३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

२७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै

कात्तिक २ र ३ गते ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि दुई वर्षसम्मका चार लाख बालबालिकालाई बालभिटा खुवाइने छ। त्यस्तै पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ।

बालबालिकालाई दसैंको बिदामा कसरी खुसी राख्ने ?

बालकदेखि वृद्धसम्म महिला पुरुष सबै नेपालीका लागि खुसी लिएर आउने चाड हो दसैं । आफन्तसँगको भेटघाट, नयाँ ठाउँको घुमघाम, नयाँ लुगा, टीका–जमरा यिनै हुन् दसैँलाई रमाइलो बनाउने कुराहरू । नेपालीहरूको महान् चाड भएकैले दसैंमा विद्यालयहरूले बालबालिकालाई लामो बिदा दिएका हुन्छन् ।

चेपाङ बालबालिका पढ्ने विद्यालयलाई ९२ लाख

कुल विद्यार्थीमध्ये ५० प्रतिशतभन्दा बढी चेपाङ बालबालिका अध्ययन गर्ने मकवानपुरको श्रीप्रजा प्रगति आधारभूत विद्यालयलाई जापानले ९२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

बाबुबाट कठोर यातना पाएका बालबालिकाको अभिभावकत्व स्थानीय सरकारले लिने

बाबुबाट पटक पटक कठोर यातना भोगेका थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिका बालबालिकालाई स्थानीय सरकारले अभिभावकत्व दिने भएको छ।

प्रारम्भिक बालविकासमा एकीकृत ऐन आवश्यक

सरकारले प्रारम्भिक बालविकास केन्द्रका बालबालिकाहरूको सर्वाङ्गीण विकास गर्न एकीकृत बालअधिकार ऐन ल्याउनुपर्ने माग प्रारम्भिक बालविकासका लागि सासंदहरुको सहकार्य समन्वय समूह (ककस)का सदस्यहरूले बताएका छन्। ककसको मुख्य आयोजना र सेतोगुराँस राष्ट्रिय बालविकास सेवाको सहआयोजनामा काठमाडौंमा भएको नेपालमा प्रारम्भिक बालविकास प्रवद्र्धन पुस्तिका विमोचन कार्यक्रममा सांसदहरूले बालबालिकाको विकास गर्न गर्भावस्थादेखि ८ वर्ष उमेरसम्मको सर्वाङ्गीण विकासको जिम्मेवारी राज्यले गर्नुपर्ने आवाज उठाएका हुन्।

राजधानीको विभिन्न स्थानका सडकबाट २९ बालबालिकाको उद्धार

बालबालिका खोजतलास समन्वय केन्द्रले राजधानीको विभिन्न स्थानका सडकबाट २९ बालबालिकाको उद्धार गरी पुनःस्थापना गृहमा आश्रयका लागि पठाएको छ। भृकुटीमण्डपस्थित केन्द्रबाट खटिएको टोलीले ती बालबालिकाको उद्धार गरेको हो।

उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा

जिल्लाकोे शैक्षिक अवस्था खस्किएको गुनासो आइरहेकाबेला वडाभित्र रहेका सबै एक हजार ६ सय ३० बालबालिका विद्यालयमा भर्ना भएका हुन्।

शिक्षाबाट वञ्चित बालबालिका

बाबु–आमालाई छोराछोरीको पढाइ लेखाइ गराउने ठूलो रहर भए पनि स्कुलमा नाम लेखाउने, किताब, कापी, झोला र ड्रेस किन्ने पैसाको जोहो गर्न नसक्दा विद्यालय जाने उमेरमा घरमै बिताइरहनुपरेको उनको दुखेसो छ।

सडक बालबालिका उद्धार र संरक्षण कार्य देशव्यापी बनाइने

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले सडक बालबालिकाको उद्धार र व्यवस्थापन गर्ने कार्य देशव्यापी बनाउँदै लगेको बताएका छन्। काठमाडौँ उपत्यकाबाट शुरु भएको उक्त कार्यक्रम क्रमशः देशव्यापी बनाइने जानकारी दिए।

एक वर्षमा एक हजार ११ जना सडक बालबालिकाको उद्धार

सरकारले गत एक वर्षभित्र काठमाडाैं उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्धार गरेको छ।

इन्टरनेट, स्मार्ट फोन र बालबालिका /किशोर किशोरीहरु

हालै प्लेयर अननोन ब्याटल ग्राउन्ड वा छोटकरीमा (पीउबिजी) भनिने भिडियो गेम सरकारले बन्द गर्‍यो भन्ने सूचना आयो । केही पत्रपत्रिकाले यसबारे समाचार लेखे ।

बालबालिकाका लागि दुर्घटना बीमा

रम्भा गाउँपालिकाले दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न बालबालिकाको दुर्घटना बीमा कार्यक्रम ल्याएको छ।

अनार्थ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्ट हुने

नेपाली अनार्थ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्टको आयोजना हुने भएको छ । ललितपुरस्थित सुन्दर र शान्त बाल कल्याणकारी संस्थाले अनार्थ बालबालिकाको सहयोगार्थ युरोपका विभिन्न देशमा सांगीतिक कार्यक्रमको आयोजना गर्दैछ ।

पेरुमा २२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो

दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन्। कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्