coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'११६ सिट जितेको पार्टीलाई भत्काएर २३ सिट जितेको कांग्रेसलाई लौ न प्रभु भन्दैछन्'

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौंको सुन्दरीजल झरेसँगै आफ्नो लामो समयदेखि सपना पूरा भएको बताएका छन्। शनिबार मेलम्चीको पानी काठमाडौंमा खसाल्ने कार्यक्रमको अवलोकनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौं पुगेपछि महत्वपूर्ण उपलब्ध हासिल भएको बताए।

‘लामो समयपछि सपना पुरा भएको छ। हामीले मुख्य उपलब्धी हासिल गरेका छौं, यसै सरकारका पालामा,’ उनले भने, ‘कहिलेकाँही आफ्नै पार्टीबाट काम हुन दिएनन् भन्नुपर्थ्याे। अब त प्रमाणित भयो होला नि।’

सम्बोधनका क्रममा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले संसद् पुनःस्थापनापछि चितवनमा लड्डु खाएर खुसियाली साटासाट गरेको प्रसंगलाई पनि लक्षित गरेका थिए। ‘साथीहरु जहाँ पायो त्यहीँ लड्डु खाने हैन, यस्तो बेलामा खानुपर्छ,’ ओलीले भने,‘खास खुशी भनेको यो हो।’

अर्को प्रसंगमा उनले प्रचण्ड–नेपालले सरकारको नेतृत्वका लागि कांग्रेससँग बिन्ति बिसाएको आरोाप लगाए। ‘हाम्रो पार्टीले प्रत्यक्षमा ११६ सिट जितेको छ। प्रत्यक्ष ११६ सिट जितेको पार्टी भत्काउने २३ सिट जितेको कांग्रेसलाई लौ न प्रभु नेतृत्व गर्दिनुपर्‍ययो भन्ने। यो जनताको आदेश हो? जनताको इच्छा हो?,’ उनले भने, ‘यिनीहरु लोतकन्त्रका विधि पद्धतिका कुराहरु गर्छन्। झुटा र नक्कली कुरासँग भ्रममा नपर्न म साथीहरुलाई अनुरोध गर्न चाहन्छु। त्यतापट्टि चिन्ता नलिनुहोस्, तिनीहरुलाई हामी ठेगान लगाइहाल्छौं।’

बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा भरिएको पानी शनिबार सुन्दरी जल झारिएको हो। निर्माण सुरु भएको करिब १२ वर्षपछि मेलम्चीको सुरुङबाट ल्याइएको पानी सुन्दरीजलमा आइपुगेको हो।

प्रकाशित: २२ फाल्गुन २०७७ १३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App