४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मस्जिदमा बसेका भारतीयको स्वाब परीक्षण

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको अवस्थामा १२ भारतीय इस्लाम नागरिकलाई मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरेको छ।

ताप्लेजुङमा पहिलो चरणमा ६१ जनाको आरडीटी परीक्षण गर्ने तयारी

चैत महिनादेखि यता भारतसहित तेस्रो मुलुकबाट ताप्लेजुङ आएका ६१ जनाको र्‍यापीड डाईग्नोस्टिक टेष्ट (आरडीटी) किटबाट परीक्षण गरिने भएको छ। कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको मंगलबार बसेको बैठकले बुधबारबाट परीक्षण थाल्ने निर्णय गरेको हो।

डोटीमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

आदर्श गाउँपालिका–५ लामिखालका नरेश नागरीले आइतबार १९ दिन लामो पट्यार लाग्दो क्वारेन्टाइन बसाई बिट मारे। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले उनको ‘थ्रोट स्वाब’ परीक्षणका लागि लगेको थियो। आइतबार नतिजा आयो, कोभिड–१९ नेगेटिभ।

रसुवामा ७ जनाको कोरोना रिर्पोट नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्दा सात जनाको रिर्पाेट नेगेटिभ आएको छ। जिल्लाको कालिका गाउँपालिका– ५, जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पतालमा परीक्षण गरिएको सात जनाको रिर्पोट नेगेटिभ आएको हो। यहाँ आइतबारदेखि अस्पतालमा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) सुरू भएको हो।

ताप्लेजुङबाट थप एकको स्वाब परीक्षणका लागि पठाइयो

ताप्लेजुङबाट थप १ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ। निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले एक महिलाको स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाइएको जानकारी दिए।

ओखलढुंगाका ४ जनाको रिपोर्ट पनि नेगेटिभ

कोरोना परीक्षणका लागि ओखलढुंगाबाट धरान पठाइएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ। जिल्ला अस्पताल रुम्जाटारको आइसोलेसनमा रहेका ४ जनाको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

ताप्लेजुङका लागि आयो १ सय २० थान र्‍यापिड परीक्षण किट

प्रदेश नं १ सरकारले ताप्लेजुङका लागि १ सय २० थान कोराेना भाइरस (कोभिड–१९)को द्रुत गतिमा परीक्षण गर्ने र्‍यापिड परीक्षण किट (आरडीटी) पठाएको छ।

कोरोना परीक्षण गति सुस्त

कोरोना संक्रमण नियन्त्रणमा राख्न विज्ञहरुले परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दोहो-याउँदै आए पनि अझै त्यसो हुन सकेको छैन। सबै प्रदेशमा कोरोना परीक्षण ल्याब स्थापना गरेर परीक्षणको काम थालिए पनि यसले अपेक्षाअनुसार गति लिन सकेको छैन। परीक्षणको गति र दायरा बढाउन निरन्तर दबाब बढ्दै गएपछि स्वास्थ्यकर्मीले केहीदिन यता किटमार्फत -यापिड टेस्टसमेत गर्न थालेका छन्।

कैलालीमा ३ सय ३९ को कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

र्‍यापिड परीक्षणको रिपोर्ट आउन सुरु गरेको छ। स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सातवटै प्रदेशमा ५ हजारका दरले वितरण गरिएकोमा केही जिल्लाबाट रिपोर्ट समेत आउन सुरु गरेको बताए। ४ जनामा कोरोना संक्रमण देखिएको कैलालीमा बिहीबारयता ३ सय ३९ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

परीक्षणको दायरा अझै बढाउन माग

कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहलले मुलुकभित्र पहिलो संक्रमण देखिएको लामो समय बित्दासमेत सरकारले परीक्षणको दायरा नबढाएको भन्दै चिन्ता व्यक्त गरेको छ।

बागलुङमा पहिलो दिन १४ को परीक्षण

बागलुङमा कोरोना सङ्क्रणको उच्च जोखिम बढेपछि शुरु भएको दु्रत परीक्षण (र्‍यापिड टेष्ट) को पहिलो दिन बिहीबार १४ को नमूना परीक्षण भएको छ।

अहिलेसम्म कति जनाको कोरोना परीक्षण भयो ?

आइतबार यता गरिएका कोरोना भाइरस परीक्षणमा कुनैपनि व्यक्तिमा संक्रमण भेटिएको छैन्। आइतबार यता पाँच दिनमा कुल १ हजार ४ सय ५४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ।

पहिलो पटक एक सय ९० जनाको स्वाब काठमाडौ पठाइयो

स्थानीय सरकारले बनाएका विभिन्न क्वारेन्टाइनमा रहेकाहरु एवं कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखा परेकाहरुको परीक्षणका लागि ‘थ्रोट स्वाब’ नमुना संकलन गरिएको छ। बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वाब संकलन गरिने उपकरण (भिटिएम)डडेल्धुरा ल्याईएपछि स्वाब संकलन गरि परीक्षणका लागि धनगढी हुँदै काठमाडौ पठाइएको हो।

भारतबाट आएका युवाको स्वाब परीक्षणका लागि पोखरा पठाइयो

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको आशंकामा बेनी नगरपालिकाका एक युवाको स्वाब परीक्षणको लागि बिहीबार पोखरा पठाइएको छ।

आइसोलेसनबाट भागेका एकको स्वाब परीक्षणमा पठाइयो

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा राखिएको अवस्थामा भागेपछि खोटाङमा फेला परेका एक पुरुषको स्वाब परीक्षणमा पठाइएको छ। कटारी आइसोलेसनमा राखिएको अवस्थामा गत चैत १४ गते भागेपछि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा फेला परेका उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका नेपाली थरका ३९ वर्षीय पुरुषको स्वाब परीक्षणका लागि पठाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्