८ आश्विन २०८१ मंगलबार
image/svg+xml

महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाएका छन्।

माओवादीले विश्वासको मत फिर्ता लिए अन्य दलसँग सहकार्य गर्छु : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतालाई कानुनी र व्यवहारिक रुपमा जोगाउन नसकिएको बताएका छन्। आइतबार साँझ बालुवाटारमा बसेको संसदीय आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले नेकपाको नाममा सम्बन्धमा सर्वोच्चले गरेको फैसलालाई कार्यान्वयन गर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। प्रधानमन्त्री ओलीले आफूले खोप लगाएर दोस्रो चरणको खोप अभियानको औपचारिकरुपमा शुभारम्भ गरेका छन्।

साकार बन्दै मेलम्ची सपना

२०४८ सालको आम निर्वाचनमा नेता कृष्णप्रसाद भट्टराई काठमाडौं–१ बाट उम्मेदवार थिए। चुनावी प्रचारप्रसारका क्रममा खानेपानी समस्या बेहोरिरहेका मतदातालाई आफूतिर तान्न उनले ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे। ठट्यौला भट्टराईको यो नारालाई धेरैले ठट्टाकै रूपमा लिए।

'११६ सिट जितेको पार्टीलाई भत्काएर २३ सिट जितेको कांग्रेसलाई लौ न प्रभु भन्दैछन्'

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौंको सुन्दरीजल झरेसँगै आफ्नो लामो समयदेखि सपना पूरा भएको बताएका छन्। शनिबार मेलम्चीको पानी काठमाडौंमा खसाल्ने कार्यक्रमको अवलोकनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौं पुगेपछि महत्वपूर्ण उपलब्ध हासिल भएको बताए।

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन्। स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीकाअनुसार प्रधानमन्त्री ओलीले भोलि आइतबार बिहान १० त्रिवि शिक्षण अस्पतालमा गएर कोरोना खोप लगाउने भएका हुन्।

राष्ट्रका लागि असाधारण र दूरगामी महत्वका काम गर्ने ओलीलाई घेराबन्दीमा पारियो : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण र दूरगामी महत्वका काम गरेको दाबी गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओली पक्षीय मुख्यमन्त्री पोखरेलले देशका लागि धेरै काम गरेको भएपनि प्रधानमन्त्रीलाई अहिले चौतर्फी घेराबन्दीमा पारिएको बताएका छन्।

‘प्रधानमन्त्रीलाई हटाउन कदम चाल्नुपर्छ’

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन आवश्यक कदम चाल्नुपर्ने बताएका छन्। बिहीबार खोटाङको जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता राईले संसद् पुनस्र्थापना भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा दिनुपर्ने राजीनामा नदिएकाले प्रधानमन्त्रीबाट हटाउन कदम चाल्नु पर्ने बताएका हुन्।

अविश्वास प्रस्तावको गृहकार्य

नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ। शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ।

शान्तिपूर्ण मार्गमा हिँड्ने विप्लवको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार शान्तिपूर्ण राजनीतिमा पौडिन आएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति प्रशंसाका शब्दहरू समर्पण गरे। उनीभन्दा अघि बोलेका महासचिव चन्दले ‘घाम र जुनको पनि भेट हुने रैछ’ भन्दै आफूहरूले शान्तिपूर्ण राजनीतिक बाटो रोजेको बताएका थिए। ओलीले विप्लवसँग सहमति रातारात नभएको उल्लेख गर्दै त्यसका लागि पहिलेदेखि नै संवाद हुँदै आएको स्पष्ट पारे।

मलाई तराईमा पस्न नदिए पनि पानी पसाइदिन्छु : प्रधानमन्त्री ओली

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नै पार्टीमा देखापरेको विभाजनप्रति लक्षित गर्दै पिलो निचोरिँदैमा शरीरको ओजन नघट्ने बताए। उनले केहीकेही पिलो निचोरिएर तथा उछिट्टिएर जाने भएकाले चिन्ता नगर्न कार्यकतालाई आग्रह गरे। उनले पार्टी एकताको प्रयासमा प्रहार भएको भन्दै हावाहुरीले हाँगा भाँच्ने र केहीकेही ठाँउमा पहिरो खस्ने बताए।

प्रधानमन्त्रीका पक्षमा ९२ सांसद, अबको प्रधानमन्त्री पनि ओली नै हुन्ः महेश बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रतिनिधिसभाका ९२ जना सांसद पुग्ने जिकिर गरेका छन्।

आउँदो चुनावमा दुई तिहाई ल्याएर सिंहदरबार फर्किन्छु : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको बताएका छन्। मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई कसैले हटाउन सक्छ भने हट्न तयार रहेको तर त्यो हसज भने नहुने बताएका हुन्।

दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजले चाँडै सम्बन्धन पाउँछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको प्रस्तावित बिएन्डसी मेडिकल कलेजले चाँडै सम्बन्धन प्राप्त गर्ने बताएका छन्। दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको क्यान्सर अस्पतालको मंगलबार झापाकाे बिर्तामोडमा उद्घाटन गर्दै ओलीले सम्बन्धनका लागि प्रक्रिया अघि बढेको र बिएन्डसीले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाउने दाबी गरे।

‘खेलकुद पूर्वाधारलाई बजेट अभाव हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन खेलकुद पूर्वाधारका लागि बजेट अभाव हुन नदिने अठोट व्यक्त गरेका छन्। सोमबार पोखरा प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका प्रधानमन्त्रीले पोखरा रंगशाला निरीक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्