coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अब कांग्रेससंग संयुक्त आन्दोलन : नेकपा अध्यक्ष नेपाल

नेकपा अध्यक्ष माधबकुमार नेपालले नेपाली कांग्रेससंगको सहकार्यमा संसद बिघटन बिरुद्ध’ को आन्दोलन थालिने बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउबासंग केहि दिन अघि गोप्य भेट गरेका अध्यक्ष नेपालले संसद पुनरस्थापनाका लागि कांग्रेस र नेकपाको संयुक्त आन्दोलन चल्ने दाबी गरे ।

प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने ‘नेपाली कांग्रेस र नेकपाले संयुक्त रुपमा संसद पुनरस्थापनाका लागि आन्दोलन गर्छौँ ।’ देउबासंगको भेटमा लोकतन्त्र रक्षाका बिषयमा गम्भिर छलफल भएको भन्दै उनले संसद बिघटनको मुद्धामा एक भएर लाग्ने सहमती बनेको पनि नेपालले वताए । ‘कांग्रेस लोकतन्त्रबादी दल हो,यसर्थ उसले लोकतन्त्रलाई मास्ने षडयन्त्र बुन्दैन,’ नेपालले भने ‘लोकतन्त्रको रक्षाका निम्ती कांग्रेस जिम्मेवार छ, र संसद विघटन गरेर मासिएको लोकतन्त्रलाई जिवित तुल्याउनका लागि कांग्रेस हामीसंगै आन्दोलनमा हुने छ ।’ उक्त भेटमा देउबासंग सत्तासमिकरणका बिषयमा भने कुनै कुराकानी नभएको उनले वताए । सञ्चार माध्यममा आएजस्तो देउबालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको नभई संसद पुनरस्थापनाको बिषयमा मात्रै कुराकानी भएको वताए । ‘सत्ता गौण कुरा हो, यहाँ लोकतन्त्रको चिन्ताको बिषय हो,’ उनले भने ‘त्यो भेटमा सत्ताको बिषयमा नभई संसद बचाउने बिषयमा कुरा भएको हो ।’ त्यसोत, देउबाले पनि नेपाल र पुष्पकमल दाहालसंगको भेट पछि आफ्नो बोली परिवर्तन गरेका छन् ।  

यसअघि अदालतमा बिचाराधिन मुद्धामा कांग्रेस केहि पनि बोल्न नमिल्ने भन्दै मध्याबधि निर्वाचनको पक्षमा आफ्नो अपुष्ट धारणा राख्दै आएका उनले उक्त भेटपछि भने अदालतलाई प्रधानमन्त्री र राष्ट्रपतिले प्रभावित पार्न खोजेको आरोप लगाएका थिए ।

एक अर्को प्रसंगमा नेकपा अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीर्ला विध्वंशको अर्को नामका रुपमा अथ्र्याए । नेपाली शब्दकोषमा रहेका सबै नकारात्मक शब्दको अर्को नामका रुपमा ओलीलाई चित्रण गरेका नेपालले भने ‘तपाई नेपाली शब्दकोषमा नराम्रा शब्दहरु खोज्नुस्, ति सबै शब्दको अर्को नाम केपी शर्मा ओली हो ।’ ४८ बर्षे लामो राजनीतिक संगतको भुक्तभोगी आँफू रहेको भन्दै नेपालले थपे ‘ओलीलाई कसरी सहेको छु मलाई भन्दा अरु कसैलाई थाहा छैन ।’ ओलीलाई पार्टीको साधारण सदस्य समेतबाट निश्काषण गर्ने प्रकृया सुरु गरिसकेको वताएका नेपालले अब उनिसंग पुनः एकता असम्भव रहेको वताए । नेकपाका नेता बामदेव गौतमले थालेको एकता अभियानका बारेमा सोधिएको प्रश्नमा उनले भने ‘यो अब सम्भवै छैन,तर बामदेव जिले आफ्नो तर्फबाट पहल गर्न त पाउनु भयो, त्यो उहाँको अधिकारको कुरा हो ।’ 

आधिकारीक नेकपा आँफुहरुको पार्टी रहेको भन्दै उनले नाम र सुर्य चिन्हमाथिको केपी मोह ब्यर्थ रहेको समेत नेपालले वताए । ‘उहाँ कम्युनिष्ट नै हैन,उहाँले नेकपा र सुर्य चिन्हको आश राख्नु व्यर्थ हो,’ उनले भने ‘यत्ति कुरा सत्य हो, नाम र सुर्य चिन्ह हाम्रो हो , कसैले खोसेर लान सक्दैन ।’ उनले ओली समुह मदन भण्डारी फाउण्डेशन मार्फत सञ्चालित सानो गुट मात्रै रहेको भन्दै त्यो कुनै पार्टी नरहेको समेत बताए ।  

यसैविच तुलसीपुरमा ओली नेपाल समुहको नेकपाले शनिवार तुलसीपुरमा कार्यकर्ता भेला आयोजना गरेको छ । उक्त भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल सहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, बर्षमान पुन, ओनसरी घर्ती लगाएत नेताहरु दाङ आएका छन् । 

 

यो पनि पढ्नुहोस्

नेकपा स्थायी कमिटीमा अध्यक्ष द्वयको संयुक्त राजनीतिक प्रस्ताव, वामदेवको छुट्टै

 

प्रकाशित: ३ माघ २०७७ ०५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App