९ आश्विन २०८१ बुधबार
image/svg+xml

‘मैले न्यायाधीश भेटेको छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई भेटेको भन्ने समाचार गलत भएको भन्दै स्पष्टीकरण दिएका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटनको विषय सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा आफूले कुनै न्यायाधीशलाई नभेटेको तर अदालतप्रति वितृष्णा उत्पन्न गराउन त्यस्तो प्रचारबाजी गरेको बताएका छन्।

चार न्यायाधीशहरुलाई आफूले भेटेको प्रमाणित गर्न प्रधानमन्त्री ओलीको चुनौति

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको विषय सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा आफूले कुनै न्यायाधीशलाई नभेटेको बताएका छन्।

अब कांग्रेससंग संयुक्त आन्दोलन : नेकपा अध्यक्ष नेपाल

‘कांग्रेस लोकतन्त्रबादी दल हो,यसर्थ उसले लोकतन्त्रलाई मास्ने षडयन्त्र बुन्दैन,’ नेपालले भने ‘लोकतन्त्रको रक्षाका निम्ती कांग्रेस जिम्मेवार छ, र संसद विघटन गरेर मासिएको लोकतन्त्रलाई जिवित तुल्याउनका लागि कांग्रेस हामीसंगै आन्दोलनमा हुने छ ।’

नेपाल–दाहाल समूहको निर्णयः ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने

नेपाल कम्युनिस्ट पार्टी नेपाल–दाहाल समूहले केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। नेपाल–दाहाल समूहको शुक्रबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी साधारण सदस्यताबाट पनि हटाउने गरी कारबाही प्रक्रिया अगाडि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

ओलीलाई पार्टी सदस्यबाटै हटाउने प्रचण्ड–नेपाल समूहको तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको सदस्यबाट नै हटाउने तयारी गरेको छ।

‘ओली नांगो राजा, बालुवा पेलेर तेल आउँदैन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ‘नांगो राजा’ भएको टिप्पणी गरेका छन् । शरीरमा लुगा नलगाएको राजालाई सबैले आहा ! कति राम्रो लुगा लगाएको भन्ने तर राजाले आफू नांगो भएको महसुसै नगर्ने र नांगो कसैले पनि भन्न नसक्ने प्रसंग सुनाउँदै नेपालले ओली पनि नांगो राजा भएको टिप्पणी गरे । काठमाडौंमा दाहाल–नेपाल समूहले बुधबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

केपी ओली कमरेड होइन, तानाशाही हो : अष्टलक्ष्मी शाक्य

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाही शासकको संज्ञा दिएकी छन्।

केपी ओलीभन्दा माधव नेपाल हजार गुणा बढी क्रान्तिकारी : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव कुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा हजार गुणा बढी क्रान्तिकारी भएको बताएका छन्।

प्रधानमन्त्रीले संघीयता, गणतन्त्र र समावेशितालाई समाप्त पार्न खोज्नुभयो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संघीयता, गणतन्त्र र समावेशितालाई समाप्त पार्न खाजिएको आरोप लगाएका छन्।

अलमलमा देउवा

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक मान्दै आए पनि नेपाली कांग्रेस अहिलेसम्म त्यसको पुनःस्थापनाको पक्षमा उभिन सकेको छैन। ओलीको यो कदम सर्वसत्तावादी आकांक्षाबाट प्रेरित रहेको भन्दै कांग्रेस विरोधमा उत्रिए पनि सभापति शेरबहादुर देउवाको अलमलका कारण पार्टी अनिर्णयको बन्दी बन्न पुगेको छ।

ओली गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट विचलित भए : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट प्रधानमन्त्री ओली विचलित भएको आरोप लगाएका छन्।

नेपाल एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताएका छन्।

राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सरकालाई किन हतार ?

आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पुस १७ गतेबाट सूचारु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो। जसअनुसार राष्ट्रपतिबाट जारी अधिवेशन अन्त्यको घोषणा भयो। र, राष्ट्रिय सभाको चारवटा मात्र बैठक बसेर हिउँदे अधिवेशन अन्त्य भयो।

अदालतलाई नधम्क्याउन ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले चार पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतलाई धम्क्याउन खोजेको आरोप लगाएका छन्। ओलीले चार प्रधानन्यायधीशले प्रतिनिधिसभा विघटनलाई संविधानविपरीत भन्दै वक्तव्यमार्फत सर्वोच्च अदालतलाई धम्क्याउन खोजेको आरोप लगाउँदै सडकबाटै फैसला दिन खोज्ने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिएका छन्।

ओलीको आरोप : भीम रावल सुदूरपश्चिम प्रदेशको समस्या

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेता भीम रावललाई सुदूरपश्चिम प्रदेशको विकासको वाधक भएको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्