४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बालबालिकाको कलेजो सिध्याउने दिवाखाजा

१५ रूपैयाँ दिवाखाजाका लागि प्रत्येक विद्यार्थीका नाममा पैसा दिएर सरकारले गर्व गर्दा बिस्र्यो कि अहिलेकै १५ रूपैयाँले आधा कप चिया मात्र आउँछ। आधा कप चिया दिवा खाजा दिएर पोषण राम्रो भयो भने स्वास्थ्य, शिक्षामन्त्री र त्यस मन्त्रालयका कर्मचारीको वैज्ञानिक अनुसन्धान गरेरै भनेका होलान्।

पढ्न उत्साहित हुँदै छन् दलित बालबालिका

मधेश प्रदेशका धेरै बस्तीमा बालबालिकाको पढाइमा धेरै समस्या छन्। यस्ता समस्याको पहिचान गरी समाधानको प्रयास गर्न सके लहानका यी बालबालिकामा आएको परिवर्तनजस्तै अरू ठाउँमा पनि आउनसक्छ।

पौष्टिक आहाराले बालबालिकाको पोषणमा सुधार

पौष्टिक आहारा सर्वोत्तम लिटो पिठोको प्रयोगले आमा र बच्चा दुवैमा पोषण सुधार भएको महशुस गरेको छु।

कर्णालीका बालबालिका भन्छन्: काठमाडौंका घर र मान्छे राम्रा, तर फोहोर र धुवाधुलो अति....’

दैलेखमा मठ मन्दिरमा त्यसरी जुता चप्पल फुकालेर जाने गरेको बताउँदै काठमाडौंमा पनि त्यस्तै गरे राम्रो हुने उनको भनाइ छ। काठमाडौंको फोहोर र धुवा धुलो देखेर भने आफूलाई दैलेख नै राम्रो लागेको माझी बताउँछिन्।

महिला हिंसा बिरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छः मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा बिरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छिन्।

‘सडक बालबालिकाहरुलाई नागरिकता दिलाउन स्थानीय जनप्रतिनिधिको पहल आवश्यक’

अधिकारकर्मीहरुले सडक बालबालिकाहरु पनि नागरिकता पाउने अधिकारबाट वञ्चित हुनु नहुने भन्दै नागरिकता पाउने अधिकारलाई सुनिश्चित गर्न स्थानीय सरकारको पहलकदमी आवश्यक रहेको बताए।

चितुवाको निशानामा कलिला नानी

कात्तिक लागेपछि तनहुँको बन्दीपुर र ब्यास नगरपालिका क्षेत्रमा चितुवाको आक्रमण निकै नै बढेको छ। यो अवधिमा दुइजना बालबालिकाको ज्यान पनि गईसकेको छ। गत कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ की ११ वर्षिया बालिकाको चिुतवाको आक्रमणमा परेर ज्यान गएको थियो। मंगलबार बेलुकी ब्यास नगरपालिका–१२ छिर्कनका अर्का आठवर्षका बालकको पनि चितुवा आक्रमणमा ज्यान गयो। चितुवा आक्रमण बढ्दा बन्दीपुर र ब्यास नगरपालिकाको सिमा क्षेत्रका बासिन्दा त्रसित छन्।

म्याग्दी बालगृहका बालबालिकाले लगाए सामूहिक भाइटीका

साहराविहीन बालबालिका बस्ने बालगृहका बालबालिकाले भने बालगृहभित्रै दिदीबहिनी, दाजुभाइ बनाएर भाइटिका लगाउने गरेका छन्। दशैंमा मान्यजन र तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउने, आशिष थाप्ने, विशेष गरी ठूला र सानाबीचको प्रेम र आत्मीयता बढाउने नेपाल बाल संगठनद्वारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबालबालिका अग्रसर छन्।

बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन र नेपाल हर्ट फाउण्डेशन भरतपुर शाखासँगको सहकार्यमा मुटु अस्पतालले अभियान अघि बढाएको हो।

जन्मदर्ताको अभावमा विद्यालय नगइ सुँगुर गोठालो जान्छन् डोम बालबालिका

झण्डै घरसँगै टाँसिएको श्री माध्यमिक विद्यालय माइधिया मानपुर रहेको छ। तर दुई घर डोमका एक जना बालबालिका विद्यालयमा पढ्न जाँदैनन्। दुई घर डोम परिवारमध्ये एक हुन् बिरिन्दर मल्ली। बिरिन्दर मल्ली र उनकी श्रीमती सुनैना देवी मल्ली घरसँगै टाँसिएर रहेको विद्यालयमा सफाइको काम गर्छन्। विद्यालयको कर्मचारी भए पनि मल्ली परिवारका सन्तानले सोही विद्यालयमा पढ्न नपाएको दुखेसो गर्छन्।

महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी छः उमा रेग्मी

‘महिलाहरुलाई आत्मनिर्भर बनाउन जरुरी छ। यो तालिम केन्द्र पनि भाडामा लाग्ने छैन। यसले महिलाहरुलाई तालिम दिएर उपलब्धिमूलक बनाउने छ। यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ।’

बालविवाह रोकथाम अभियानमा आई एन एफ

हातमा सेतो झोला। झोला भित्र स्वास्थ्य सामग्री। बालबालिका बेहुला बेहुली होइनन् हाम्रा भविष्य हुन्। लेखिएको त्यो सन्देश हाे बुधवार खाँडाचक्र–१,२,३,४ र ११का स्वयंमसेवीका सहभागि एक कार्यक्रमको।

श्रीलंकाका बालबालिकाका लागि अमेरिकाद्वारा तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग

संयुक्त राज्य अमेरिकाले अमेरिकी कृषि मन्त्रालय (यूएसडीए) मार्फत् र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा श्रीलंकाका विद्यालयका बालबालिकाको पोषणका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्