२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एपिएफलाई स्तब्ध पार्दै दाउफिन्स अन्तिम चारमा

पाहुना टोली क्यामरुनको दाउफिन्स क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। तेस्रो क्वार्टरफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ गोलअन्तरले पाखा लगाउँदै दाउफिन्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

बंगलादेशको जितबाट नेपाल सेमिफाइनलमा

२०१६ को फाइनल भिडन्तमा भारतसँग पराजित हुँदै उपविजेता बनेको बंगलादेशले बिहीबार साफ महिला च्याम्पियनसिपमा भुटानलाई २–० ले पराजित गरेपछि नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ।

दार्लिलिङलाई हराउँदै पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लब सदरमुकामको ठूलो टुँडिखेलमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबारको खेलमा भारत दार्जिलिङको युनाइटेड क्बललाई २–१ गोलले पराजित गर्दै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो।

झापा गोल्डकप : एपिएफलाई हराउँदै आर्मी अन्तिम चारमा

सशस्त्र प्रहरीको एपिएफ क्लबलाई क्वार्टरफाइनलमा रोक्दै त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। एपिएफलाई ३–० ले पराजित गर्दै आर्मीले अन्तिम चार सुरक्षित गरेको हो।

हङकङ नेप्लिज एकेडेमीलाई रोक्दै आयोजक झापा–११ सेमिफाइनलमा

पाहुना टोली हङकङ नेप्लिज एकेडेमीलाई १–० ले पछि पार्दै आयोजक झापा ११ ले मगमग झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। जितका लागि झापा ११ का कप्तान कर्ण लिम्बुले खेलको ४१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। निशान्त खड्काको क्रस पासमा हेडमार्फत गोल गर्दै लिम्बुले झापालाई अग्रता दिलाए।

थ्री स्टार आहा रारा गोल्डकपको फाइनलमा

झरीले रुझेको मैदान हिलाम्यसँगै चिप्लो उस्तै। खेलाडी आफैं पनि नियन्त्रण हुन कठिनाई थियो। बुधबार बिहानैदेखि परेको पानीले पोखरा रंगशालामा १७औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा रुस्लान थ्री स्टारले विभागीय टोली एपिएफलाई अन्तत् पेनाल्टी सुटआउटमार्फत पन्छायो।

त्रिभुवन आर्मी सेमिफाइनलमा

मध्यान्तरपछि उत्कृष्ट फुटबल पस्किँदै कमब्याक गरेको त्रिभुवन आर्मी  क्लबले १७औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनल सुरक्षित गरेको छ।

मनाङलाई रोक्दै एपिएफ सेमिफाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग १–० ले स्तब्ध हुँदै सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७५ को उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १७औं आहा रारा गोल्डकपबाट बाहिरिएको छ। विजयी एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक खेलमा शनिबार एपिएफले मनाङलाई पराजित गर्दा प्रदीप लामाको गोल निर्णायक भयो।

झापा ११ माथि दाउफिन्सको फराकिलो जित

झापा ११ लाई भारी गोलअन्तरले हराउँदै पाहुना टोली दाउफिन्स एफसी क्यामरुन बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

तिलोत्तमा गोल्डकप : दार्जिलिङलाई हराउँदै पुलिस सेमिफाइनल प्रवेश

विभागीय टिम नेपाल पुलिस क्लब बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। एन्फा एकेडेमी खेल मैदान देवीनगरमा मंंगलबार भएको खेलमा पाहुना टोली दार्जिलिङ युनाइटेड भारतलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनल पुगेको हो।

सडन डेथबाट रूपन्देही सेमिफाइनलमा

सुनसरी ११ लाई सडेन डेथमा  ५–४ ले निराश पार्दै  आयोजक लाली रूपन्देही ११ आइतबार बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

डाफिन्सको जितमा एन्जमा नायक

एन्जमा यानिकको दुई गोल मद्दतमा बुधबार एपिएफलाई २–० ले पराजित गर्दै क्यामरुनी क्लब डाफिन्स धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ। हारपछि  एपिएफ  पहिलो खेलबाटै बाहिरिएको छ।

सन्दीपको टोली सेमिफाइनलमा

नेपाली युवा स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिएको खेलमा मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि फराकिलो जित निकाल्दै अस्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट लिगको सेमिफाइनलमा स्थान बनाएको छ। मेलबर्न क्रिकेट ग्राउन्डमा आइतबार भएको लिगको अन्तिम खेलमा सिक्सर्समाथि ९४ रनको फराकिलो जित निकाल्दै सन्दीपको क्लब सेमिफाइनल पुग्न सफल भएको हो।

टाइब्रेकरबाट मनाङ सेमिफाइनलमा

टाइब्रेकरबाट दश खेलाडीमा सीमित ब्रिगेड ब्वाइजलाई ५–४ ले पाखा लगाउँदै लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब बुधबार मनकामना केवलकार पोखरा कपको सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित र थपिएको समयमा १–१ गोलको बराबरी भएपछिछ खेल टाइब्रेकरमा पुगेको थियो।

मदन भण्डारी गोल्डकप : आयोजकलाई हराउँदै मनाङ सेमिफाइनलमा

आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब काठमाडौं, इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्