ वटै स्वाव रिर्पोट नेगेटिभ आएको छ । भारतबाट आएका ३ र ईट्टाभट्टाबाट आएका १ जनामा कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएपछि चिकित्सकको सल्लाहमा शनिवार स्वाव परीक्षणका लागि पठाइएको थियो ।

सिन्धुलीमा ६ जनाको कोरोना परीक्षण, सबैको रिर्पोट निगेटिभ

जिल्ला अस्पताल सिन्धुलीबाट हालसम्म ६ जनाको कोरोना भाइरस (कोभिड १९) को परीक्षण गरिएको छ। परीक्षण  गरिएका सबैको रिर्पोट निगेटिभ आएको जिल्ला अस्पताल सिन्धुलीका प्रवक्ता डा.प्रसन्नजङ्ग राजभण्डारीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्