४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कैलालीमा ३ सय ३९ को कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं- र्‍यापिड परीक्षणको रिपोर्ट आउन सुरु गरेको छ। स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले   सातवटै प्रदेशमा ५ हजारका दरले वितरण गरिएकोमा केही जिल्लाबाट रिपोर्ट समेत आउन सुरु गरेको बताए। ४ जनामा कोरोना संक्रमण देखिएको कैलालीमा बिहीबारयता ३ सय ३९ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। यसैगरी कञ्चनपुरमा ३ सय ७६, कपिलवस्तुमा २१ र बाग्लुङमा १९ जनाको परीक्षण गरिएको छ। उनीहरु सबैको रिपोर्ट पनि नेगेटिभ आएको प्रवक्ता डा. देवकोटाले बताए।

उपत्यका बाहिर १० स्थानबाट कोरोना परीक्षण भइरहेको छ। कोशी अस्पतालमा शुक्रबारबाट मेसिन जडान भएसँगै उपत्यका सहित देशभरी १० स्थानबाट परीक्षण थालिएको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले डडेल्धुरा, बैतडी तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ७ सय बढी नमुना परीक्षणका लागि संकलन गरि पठाएको छ।

सरकारले सेवा बाहिर रहेका र अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई स्वेच्छिक रुपमा आवद्ध हुन पनि आग्रह गरेको छ। शुक्रबार ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यका भित्र १५ र बाहिर ११० गरी १ सय २५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै आइतबारयता छैटौँ दिनसम्म नेपालमा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन्। शनिबार एकैदिन तीनजनामा कोरोना भाइरसको लक्षण देखिएपनि त्यसयता भने नयाँ विरामी फेला नपरेको प्रवक्ता देवकोटाले बताए। पछिल्लो २४ घण्टामा परीक्षण रिपोर्ट आएका ६ सय ३० जनामा पनि नेगेटिभ देखिएको छ। उपत्यका ४ सय १ र बाहिर २ सय २९ वटा परीक्षण भएका छन्। मन्त्रालयका प्रवक्ता डा. देवकोटाले अहिलेसम्म ३ हजार ५ सय २४ जनाको कोरोना परीक्षण भएको बताए। अहिले ८ सय भन्दा बढी नमुना परीक्षणको क्रममा रहेका छन्।

 

प्रकाशित: २८ चैत्र २०७६ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App