३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

एक वर्षमा एक हजार ११ जना सडक बालबालिकाको उद्धार

काठमाडौं– सरकारले गत एक वर्षभित्र काठमाडांै उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्धार गरेको छ। राष्ट्रिय बाल दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले सार्वजनिक गरेको तथ्यांकमा काठमाडौं उपत्यकाबाट सो परिणाममा सडक बालबालिकाको उद्धार गरी पुर्नस्थापना गरिएको उल्लेख गरिएको हो।

सो तथ्यांकमा चालु आर्थिक वर्षबाटै देशका मुख्यमुख्य सहरका पनि सडक बालबालिकाको उद्धार र पुर्नस्थापनाको कामलाई सुरु गर्ने योजना पनि समावेश गरिएको छ। कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले देशका अन्य सहरमा पनि सडक बालबालिकाको उद्धार तथा पुर्नस्थापनाको कामलाई चालू आर्थिक वर्षबाटै सुरु गर्नेगरी नीति, योजना र कार्यक्रम तय गरिएको पनि जानकारी दिए। उनले बालबालिकामाथि श्रम शोसन हुन नदिन बाल श्रम गुरुयोजना’ कार्यान्वयनमा ल्याइएको पनि बताए।

सरकारी तथ्यांक अनुसार पछिल्ला एक वर्षमा सबैभन्दा बढि बालबालिका विरुद्धको घटनामा प्रदेश १ मा भएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा भएको छ। सचिव घिमिरेले एक वर्षयता प्रदेश १ मा सबैभन्दा बढि १३१ वटा बालबालिका विरुद्धको घटना भएको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको बताए। कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बालबालिकामाथि हुने सबै प्रकारको शोषण र विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध भएर लागि परेको बताए। उनले बाल श्रम अन्त्यका लागि सरकारले त्यसको गूरुयोजना नै तय गरेर काम गरिरहेको पनि बताए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिकाको अधिकारको क्षेत्रमा सरकारले उत्साहका साथ काम गरिरहेको दावी गरिन। उनले स्थानीय तहसम्म पनि बाल अधिकार हनन् हुन नदिन सरकारले सहकार्यका साथ काम गरिरहेको पनि बताए। 

सरकारले बाल अधिकार हनन् हुन नदिन उनीहरुको शिक्षा र स्वास्थ्यको अधिकारलाई सुनिश्चित गराउन लागि परेको दावी पनि गरेको छ।

प्रकाशित: २९ भाद्र २०७६ ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App